पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
काठमाडौं – बुधवार सार्वजनिक भएको हिन्दी चलचित्र सत्यमेव जयते सिस्टमसँग लड्ने कथामा बनाइएको ताल न तुलको झुर फिल्म हो । मिलाप झावेरीको निर्देशनमा बनेको फिल्मको कथा प्रहरी बलमा फैलिएको भ्रष्टाचारवरिपरि घुमेको छ ।
कथा यसप्रकार छ : वीर (जोन अब्राहम) एक कलाकार हुन् तर उनी गुप्त हत्यारा पनि हुन् । उनी प्रहरीलाई जलाएर मार्छन् र मारेपछि उनीहरूको स्केच बनाउँछन् । प्रहरी बलले उनलाई पक्रिन नसकेपछि डीसीपी शिवांश (मनोज वाजपेयी) लाई बोलाएर वीरको केस सुम्पिइन्छ । शिवांश हल्यारालाई पक्रने कोशिश गर्छन् तर हत्यारा प्रहरीलाई मारिरहन्छन् । वीर किन हत्यारा बने त भन्ने कथा पनि छ ।
वीर खासमा राम्रो काम गर्ने मानिस हुन् जो आफ्नै तरिकाले प्रहरी बललाई भ्रष्टाचारमुक्त बनाउन चाहन्छन् । डीसीपी शिवांश एक इमान्दार प्रहरी अधिकारी हुन् जो हत्याराको दिमागमा चल्ने योजनालाई पहिल्याउँछन् ।
कथा यहाँ पुगेपछि अलमलिन थाल्छ । अब घटनाक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा पटकथाकार रनभुल्लमा परेको देखिन्छ । यो फिल्मले शुरूआत भव्य गर्छ तर एक विन्दुमा पुगेपछि कताकता बरालिन्छ ।
फिल्मको विषयवस्तु पुरानो छ र कथानकमा अब के हुन्छ भनी दर्शकले सजिलै पत्ता लगाइदिन्छ । निर्देशन र लेखन दुवै झुर छ । संवादहरूले फिल्ममा हास्य छर्छन् । तर गम्भीर दृश्यमा पनि हास्यास्पद संवाद राखिएको छ ।
फिल्मलाई गम्भीरतापूर्वक लिन असम्भव छ ।
अभिनयको कुरा गर्दा जोन अब्राहमबाट अभिनयको अपेक्षा गर्नु बेकार नै हो । उनी जतिखेर पनि हेभी मसल देखाउने र निधार खुम्च्याउने बाहेक केही गर्नै जान्दैनन् । पर्दामा आफू कुन दृश्य गर्दैछु, उनलाई कुनै मतलब छैन । हत्या
गर्दा पनि, रोमान्स गर्दा पनि उनको एक्सप्रेसन एउटै रहन्छ ।
फिल्मकी नायिका शिखा (आयशा शर्मा) लाई संसारको सबभन्दा असल महिला देखाइएको छ । उनी जनावरको हेरचाह गर्छिन्, समुद्री किनार सफा गर्छिन् र असहाय बच्चाहरूलाई पढाउँछिन् । आयशाले राम्रो अभिनय गरेकी छन् ।
मनोज वाजपेयीले आफ्नो भूमिकालाई न्याय गरेकी छन् । तर फिल्मका वाहियात घटनाले उनको शानदार अभिनयलाई दबाइदिन्छन् ।
फिल्ममा नोरा फतेहीको आइटम नम्बर दिलबर दिलबर राम्रो छ । अनि आतिफ असलमले पानियों सा गीत मीठो गाएका छन् ।
यो फिल्म हेरेर आफ्नो समय र पैसा बर्बाद नगर्नुस् ।
फिल्म : सत्यमेव जयते
स्टारकास्ट : जोन अब्राहम, मनोज वाजपेयी, आयशा शर्मा
निर्देशक : मिलाप झावेरी
निर्माता : निखिल आडवाणी, भूषण कुमार
रेटिङ : १.५/५
दैनिक भास्करमा प्रकाशित समीक्षा
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...