×

NMB BANK
NIC ASIA

एउटै खेलमा ९ गोल, जेनिट युरोपा लिग छनौटको चौथो चरणमा प्रवेश

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– युरोपा लिग फुटबलको बिहीबारराति भएको दोस्रो लेगमा जेनिट सेन्ट पिटर्सबर्गले उत्कृष्ट प्रदर्शन गरेको छ । उसको पछिल्लो ३३ वर्षमा सबैभन्दा उत्कृष्ट पुनरागमन हो । 

Muktinath Bank

पहिलो लेगमा ४–० ले पराजित भएर पनि जेनिटले दोस्रो लेगमा प्रभावशाली पुनरागमन गर्यो । डिनामो मिन्स्कलाई ८–१ ले हराउँदै अघिल्लो चरणमा समग्रमा ८–५ को जितसहित स्थान पक्का गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी क्लबलाई बेलारुसको क्लबले पहिलो लेगमा निराश पारेको थियो । तर दोस्रो लेगमा १८ मिनेट १० खेलाडीमा सीमित भएर पनि जेनिटले जित निकाल्यो ।


Advertisment
Nabil box
Kumari

घरेलु मैदानमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका रुसका अर्तेम डिज्युबाले यो खेलमा ह्याट्रिक गरे । उनले ७५ र ७८ औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । डिनामोका लागि ९९ औँ मिनेटमा याहायाले एक गोल फर्काए ।

Vianet communication
Laxmi Bank

त्यसपछि जेनिटका लागि १०९ औँ मिनेटमा ड्रिउसीले गोल गरे भने ११५ औँ मिनेटमा डिज्युबाले गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै माकले अतिरिक्त समयको इन्जुरी समयमा दुई गोल गरे । यो जितसँगै जेनिट युरोपा लिग छनौटको चौथो चरणमा प्रवेश गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x