×

NMB BANK
NIC ASIA

विद्यालयको खानेपानी ट्यांकीमा विष : ‘युद्धका बेला पनि नगरिने अपराध’ ! के पाठ सिक्ने ?

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको पानी ट्यांकीमा हालिएको विषको विषयमा चासो दिइरहेका छन् ।

Muktinath Bank

बुधवार विद्यालयमा गएका बालबालिकाले खाएको पानीमा विष भएको पाइएपछि विद्यालय बन्द गरियो । तर, २९ जना विद्यार्थी बिरामी परेपछि त्यसरी विष हाल्ने व्यक्तिको खोजी भइरहेको छ । झण्डै ५ सय जना विद्यार्थीलाई लक्षित गरी पानीको मुहानमा नै विष कसले हाल्यो ? अत्तोपत्तो छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाँतेको गाउँमा विद्यार्थीका अभिभावक ‘अंग्रेजसँगको युद्धमा पनि गोर्खालीले पाइपको लाइन मात्र काटेको तर विष नै नहालेको’ उदाहरण दिँदै घटनाको बारेमा गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

विद्यालयमा खानेपानी सुरक्षाको अवस्था कस्तो ?

Vianet communication
Laxmi Bank

श्री माध्यमिक विद्यालयमा पानीको सुरक्षाको व्यवस्थापनको लागि विद्यालयले च्यानल गेटको भित्रिभागको माथिल्लो तलामा पानीको ट्यांकी राखेको छ । त्यहाँ जो कोही पुग्न सक्ने अवस्था पनि छैन ।

विद्यालय लागेको समयमा त्यही विद्यालयमा आएका विद्यार्थी तथा शिक्षकले त्यो च्यालन गेटको प्रयोग गर्ने भएपनि बाहिरी मान्छेले त्यो ट्यांकीको बारेमा जानकारी नै राख्दैनन् । तर, त्यसरी राखिएको ट्यांकी सुरक्षामा विद्यालयले चासो नदेखाएको हो भनेर विद्यालयका प्रधानाध्यापक खेमराज दु्लाललाई सोध्दा उनले सुरक्षाको लागि ताला नै लगाएको भएपनि ट्यांकीको केही भाग खुल्ला रहेको स्वीकार गरे ।

‘ट्यांकीको माथिबाट फलामको ढकनी लगाइएको थियो, त्यो स–साना बालबालिकालाई पनि उचाल्न गाह्रो हुने खालको छ,’ उनले भने, ‘तर, त्यही छेउको अर्को ट्यांकीमा भने केही भाग खुला रहेको भेटिएको छ ।’

विद्यालयमा राखिएको पानीको ट्यांकी अन्यत्र तिरको भन्दा सुरक्षित स्थानमा रहेको विद्यालय प्रशासनको दाबी छ । ‘एउटा विद्यालयमा पानीको ट्यांकीमा कसैले विष ल्याएर हालिदिन्छ भने कसरी हामी सुरक्षित हुन्छौ ?’ विद्यालयका प्रधानाध्यापक दुलालले भने, ‘जाँतेमा आउने पानीको मुहान रहेको ४ वटा ट्यांकी नै खुल्ला हुन्छ ।’ २ तले भवनको माथिल्लो बिचको तलामा गलत मानसिकता बोकेका मान्छे चढ्न सक्ने खालको ठाउँ रहेकाले त्यहीबाट वा विद्यालयको ढोका खोल्ने बेलामा त्यस्तो घटना भएको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीको चासो

पानीमा विष मिसाइएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले घटनाबाट सशंकित हुनुपर्ने अवस्था आएको बताएका छन्  । उनले श्री माविको खानेपानी ट्यांकीको बिर्को खुल्लै राखेको भन्ने जानकारीमा आएकाले बिद्याललाई सुरक्षित रहने उपाय सहितको बारेमा जानकारी गराइसकिएको जानकारी दिए ।

एउटा ५ सय विद्यार्थी पढ्ने विद्यालयलाई लक्षित गरी भएको घटनापछि सुरक्षा रणनीति नै परिवर्तन गर्नुपर्ने चुनौती सुरक्षा निकायसँग आएकोमा प्रजिअ केसीले चिन्ता व्यक्त गरेका छन् । ‘अब घटना घटिसकेपछि दिइएको निर्देशनको अर्थ रहँदैन,’ उनले भने । घटनाबारे शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई त्यसबारे सबै प्रअहरूलाई जानकारी गराउन निर्देशन दिइएको उनले जानकारी दिए ।

‘ग्राउण्ड वाटरमा समस्या नहोला,’ प्रजिअ केसीले भने, ‘पहाडी क्षेत्रका विद्यालयमा मुहानमा नै समस्या आउन सक्ने भएकाले पानीको विषयमा सुरक्षा अपनाउन भनिएको छ ।’ 

पानी सुरक्षाबारे जिल्लाभरि परिपत्र

मोरङ जिल्लामा ५ सय २३ सामुदायिक विद्यालय रहेका छन् भने झण्डै ३ सय ५० निजी विद्यालय छन् । यी विद्यालयमा करीब १ लाख ४० हजार विद्यार्थी अध्ययन गर्छन् । तर, सबै विद्यार्थीले पिउने पानीको विषयमा अहिले सबैको चासो छ ।

सामान्य कुनै व्यक्तिको गलत नियतका कारण ठूलो घटना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले ती विद्यालयका प्रअहरूलाई पानीको सुरक्षामा ध्यान दिन परिपत्र जारी गरेको छ ।अहिलेसम्म पानीको सुरक्षामा चासो नदिएका विद्यालयलाई पानीको सुरक्षा संवेदनशीलताप्रति गम्भीर रहन भनिएको छ ।

श्री मावि जाँतेमा अपत्यारिलो र दुःखद् घटना घटेको भन्दै चिन्ता व्यक्त गर्दै समन्वय ईकाई प्रमुख  राजकुमार थापाले सबै बिद्यालयलाई पानीको अवस्थाबारे जानकारी गराउन परिपत्र गरिसकिएको बताए । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापाका अनुसार पानी ट्यांकी सुरक्षित र सफा राख्ने, खानेपानीको मुहान बेलाबेला सफा गर्ने, पानीजस्तो संवेदनशील वस्तु प्रयोग गर्नुभन्दा पहिला पानीको अवस्था कस्तो हो भनी जानकारी लिने, रंग–गन्ध आएको हुन सक्ने भएकाले त्यसबारे तत्काल अन्यत्र जानकारी गराउन भनिएको छ ।

श्री माविको खानेपानी ट्यांकीमा विष हालिएका कारण गम्भीर बिरामी भएका ४ जना बिरामीको विराटनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

पढ्नुहोस् यो पनि -

विद्यालयको खानेपानीमा विष : गाउँलेलाई सपनाजस्तै ! गम्भीर बिरामीको आईसीयूमा उपचार हुँदै

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x