×

NMB BANK
NIC ASIA

उच्च अदालतमा सुन काण्डको बहस, ३ जनाको हकमा जिल्ला अदालतको आदेश सदर

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशविरुद्ध अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विराटनगर गएकामध्ये बिहीवार ३ जनाको सुनुवाइ भएको छ । 

Muktinath Bank

उच्च अदालत विराटनगरका मूख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेश कुमार सिंहको इजलाशमा सुनकाण्डका प्रतिवादी पुण्यप्रसाद लामा (तामाङ) र सम्विर प्रसाद तोलाङ्गेको सुनुवाइ भएको हो भने न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीकाे स‌ंयुक्त इजलाशमा राजन कुमारकाे सुनुवाइ भयाे । उच्च अदालतले उनीहरुको हकमा मोरङ जिल्ला अदालतले जारी गरेको आदेशलाई सदर गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ जिल्ला अदालतले अपराधिक समूह स्थापना र संचलान गरी सुन चोरी पैठारी तथा निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको पुर्पक्षका लागि उनीहरुलाई जेल चलान गर्न आदेश जारी गरेको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

उच्च अदालत विराटनगरले सोही मुद्दाको पुर्पक्षका लागि जिल्ला अदालत मोरङको आदेशअनुसार जेल चलान भएका गोविन्द निरौला, दिवेश लोहनी, विकासराज खनाल, सञ्जय राउत र हेमन्त गौतमको हकमा भने छुट्टा–छुट्टै कैफियत प्रतिवेदन माग्न आदेश दिएको छ । उच्च अदालतले प्रतिवादीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले जारी गरेको आदेशको आधारसहितको छुट्टा–छुट्टै कैफियत फाइल मगाएको हो । 

बिहीवार भएको बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलकाे कार्यालयका जिल्ला न्यायाधिबक्ता पुण्य पाठक, सहायक जिल्ला न्यायाधिवक्ता पदम वस्ती र रोहित पोखरेलले बसह गरेका थिए । सरकारी वकिलको तर्फबाट ३० वटै कैफियत प्रतिबेदनको तर्फबाट बहस गर्नको लागि ८ जना सरकारी वकिलहरुलाई तयारी अबस्थामा राखिएको भए पनि पेशीमा चढेका सबै निवेदन प्रतिवादीका वकिलले निवेदन दिएर स्थगित गराएको उच्च सरकारी विकल चिरन्जीबि पराजुलीले बताए । उच्च अदालतमा सरकारी वकिलहरु चिरन्जीबि पराजुलीसहित उप न्यायाधिवक्ता राजेन्द्र सिंह भण्डारी, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका विराटनगरका शाखा अधिकृत पुण्य सापकोटा र पुष्पराज बाँस्तोला, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पदम वस्ती, रोहित पोखरेल तथा धनकुटा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मनोज आचार्यले बहस गर्नेछन् ।

तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका मूख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती, छिरिङ वाङ्गेल, नरेन्द्र कार्की र मोहन काफ्लेबाहेकका सबै प्रतिवादीले उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत पुनरावलोकन निवेदन दिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x