फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
साउन ३०, २०७५
काठमाडौं – विभिन्न सरकारी आयोग, विभाग र कार्यालयले करारमा भर्ना गरेका कर्मचारीको व्यवस्थापन गर्न सरकारले समिति गठन गरेर अध्ययन थालेको छ ।
सरकारले आफूहरूलाई हटाउन खोजेको भन्दै साउन पहिलो साता आन्दोलनमा उत्रिएका करार कर्मचारीहरूसँगको सहमतिअनुसार सरकारले उनीहरूको व्यवस्थानका विषयमा अध्ययन शुरू गरेको हो ।
करारमा रहेका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षमा चार सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य छन् ।
साउन दोस्रो साता गठन भएको समितिले अध्ययन प्रारम्भ गरिसकेको छ । समितिले करार कर्मचारीको व्यवस्थापनका लागि विकल्पहरू पहिचान गरी अध्ययन शुरू गरेको हो ।
कर्मचारी समायोजनमै समस्या
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनौपचारिक तथ्याङ्कअनुसार देशभर करीब ३२ हजार करार कर्मचारी कार्यरत छन् । जसमध्ये धेरै कर्मचारी शान्तिप्रक्रिया शुरू भएपछि २०६३ सालयता भर्ना भएकाहरू छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार हाल सेवामा रहेका करार कर्मचारीमध्ये ६० प्रतिशत कर्मचारी २०६३ सालयता भर्ना भएकाहरू छन् । राजनीतिक संक्रमणकालमा भर्ना भएका करारका कर्मचारीहरू अहिले सरकारको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेका छन् ।
‘सरकारी कार्यालयले आफूसँग भएको बजेटका आधारमा नियमितभन्दा थप दायित्व बहन गर्नुपर्ने अवस्थामा सेवा करारमा लिनुपरे करारमा कर्मचारी भर्ना गर्न पाउने व्यवस्था छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सह–सचिव भन्छन्, ‘तर राजनीतिक संक्रमणका बेला दलहरूको प्रत्यक्ष प्रभावमा विनाकाम पनि करारमा कर्मचारी भर्ना गरियो ।’
सामान्य प्रशासन मन्त्रालयका ती सह–सचिवका अनुसार राजनीतिक ‘पावर’ लगाएर करारमा भर्ना भएका कर्मचारी नै अहिले समस्या बनेका छन् ।
‘स्थानीय तहदेखि केन्द्रसम्म कर्मचारी समायोजन गर्ने प्रक्रियामा करारमा भर्ना भएका कर्मचारी सबैभन्दा ठूलो समस्या बनेका छन्,’ उनी भन्छन्, ‘एउटा कार्यालयले करारमा लिएका कर्मचारीलाई अर्को कार्यालयमा खटाउने अवस्था पनि हुँदैन । जसका कारण केही कार्यालयमा आवश्यकताभन्दा बढी कर्मचारी छन्, कुनैमा भने काम गर्ने मान्छे पनि छैनन् ।’
स्थायी गर्ने कि पैसा दिएर घर पठाउने ?
करार कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न गठित समितिले अहिले २ वटा विकल्पको सम्भावनाबारे अध्ययन र छलफल गरिरहेको छ । समितिका संयोजक प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीका करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने वा केही रकम दिएर घर पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
‘करारमा भर्ना भएर हाल सेवामा रहेका कर्मचारीहरूको व्यवस्थापनको विषय जटिल नै छ । समितिले अहिले २ वटा विकल्पको सम्भावनाबारे अध्ययन गरिरहेको छ,’ समितिका संयोजक अधिकारीले लोकान्तरसँग भने, ‘करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने कि पैसा दिएर बिदा गर्नेभन्ने विषययमा छलफल र अध्ययन भइरहेको छ ।’
स्थायी गर्ने प्रक्रिया र आधार के ?
सरकारले करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने विकल्पमा छलफल अगाडि बढाए पनि स्थायी गर्ने प्रक्रियाबारे कुनै छलफल शुरू भएको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने विषयमा समितिलाई प्रारम्भिक राय दिइसकिएको छ । यद्यपि उक्त राय भने गोप्य राखिएको छ ।
समितिले करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने विकल्पबारे लोकसेवा आयोगसँग समेत छलफल गर्ने तयारी गरेको छ ।
‘कुनै परीक्षा लिने कि सेवामा रहेका सबै करार कर्मचारीलाई सोझै स्थायी गरिदिने भन्ने विषयमा अहिले पनि विवाद छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो ।
संघ, प्रदेश र स्थानीय तहमा निर्धारण गरिएको दरबन्दीअनुसार कर्मचारी परिचालन गर्दा सरकारलाई तत्काल ३२ हजारभन्दा बढी थप कर्मचारी आवश्यक पर्ने देखिन्छ ।
यसहिसाबले अहिले सेवामा रहेका करार कर्मचारीलाई स्थायी गरेर समायोजन गर्ने विषयमा समेत सामान्य प्रशासन मन्त्रालयले छलफल चलाएको छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...