कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
धनगढी – पश्चिम नेपालका थारु समुदायमा बिहीवार नाग पञ्चमीसँगै गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।
गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।
पछिल्लो समय गुरही पर्वमा गैरथारु समुदायले पनि थारु पहिरनमै सजिएर सहभागिता हुन थालेपछि त झनै उक्त पर्वमा सुनमा सुगन्ध नै थपिएको हो ।
यसैबीच, थारु वस्तीमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरही पर्व मनाइएको छ । धनगढीमा बसोबास गर्ने थारुले पनि धनगढीमा विभिन्न कार्यक्रम गरी पर्व मनाएका हुन् । थारु कल्याणकारिणी सभा कैलाली र सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीको गुरही चौंक (क्याम्पस चौंक) मा हर्षोल्लासपूर्वक पर्व मनाएको छ ।
थाकस सचिव माधव थारुले रोगव्याधी हटाई समाजमा शान्ति र अमनचयन कायम गर्ने विश्वासका साथ गुरही पर्व मनाइने प्रचलन रहिआएको बताए । भाई बहिनीको उपस्थिति विना पर्व अपूरो हुने हुँदा पर्वले भाई बहिनीबीचको माया थप प्रगाढ हुने समेत थाकस सचिव थारुको भनाई छ ।
के हो ‘गुरही’ ?
गाइने किराको प्रतीकको रुपमा बनाइएको पुतला नै गुरही हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडियाबाट थारु जातिले गुरिया भनी उच्चारण गर्दै आएको थारु बुद्धिजीवीको ठहर छ ।
हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर, यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।
पर्वमा के–के गरिन्छ ?
नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ ।
गच्छेअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरुले कपडाका रंगीचंगी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् । कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री)को प्रयोगले सुन्दर, रंगीचंगी बनाइएको हुन्छ ।
ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटी र महिला गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।
केटा र पुरुष पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटी र महिलाहरू गुरिया (गुरही) चौराहामा फाल्छन् र केटा र पुरुषहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरिया (गुरही) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् ।
पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसाद स्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी गुरिया (गुरही) सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
यो पर्व बालबालिकाको सहभागिता बिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरूलाई सहभागी गराउनु अभिभावक आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरूलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।
गुरियारगुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रालाई ल्याएर मानिसहरू गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्दा दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...