×

NMB BANK
NIC ASIA

वाजपेयीले जनकपुरमा गरेको त्यो भाषण : शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ !

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीवार निधन भएपछि नेपालमा पनि उनलाई स्मरण गरिँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

भारतको प्रधानमन्त्री बन्नुअघि वाजपेय भारतको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए । त्यतिबेला उनी नेपाल भ्रमणमा आउँदा जनकपुरको जानकी मन्दिर आएर थिए । माता जानकीको दर्शन गर्दै उनले उपस्थित नागरिकलाई सम्बोधन समेत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम सम्वत् २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल बिहारी वाजपेयीले जनकपुर आएर जानकी मन्दिरको दर्शन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

वाजपेयी जनकपुरमा १ रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठूलो आँधिबेहरी र पानी पनि पर्न थालेपछि सहभागीहरू ओत लाग्न अन्यत्र जानै लाग्दा वाजपेयीले हिन्दीमा भनेका थिए, ‘यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ ।’ 

Vianet communication
Laxmi Bank

‘वाजपेयीको अभिव्यक्तिपछि अन्यत्र जान थालेका सबै मान्छेले पानीमा भिज्दै कुरा सुनेका थिए,’ वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन् । त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्यनारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा जाँदा मिथिला संस्कृतिबारे उनलाई जानकारी गराइएको थियो ।

केन्द्रका तत्कालीन सचिव रामभरोस कापडीका अनुसार वाजपेयीलाई सिक्कीको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्री दिएर सम्मान गरिएको थियो । कापडीका अनुसार जनकपुरधाम धार्मिक नगरी भएका कारण सांस्कृतिक र आध्यात्मिक विकास हुनुपर्ने र त्यसका लागि भारत सरकारले समेत ध्यान दिने भनेर मिथिला सांस्कृतिक केन्द्रको माइन्यूटमा वाजपेयीले लेखेका थिए ।

मिथिला लोकचित्र र लोकसिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफू धेरै हर्षित भएको र त्यसलाई व्यावसायिक रुप दिनुपर्ने वाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा १ रात बसेका थिए ।

लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी गत जुन महिनादेखि भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए ।

मृगौलामा संक्रमण र केही अन्य स्वास्थ्य समस्याका कारण उनलाई अस्पतालमा भर्ना गराइएको थियो । भारत रत्नले सम्मानित वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री भएका थिए ।

वाजपेयीलाई मिथिला हस्तकला सहितको उपहार दिने क्रममा रामभरोस कापडी ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x