भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साउन ३०, २०७५
काठमाडौं – लन्डनमा एउटा सुगाको अनौठो हर्कत सार्वजनिक भएको छ । उक्त सुगा तीन दिनसम्म एउटा छतमा बसिरहेको थियो । उद्धारकर्मीहरू उसलाई बचाउन छतमा पुग्दा उसले गाली बर्सायो ।
उत्तरी लन्डनको एडमन्टनस्थित एक घरको छतमा बसेको जेसी नामक घरपालुवा सुगा त्यहाँ बसेको तीन दिन बित्यो । सुगाका मालिक चिन्तित भए कतै प्यारो सुगा घाइते भएर छतबाट तल आउन नसकेको हो कि ?
त्यसपछि सुगामालिकले लन्डन फायर ब्रिगेडलाई फोन गरे । उद्धारकर्मीहरू आए ।
मालिकले उनीहरूलाई खानाको कचौरा लिएर जान र सुगालाई प्रेमपूर्वक ‘जेस्सी, आई लभ यू’ भन्न लगाए । यसो गरेमा सुगा नआत्तिने र सजिलै तल आउने मालिकको तर्क थियो ।
मेट्रो युकेबाट फायर ब्रिगेड टोलीका अधिकारी स्वालोले भने, ‘म त्यहीँ थिएँ । जेस्सीका मालिक टर्किस र ग्रीक दुवै भाषामा सुगासँग कुरा गर्थे । त्यसैले उनले उद्धारकर्मीलाई दुवै भाषामा ‘आऊ’ शब्द सिकाएर छतमा पठाए । फायर
फाइटर माथि पुगेपछि खानाको कचौरा अघि बढाए । जेस्सीले अलिकति खाना खायो । तर फायर फाइटरले आई लभ यू भन्दा सुगाले गाली गर्न थाल्यो ।’
फायर फाइटरले जेस्सीलाई नजिक आउन इशारा गर्दा सुगाले ‘फक अफ’ भनेर त्यहाँबाट उड्यो ।
उद्धारटोलीले त्यतिखेर पो थाहा पायो, सुगा त्यहाँ फसेको होइन रहेछ । ऊ त कुनै कुरामा रिस उठेर छतमा बसेको रहेछ ।
सुगा छतबाट उडेर पहिला त एउटा रुखमा पुग्यो अनि मालिककहाँ गयो ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...