×

NMB BANK
NIC ASIA

गृहमन्त्री बादल ‘निकट’का नेतालाई हतियार मुद्दामा ‘छुट’ ? ६५ हजार धरौटी तिरेर रिहा

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–  हातहतियार तथा खरखजानाका मुद्दाका फरार प्रतिवादी तथा सत्तारुढ दल नेकपाका नेता श्याम कुमार यादव धरौटीमा रिहा भएका छन् । तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका पूर्व कमान्डर तथा माओवादीका पूर्व पोलिटब्यूरो सदस्य समेत रहेका फरार प्रतिवादी यादवलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ६५ हजार धरौटीमा रिहा गरेका हुन् ।

Muktinath Bank

काम विशेषले जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका यादव मंगलवार विहान ११ बजे जिप्रका परिसरबाटै पक्राउ परेका थिए । करिब ७ घण्टा जति प्रहरी नियन्त्रणमा रहेका यादवलाई आजै जिल्ला प्रशासन कार्यालयमा लगेर बयान कार्य सम्पन्न गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको साबिक बालाबाखर गाबिस वडा नम्बर १ तथा हाल शहीदनगर नगरपालिका वडा नम्बर १ का ४३ वर्षीय यादव हात हतियार तथा खरखजाना मुद्दामा फरार प्रतिवादी थिए । १० मङ्सिर २०७४ मा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित निर्धनाघाट भन्ने स्थानमा चेक प्वाईन्ट खडा गरी चेक जांच गरिरहेका सुरक्षाकर्मी माथि गोलि प्रहार गरिएको थियो । मोटर साइकलमा सबार भएर आएका व्यक्तिहरूले प्रहरी जवान मायाराम यादब र म्यादी प्रहरी आदर्श कुशवाहालाई गोली प्रहार गरी फरार भएका थिए । घाइते प्रहरी उपचार पछि निको भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गर्दा घटनामा ६ जनाको संलग्नता रहेको फेला पारेको थियो । 


Advertisment
Nabil box
Kumari

धनुषा प्रहरीले पक्राउ परेका प्रतिवादीहरू शिब कुमार राय, मनोज राउत अमात, सुरेन्द्र कुमार रायले आफ्नो बयानमा उक्त हतियार तत्काली माओवादीका नेता श्याम कुमार यादवसंग लिएको बयान बताएका थिए । त्यसपछि प्रहरीले यादवलाई फरार प्रतिवादीको सूचीमा राखेर मुद्दा अगाडि बढाएको थियो । 

Vianet communication
Laxmi Bank

उक्त घटनामा ३ जना प्रतिबादिहरू धनुषा जिल्ला अदालतको आदेशले महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका छन् भने एक जना प्रतिवादी उच्च अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

कसरी पक्राउ परे यादव ?

यादव मंगलबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटमा पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लोकान्तरसंग कुरा गर्दै यादवले भने, ‘एउटा सवारी दुर्घटना सन्दर्भमा बिगत केही दिनदेदि जिप्रका आइरहेको थिएँ, आइतवार सोही सिलसिलामा प्रहरी कर्मचारीसँग सामान्य भनाभन भएको थियो,’ यादवले लोकान्तरसँग भने, ‘आज (मंगलवार) सवारी दुर्घटनाकै घटनाको सन्दर्भमा पुग्दा मुद्दा फाँटमै प्रहरी निरीक्षक राजेश सुबेदीले नियन्त्रणमा लिएर ‘कन्ट्रोल रूम’ मा राखे । केही समयपछि जनकपुर अंचल अस्पताल लगेर स्वास्थ्य परीक्षण गराइयो । त्यस पछि जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दामा बयान लिइयो ।’

यादव तत्कालीन नेकपा माओवादीका जनयुद्धकालीन कार्यकर्ता हुन् । उनी माओवादीको लडाकुमा भर्ना भएर स्क्वाड, प्लाटून, कम्पनी हुँदै बटालियन कमाण्डर समेत भएका थिए । यादवले जनमुक्ति सेनामामा तेस्रो डिभिजन, पाँचौं ब्रिगेड, शक्तिखोर चितवनका बटालियन कमाण्डर भएर काम गरेका थिए । जनयुद्ध शुरु हुँदा पार्टटाईमर कार्यकर्ता भए पनि २०५७ साल देखि उनी पूर्णकालीन (होलटाइमर)का रुपमा लडाकुमा भर्ना भएका थिए ।

२०६३ सालमा जनमुक्ति सेनाबाट पार्टीमा फर्किए पछि वाईसीएलमा धनुषाको र पछि मिथिला भोजपुराको समेत संयोजक भएर काम गरेका थिए ।

२०७० साल सम्म वाईसीएलमा रहेपछि मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारीमा पार्टीको धनुषा इञ्चार्ज बनेका थिए । बैद नेतृत्वको माओवादीमा उनी पोलिटब्यूरो सदस्यसम्म भएको थिए । 

पछि रामबहादुर थापा (बादल) नेतृत्वमा तत्कालीन एकीकृत नेकपा माओवादीमा फर्किएका थिए । एकीकरणपछि बनेको माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसम्म पाएका उनले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा भने कुनै जिम्मेवारी पाएका छैनन् । 

पार्टीमा भने अहिले पनि उनी संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) निकट मानिन्छन् । सोही मुद्दाका अन्य प्रतिवादीका आफन्तहरुले भने संघीय गृहमन्त्री बादलसँग निकट सम्बन्ध रहेकैले यादव धरौटी तिरेर रिहा भएको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x