×

NMB BANK
NIC ASIA

'गोल्ड' फिल्म समीक्षा : औसत स्पोर्ट्स ड्रामा

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको स्वतन्त्रता दिवसको अवसरमा बुधवार सार्वजनिक भएको 'गोल्ड' फिल्म सन् १९४८ मा लन्डन ओलम्पिकमा भारतको जीतबाट प्रेरित छ । भारत स्वतन्त्र भएको एक वर्षपछि यो जीत हासिल भएको थियो । एक
स्वतन्त्र देशका रूपमा खेलेर जितेकोमा भारतीय खेलाडीहरू गर्वको अनुभव गरेका थिए । 

फिल्मको कथा भन्नुपर्दा - तपन दास (अक्षय कुमार) इन्डिया टीमका व्यवस्थापक हुन् । रक्सी पिउने बंगाली दास स्वतन्त्र भारतका लागि स्वर्ण पदक ल्याउने धुनमा छन् । फिल्म सन् १९३६ मा पुग्छ । त्यतिखेर टीमका कप्तान सम्राट् (कुणाल कपूर) हुन्छन् । त्यतिखेर टीमले ब्रिटिश शासनअन्तर्गत हकी म्याचमा गोल्ड जित्छ । दास त्यतिखेर पनि टीम व्यवस्थापक थिए र उनी इन्डियाको साटो ब्रिटिश झण्डा फहराइएको चित्त बुझाउँदैनन् । 

दास टीम इन्डिया फेरि ओलम्पिकमा भाग दिन गइरहेको थाहा पाएपछि टीमलाई गोल्ड जिताउन लागिपर्छन् । टीम खडा गरेर गोल्ड जिताउने जिम्मेवारीलाई उनी एक चुनौतीका रूपमा लिन्छन् । 

खेलकुदको फिल्ममा संघर्ष, हार अनि अन्तिममा जीत देखाइन्छ । गोल्डमा पनि यही हुन्छ । 

निर्देशक रीमा कागतीले सन् १९४० को दशकलाई देखाउनका लागि मिहिन कोशिश गरेको देखिन्छ र उनी त्यसमा सफल पनि भएकी छन् । तर अरू ठाउँमा उनी असफल छिन् । 

भारतीय हकी जगतको ऐतिहासिक अध्यायलाई धेरै चलाउने हुँदा मेलोड्रामा बनेको छ जसमा खेलको मर्म देखिँदैन । 

रीमा र राजेश देवराजले फिल्मको कथा र पटकथामा देशभक्ति र राष्ट्रियताका हरेक पक्षलाई छुने कोशिश गरेका छन् । फिल्म तीन घन्टा लामो छ । 

जावेद अख्तरका संवाद धेरै ठाउँमा असरदार छन् । तर संवाद अलि बढी नै छन् । फिल्ममा कतिपय कुरा अति नै सरलीकरण गरिएकाले बच्चाको फिल्म हेरिरहेको अनुभूति हुन्छ । 

अक्षय कुमारले राम्रो अभिनय गरेका छन् । उनी तपन दासको चरित्रमा घुसेका छन् । अन्य कलाकार कुणाल कपूर, विनीत सिंह, अमित साध र सनी कौशलको पनि काम राम्रो छ । सनीले हिम्मत सिंहका रूपमा दमदार अभिनय
गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तर यही फिल्मबाट डेब्यु गरेकी टीभी कलाकार मौनी रोयले प्रभावित गर्नुको साटो इरिटेट गर्छिन् । उनले फिल्ममा अभिनय गर्ने स्कोप नै छैन । 

'तलाश' जस्तो इन्टेन्स फिल्म बनाएकी रीमाबाट अलि बढी नै अपेक्षा थियो । पहिलो हाफ सुस्त छ भने दोस्रो हाफले बढी इन्भल्भ गराउँछ । क्लाइमेक्स राम्रो छ । 

स्पोर्ट्स ड्रामा मन पराउनुहुन्छ अनि अक्षय कुमारको प्रशंसक हुनुहुन्छ भने फिल्म हेर्न सक्नुहुन्छ ।

फिल्म : गोल्ड
स्टारकास्ट : अक्षय कुमार, मौनी रोय, विनीत सिंह, सनी कौशल, अमित साध, कुणाल कपूर
निर्देशक : रीमा कागती
निर्माता : फरहान अख्तर, रितेश सिधवानी
रेटिङ : ३/५

 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिक भास्करमा प्रकाशित शुभा शेट्टी साहाको समीक्षा


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x