×

NMB BANK
NIC ASIA

रोनाल्डोको प्रभावशाली उपस्थिति, इटालियन सेरी आको स्तर वृद्धि

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

क्रिस्टियानो रोनाल्डोको प्रभाव कस्तो छ भन्ने कुरा थाहा पाउन इटली जानुपर्छ । यो प्रभाव इटलीमा अहिले जताततै देख्न पाइन्छ । यो वास्तविक संसारमा पनि, इन्टरनेटको दुनियाँमा पनि व्याप्त छ । 

जुन टेलिभिजन च्यानल खोल्नुस् ‘इल कोल्पो देल सेकोलो’ अर्थात् ‘शताब्दीकै सम्झौता’का विज्ञापनहरू बजिरहेका भेटिन्छन् । 

रियल मड्रिडसँग सम्झौता गरेर इटालेली क्लब युभेन्टसले रोनाल्डोलाई किनेपछि इटलीमा रोनाल्डो प्रभाव छाएको हो । यो प्रभाव सबै शहरका पत्रिकाको पहिलो पृष्ठमा देखिन्छ अनि आइसक्रीम पसलहरूमा पनि भेटिन्छ । त्यस्ता
पसलमा सीआर७ आइसक्रीम किन्न पाइन्छ । सीआर७ रोनाल्डोको नाम र थरको पहिलो अक्षर अनि जर्सीमा भएको नम्बर हो । 

क्रिस्टियानो रोनाल्डोको प्रभाव खेलकुदभन्दा धेरै माथि छ । यो प्रभावले सामाजिक सञ्जालमा पनि आधिपत्य जमाएको छ र स्टक मार्केटलाई समेत प्रभावित पारेको छ । 

त्यसैले त युभेन्टसले जुलाई १० तारिखमा यी ३३ वर्षीय फर्वार्डका लागि सय मिलियन युरोभन्दा बढी रकम तिर्ने निर्णय लियो । 

Sagarmatha Cement
Muktinath Bank

रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले यसै वर्षको वसन्तमा आफ्नो क्लायन्ट टुरिन आउन चाहेको भनी युभेन्टसलाई खबर गर्दा क्लबले उनलाई तत्कालै लिनका लागि हतार गरेन । 

क्लबका अध्यक्ष आन्द्रेया एग्नेल्ली, सीईओ बेप्पे मारोत्ता र निर्देशकहरूले कैयौंपटक बैठक बसेर अर्को च्याम्पियन्स लीगको नकआउट चरण शुरू हुँदा ३४ वर्ष पुग्ने खेलाडीका लागि ३४१ मिलियन युरो (११७ मिलियन युरो ट्रान्सफर
रकम र आगामी चार वर्षका लागि लगभग २२४ मिलियन युरो तलब) खर्च गर्नुको आर्थिक लाभको बारेमा निकै सोचविचार गरे । 

अन्तिममा बियानकोनेरी भनी चिनिने युभेन्टसको बोर्डले रोनाल्डोमा त्यति ठूलो रकम खन्याउनु खेलकुद र आर्थिक दुवै दृष्टिकोणले उचित रहेको निष्कर्ष निकाल्यो । 

युभेन्टसका निर्देशक, खेलाडी र प्रशंसकहरूले पोर्चुगाली रोनाल्डो उमेर ढल्किँदै जाँदा पनि उत्कृष्ट शारीरिक अवस्थामा रहेको थाहा पाइसकेका थिए । अप्रिल ३ मा उनले टुरिनमा रियल मड्रिडलाई ३–० को जीत दिलाउनमा गरेको
अविश्वसनीय ओभरहेड किकले उनको अवस्था प्रस्ट पारिसकेको थियो । 

त्यसको आठ दिनपछि सान्टियागो बेर्नाबेउमा उनको प्रभावशाली मानसिक सशक्तता देख्न पाइयो जब उनले इन्जुरी टाइममा पाएको पेनाल्टीलाई नआत्तिकन गोलमा परिणत गरेर रियललाई क्वार्टरफाइनलमा विजय दिलाए ।  

त्यसको एक वर्षअघि उनले कार्डिफमा भएको फाइनलमा गोल गरेर युभेन्टसको सन् १९९६ पछि पहिलोपटक च्याम्पियन्स लीग जित्ने आशामा तुषारापात गरिदिएका थिए । अहिले त्यही युभेन्टसमा आएर उनले क्लबलाई च्याम्पियन्स
लीगविजेता बन्ने सपना देखाइदिएका छन् । 

तर फूटबल मनी लीगका लेखक टिमोथी ब्रिजका अनुसार, युभेन्टसले रोनाल्डोलाई मैदानमा सहयोग गर्छन् भनेर मात्र भित्र्याएको होेइन । 

