×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : टेलिकमकी प्रबन्ध निर्देशक बर्खास्त, करबृद्धिको चौतर्फी विरोध

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री   गोकुल बास्कोटाले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीमाथि सही ढंगले कार्यसम्पादन गर्न नसकेको आरोप लागेको थियो । साही आरोप लगाएर उनीसँग गत शुक्रबार सरकारले ७२ घण्टे स्पष्टिकरण सोधेको थियो । उनी २०७३ असोजमा  टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।
 


Advertisment
Nabil box
Kumari

करबृद्धिको विरोध
विभिन्न वस्तु तथा सेवालाई करको दायरा ल्याउन थालेपछि सरकारको तीव्र आलोचना भइरहेको छ ।

Vianet communication
Laxmi Bank

संघीय प्रणालीको आय स्रोतमा राजस्व संकलनलाई ठूलो महत्व दिएर केन्द्र सरकारले करको दायरा बढाउन थालेपछि प्रदेश तथा स्थानीय तहले पनि अत्याधिक कर बढाइरहेको गुनासो बढेको छ । 
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालदेखि पत्रपत्रिकाहरूले सरकारले जथाभावी कर लगाएको भन्दै विरोध बढेको देखिन्छ । 

हाल विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र मिचेर अधिक मात्रामा करहरू लगाइरहेका छन् । जसका कारण कतिपय क्षेत्रमा स्थानीयले एउटै वस्तु तथा सेवामा दोहोरो कर तिर्दा नागरिकलाई सास्ती भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले विभिन्न स्थानीय तह तथा सरकारले घरपालुवा पशुपंक्षीमाथि पनि कर लगाउन थालेपछि केन्द्र सरकारले मापदण्ड बनाउन नसकेको आरोप बढ्दो छ । 

राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले करका मापदण्ड बनाउनु पर्ने भए पनि आयोगले पूर्णता नपाउँदा प्रदेश र स्थानीय तहको मनपरी भएको विज्ञहरूको चिन्ता छ । 

अर्थ्विश्लेषक युवराज भुसालले कर तिरेपछि त्यसको उपयोग कहाँ हुन्छ भन्ने कुरा नबुझेको अवस्थामा जनताले विरोध गर्नु स्वभाविक भएको भन्दै करमा पारदर्शिता नै पहिलो शर्त भएको बताए । 


मुलुकी ऐन 

संविधान सभाबाट संविधान घोषणापछि बनिरहेका नयाँ ऐन कानूनमा पुरुषले अर्को विवाह गरेमा जेल र महिलाले गरेमा छुटकारा मिल्ने खालको प्रावधान राखिएको छ ।

महिलालाई कानूनले ‘कानून बमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गर्न छुटकारा दिएको छ । यसरी अर्को  विवाह गरेमा हुने कारवाहीबारे कानूनमा केही पनि उल्लेख गरिएको छैन । तर, पुरुषले सम्बन्धविच्छेद नगरी अर्को विवाह गरे बहुविवाहको कसूरमा सजाय हुने कानूनमा उल्लेख छ ।


निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले समाज कल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई अनियमतिमताबारे छानबिनका लागि मन्त्रालय हाजिर गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले परिषद्का सदस्यसचिव भट्टलाई अनियमितताको छानबिन गर्न मन्त्रालयमा हाजिर गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । महिला तथा बालबालिका मन्त्रालयले परिषद्मा भएको अनियमतिताबारे छानबिन गर्न सदस्यसचिव भट्टलाई काजमा मन्त्रालयमा हाजिर गराउने सरकारले निर्णय गरेको थियो । 

यही साउन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई मन्त्रालय हाजिर गराउने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध भट्टले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

निजी क्षेत्र सशक्त बनोस्ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । 

सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग मंगलबार  अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गर्नुभयो । 

रोजगारी सृजना गरिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । 

सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग मंगलबार  सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । उहाँले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न खोजेको आरोप लगाउनुभयो । 

निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावाद बढेर जान्छ ।” 

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्यता बढी रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।” उहाँले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको विषय प्रचार गर्न उद्यमीलाई आग्रह गर्नुभयो । 

मितव्ययी बनाउन निर्देशिका
प्रदेश सरकारको गर्ने खर्चलाई मितव्ययी बनाउन प्रदेश ५ को सरकारले प्रदेश सरकार, प्रदेश नं ५ सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार  मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका स्वीकृत गरी जारी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता भौतिक योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 

चीनलाई गैडा उपहार 
सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को  एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई काठमाडौं पठाइएको छ । 

रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै हिजो साँझ गैंडालाई काठमाडौं  पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । 

गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखी चीन पठाइने जनाएको छ ।

आर्थिक प्रस्ताव चौथोपटक स्थगित
भूकम्पले भत्किएको धरहरा निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति चौथो पटक पनि स्थगित भयो । 

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो । 

पाँच वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने भनी असार २० गते सूचना प्रकाशन गरिएको थियो । यसबीच असार २६ गतेदेखि तीन पटकसम्म प्रस्ताव खोल्ने काम स्थगित हुँदै आएको छ । चौथो पटक मंगलबारलाई तोकिएको मिति पनि सूचना प्रकाशित गरेर भदौ १ गतेलाई सारिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए । 

पंखाले लागेर मृत्यु
हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले हिजो अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए । 
हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । 
 

विप्लवको बन्दको प्रभाव सामान्य
आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार गरेको बन्दको प्रभाव सामान्य प।र्यो । यद्यपी देशका विभिन्न स्थानमा बम राखिँदा त्रास छायो । केहि स्थानमा यातायातका साधनमाथि तोडफोड र आगजनीका घटना  पनि भए । 
यसैबीच  प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । 

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए । 

भारतीय र पाकिस्तानी कैदी रिहा
पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई हिजो रिहा गरी पाकिस्तान पठाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ । 

गत हप्ता पनि १४ पाकिस्तानी माझीलाई जेलमुक्त गरी पाकिस्तान फर्काइएको पनि अधिकारीहरुले थप जानकारी दिएका छन् । 

पाकिस्तानले पनि सोमबार २७ जना माझीसहित ३० कैदीलाई पञ्जाबको सीमाक्षेत्र बग्गामा भारतीय अधिकारीहरुको जिम्मा लगाएका छन् । 

भारतीय अधिकारीहरुका अनुसार सर्वोच्च अदालतमा गत महिना सरकारले बुझाएको एक प्रतिवेदन अनुसार पाकिस्तानको जेलमा ४१८ माझीसहित ४७० कैदमा रहेका छन् । 

पाकिस्तान र भारतका माझीहरुलाई एक अर्काको गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् । 

दुबै क्षेत्रका माझीहरु दुई देशमा सीमा जलक्षेत्रमा लगाइएको अन्तर्राष्ट्रिय सीमारेखाको कम ज्ञान हुनाको कारण बारम्बार यस्ता गल्ती हुने गरेका पाइन्छ । 

भारतीय गृह मन्त्रालयका अनुसार यस वर्ष भारतले १७८ पाकिस्तान कैदीहरुलाई रिहा गरिसकेको छ । 

पाकिस्तानले पनि आफ्नो हिरासतमा रहेका १७४ भारतीय माझीसहित १७८ कैदीलाई यस वर्ष रिहा गरिसकेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x