×

NMB BANK
NIC ASIA

अमेरिकाः धर्मगुरुद्वारा एक हजार बालबालिकामाथि यौन दुर्व्यवहार

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका- एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । 

अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् । 

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति (ग्रान्ड जुरी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ । यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ किनभने गिर्जाघरका कैयौं गोप्य रेकर्डहरु पहिल्यै नष्ट भइसकेका छन् र कतिपय पीडितले घटना सार्वजनिक गर्न रुचाएका छैनन्, जुरीले भनेको छ । 

अमेरिकी गिर्जाघरमा दुव्र्यवहारका घटना दिनहुँ सार्वजनिक हुन थालेपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो । पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ । 

“केही संस्थागत सुधारका बाबजूद गिर्जाघरको नेतृत्वमाथि सार्वजनिक जवाफदेहीता थिएन,” वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । “पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।” 

गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो, ग्रान्ड जुरीले भनेको छ । प्रतिवेदनको अन्त्यमा भनिएको छ, “रोमन ईसाइ गिर्जाघरका यौनकाण्ड सम्बन्धी घटनाको अध्ययन अहिल्यै बन्द गर्नु चाँडो हुनेछ ।” 

प्रायः सबैजसो घटनामा, अनुसन्धाताहरुले मुद्दा चलाउन सकिने समय सीमा नाघेको पाएका छन् अर्थात् फौजदारी अभियोग दर्ता गर्न सकिन्न । एकसय भन्दा बढी धर्मगुरुहरुको मृत्यु भइसकेको छ । धेरै अरुहरु अवकाश भइसकेका छन् वा पादरीबाट बर्खास्त गरिएको छ वा विदामा बस्न बाध्य पारिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ग्रान्ड जुरीको अनुसन्धानको नतिजा स्वरुप केबल दुईजनालाई मात्र कारबाही गरिएको छ । प्रतिवेदनमा समेटिएका केहीमाथि कारबाही भइरहेको छ । महान्यायाधीवक्ता जोस शापिरोले अनुसन्धानको कार्य जारी रहेको बताउनुभयो । 

पेन्सिलभेनिया राज्यका मुख्य गिर्जाघरहरु – एल्लेनटाउन, एरी, ग्रीन्सबर्ग, ह्यारिसबर्ग, पिट्सबर्ग र स्क्रान्टन – मा जुरीले विशेष अनुसन्धान केन्द्रित गरेको थियो । पेन्सिलभेनियामा करिब १७ लाख इसाईको बसोबास रहेको छ । 

म्यासाचुसेट्सस्थित अनुसन्धान तथा पैरवी संस्था बिसपएकाउन्टीबीलीटी डट ओआरजीका अनुसार, संयुक्तराज्य अमेरिकामा इसाई गिर्जाघरको बारेमा कुनै न्यायाधिकारी वा ग्रान्ड जुरीले अनुसन्धान गरेको यो नवौं घटना हो । 
वृहत अनुसन्धान समितिले दर्जनौं प्रत्यक्षदर्शीसँग बयान लिएको थियो भने पाँचलाख भन्दा बढी पृष्ठ आन्तरिक दस्तावेजको अध्ययन गरेको थियो । जुरीले पादरीहरुले भ्याटिकनका अधिकारीलाई पठाएका प्रतिवेदनको पनि अध्ययन गरेको थियो । 

इसाई धर्मगुरुहरुले खराब प्रचार र वित्तीय दायित्वबाट गिर्जाघरहरुलाई अलग्गै राख्ने कोशिश गरेका थिए । नेतृत्वले आरोपित गुरुहरुका बारेमा प्रहरीमा जानकारी नगराएको, पीडितलाई चुप लगाउन गोपनीय सम्झौताको प्रयोग गर्ने गरेको तथा दुव्र्यवहारमा नाम मुछिएका गुरुहरुलाई तथाकथित उपचार केन्द्रमा पठाएको पाइएको छ, प्रतिवेदनमा भनिएको छ । 

वृहत अनुसन्धान समिति समक्ष बयान दिने पीडितहरुले प्रतिवेदन सार्वजनिक भएकामा खुशी व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x