‘रोनाल्डोलाई भित्र्याउनुमा क्लबको दुईवटा स्वार्थ छन्,’ उनी भन्छन्, ‘पहिलो, उनीहरू मैदानको प्रदर्शनलाई कायम राख्ने मात्र नभई स्तरोन्नति गर्ने सुनिश्चितता चाहन्छन् । उनीहरू रोनाल्डोले च्याम्पियन्स लीग दिलाउँछन् भनी विश्वास
गर्छन् । युभेन्टसका बारेमा नेटफ्लिक्सले बनाएको वृत्तचित्र हेर्ने जोकोहीलाई थाहा छ, उनीहरूको प्राथमिक लक्ष्य युरोपको च्याम्पियन बन्नु हो । उनीहरूले सेरी आ लगातार सातचोटि जितिसकेका छन् र अब च्याम्पियन्स लीग जित्न
चाहन्छन् । अनि त्यो जित्नका लागि रोनाल्डोले उनीहरूलाई सहायता गर्छन् भन्ने उनीहरूको स्वाभाविक विश्वास छ ।’

‘दोस्रो, सेरी आले युभेन्टसलाई प्रिमियर लीगका क्लब र स्पेनका दुई शीर्ष क्लब जतिको विश्वव्यापी एक्सपोजर दिन सकेको छैन । रोनाल्डोलाई भित्र्याएर युभेन्टसले क्लबलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने रणनीति लिएको हुनुपर्छ ।’

‘रोनाल्डोको ट्रान्सफरले युभेन्टसलाई विश्वभरिका प्रशंसकका लागि आकर्षक क्लब बनाएको छ र व्यापारिक साझेदारहरू बढाएको छ । रोनाल्डो अहिले पनि संसारका सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् र उनी भएपछि क्लबले पनि
विश्वास कमाउँछ । त्यसभन्दा माथि उनी विश्व फूटबलका सबभन्दा ठूला व्यापारिक आकर्षण हुन् । उनीसँगै क्लबले थप व्यापारिक रेभेन्युका अवसरहरू पाउँछ किनकि युभेन्टस अहिले पनि फूटबलका महाशक्तिहरू बार्सिलोना,
रियल मड्रिड र म्यानचेस्टर युनाइटेडभन्दा पछाडि नै छ ।’

‘त्यसैले प्रशंसकहरू उनलाई पछ्याउँछन् र त्यसको परिणामस्वरूप कम्पनीहरू उनीसँग जोडिन चाहन्छन् । युभेन्टसका लागि रोनाल्डोको वास्तविक मूल्य व्यापारिक अवसरमा लुकेको छ । हामीले देखिसक्यौं नि, विगत एक
महिनामा क्लबको सामाजिक सञ्जालमा विशाल प्रगति भइसकेको छ ।’

फूटबलमा पुरानो भनाइ छ : ‘कुनै पनि खेलाडी क्लबभन्दा ठूलो हुँदैन’ तर सामाजिक सञ्जालको कुरा गर्दा रोनाल्डो युभेन्टसभन्दा ठूला छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचपटक बालोन दोर जितिसकेका रोनाल्डोका फलोअरहरू ट्विटर, फेसबूक र इन्स्टाग्राममा गरी लगभग ३४ करोड छन् । युभेन्टसका फलोअर साढे पाँच करोड मात्र छन् । तीमध्ये ६० लाख त रोनाल्डो आएपछि मात्र थपिएका हुन् । 

अझ, डिपोर्टेस एन्ड फिनान्जाजका अनुसार, युभेन्टस जुलाई महिनामा युट्युबमा हेरिएका फूटबल क्लबमध्ये नम्बर १ थियो (इन्स्टाग्राम र फेसबूक अन्तर्क्रिया समेत गरी) । उसका ३.६३ करोड भ्यु छन् । त्यसको अघिल्लो महिनामा
क्लबको भ्यु जम्मा ३० लाख थियो । यसबाट नै रोनाल्डोको शक्तिलाई मूल्यांकन गर्न सकिन्छ । 

इन्टरनेटमा वृद्धिले मात्र ओल्ड लेडी भनी चिनिने युभेन्टसका लागि आर्थिक प्रगति भएको भन्न मिल्दैन तर उनीहरूको शेयर मूल्यमा भारी वृद्धि आएको छ र जर्सी पनि ह्वात्तै धेरै बिकेको छ (रोनाल्डो आएपछि एक मिनेटमा एउटाको
दरले जर्सी बिकिरहेको छ ।)

रोनाल्डोले आफ्नो ट्रान्सफर फी त जर्सी बेचेरै उठाइदिन्छन् भन्ने गरिन्छ तर त्यो पूर्णसत्य होइन किनकि जर्सी बनाउने एडिडास कम्पनीले कमाएको पैसामध्ये २० देखि २५ प्रतिशत मात्र युभेन्टसले पाउने हो । 

