×

NMB BANK
NIC ASIA

कलंकीको अन्डरपास भोलिदेखि सञ्चालनमा आउने, कसले कुन लेनबाट चलाउने गाडी ? [भिडियोसहित]

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौंको कलंकी चोकमा निर्माण भएको 'अन्डर वे पास' भदौ १ गते (भोलि)देखि सञ्चालनमा आउने भएको छ ।

Muktinath Bank

साउनमै सञ्चालनमा ल्याउने भनिए पनि पर्याप्त घाम नलागेपछि सिलकोट गर्न नपाउँदा ढिलाइ भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल ८ सय मिटर लामो अन्डरपास कलंकी चोकबाट बल्खु र सीतापाइला दुवैतर्फ ४/४ सय मिटर लामो छ । अन्डरपास सञ्चालनमा आएपछि कलंकी चोकमा जाम कम हुने विश्वास गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कसरी चलाउने गाडी ?

Vianet communication
Laxmi Bank

नेपालमा पहिलोपटक बनेको अन्डरपासमा गाडी कसरी चलाउने भन्नेबारे धेरै सवारी चालकलाई जानकारी छैन । कलंकी क्षेत्रमा सवारी आवागमन व्यवस्थापनमा खटिएका ट्रफिक प्रहरी निरीक्षक तिलकबहादुर बडुले केही दिन चालहरूलाई जानकारी गराइने बताए ।

'बल्खुबाट सीतापाइलातर्फ जाने गाडीहरू र स्वयम्भुबाट बल्खुतर्फ जाने अर्थात् चक्रपथ परिक्रमा गर्ने गाडीहरू अन्डरपास भएर चल्नेछन् । थानकोटतर्फबाट काठमाडौं उपत्यकामा भित्रिने र नयाँ बसपार्कतर्फ जानेहरू बायाँतर्फ जानुपर्ने हुन्छ,' उनले भने ।

त्यस्तै थानकोटबाट कालीमाटीतर्फ जाने गाडीहरू सिधा माथिबाट र बल्खुतर्फ जाने गाडीहरू दायाँतर्फ जनुपर्नेछ । चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट गु्रप कर्पोरेसन’को डिजाइनअनुसार कलंकीमा नेपालकै पहिलो अन्डरपास बनेको हो । यसको लम्बाई ०.८५ किलोमिटर छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x