तर क्लबले थोर पैसा पाउनेछ भनेर चित्त दुखाउनुपर्दैन किनकि सामाजिक सञ्जालमा आएको प्रगति युभेन्टसका लागि अझ बढी महत्त्व राख्छ । 

‘रोनाल्डो अर्थशास्त्र’माथि केपीएमजीको ताजा प्रतिवेदनमा लेखिएअनुसार, फूटबलका शीर्ष क्लबहरूले ‘प्रशंसकलाई ग्राहक बनाउन सकिन्छ’ भन्ने कुरा थाहा पाइसकेका छन् र क्रिस्टियानो रोनाल्डो जति फ्यान कसैको पनि छैन । 

सेलेब्रिटीमध्ये नै रोनाल्डोको जति फ्यान कसैको छैन । मनोरञ्जन क्षेत्रका मानिस पनि पछि नै छन् । रोनाल्डोका फलोअर इन्स्टाग्राममा लगभग १४ करोड छन् भने किम कार्दाशियनका साढे ११ करोड फलोअर छन् । 

‘उनी संसारका सबभन्दा लोकप्रिय सेलेब्रिटी हुन् र त्यसको ठूलो महत्त्व छ किनकि हिजोआजका फूटबल प्रशंसकहरू क्लबभन्दा पनि खेलाडीलाई फलो गर्न थालेका छन्,’ टिमोथी ब्रिजले थपे । 

‘प्रशंसकहरू मन पर्ने खेलाडीको खेल्ने तरिकालाई माया गर्छन् वा उसको व्यक्तित्व वा छविप्रति लगाव राख्छन् । रोनाल्डोको जस्तो छवि कसैको पनि छैन त्यसैले उनीहरू उनको खेल हेर्नका लागि मात्र भएपनि पैसा तिर्छन् ।

त्यसैले युभेन्टसका फ्यानहरू रोनाल्डोसँगको सम्झौताअघि नै टिकटहरूमा औसतमा गरिएको ३० प्रतिशत वृद्धिको गुनासो गरिरहेका छैनन् । 

युभेन्टसका प्रशंसक मात्र रोनाल्डोले खेलेको हेर्न उत्सुक छैनन् । उनले खेल्ने प्रत्येक स्टेडियमका टिकट पूरै बिक्री हुने अपेक्षा छ भने सेरी आलाई टीभी प्रसारण अधिकारमा उनी आएपछि धेरै फाइदा भइसकेको छ । 

‘रोनाल्डो स्पष्ट रूपमा पैसा छाप्ने यन्त्र हुन्,’ ब्रिज भन्छन्, ‘केही मानिस त उनलाई हेर्न मात्र स्टेडियम आउँछन् किनकि पहिलो त, उनी सुपरस्टार हुन् र दोस्रो, उनी ३३ वर्ष भइसकेकाले उनलाई भविष्यमा फेरि खेलेको देख्न पाइने
नपाइने निश्चित छैन ।’

‘अरू क्लबका प्रशंसक पनि रोनाल्डोले खेलेको प्रत्यक्ष हेर्न चाहन्छन्, उनीहरू रोनाल्डोले इटालेली फूटबलमा कस्तो असर पार्छन् भनी जान्न चाहन्छन् ।’

‘फेरि त्यो विश्वव्यापी कुरा पनि बन्यो अर्थात् रोनाल्डोले युभेन्टस र इटालेली फूटबलका लागि नयाँ बजार खोलिदिएका छन् । फिनल्यान्डको एक टीभी च्यानलले सेरी आको खेल प्रसारण गर्ने अनुमति लिइसकेको छ ।’

सरल शब्दमा भन्नुपर्दा रोनाल्डोले सेरी आलाई पुनर्ताजगी दिएका छन् । ब्राजिलका पुराना खेलाडी रोनाल्डोले सन् १९९७ मा इन्टर मिलान प्रवेश गरेको घटनाले इटलीका जनताको ध्यान आकर्षण गरेको थियो, त्यसपछिको
ध्यानाकर्षक ट्रान्सफर अहिलेका रोनाल्डोको नै हो ।

तर रोनाल्डोको असर इटलीमा मात्र सीमित छैन । रोनाल्डोको पछि लागेर अन्य सुपरस्टार खेलाडीहरू पनि सेरी आ प्रवेश गर्न सक्ने सम्भावना रहेको नेयमार लगायतका खेलाडी विश्वास गर्छन् । नेयमारले भने, ‘म बालख हुँदा हेर्ने
गरेको जत्ति नै उत्साहजनक लीग हुने भो सेरी आ ।’

हुन पनि सन् २०१८ को विश्वकपका सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच आफ्ना पुराना टीममेटको पदचिह्न पछ्याउँदै रियल मड्रिड छोडेर इन्टर मिलान आउन चाहन्छन् ।

रोनाल्डो आएपछि युभेन्टस मात्र बलियो बन्ने नभई इटलीका अन्य क्लबलाई पनि सशक्त बनाउने विश्वास फूटबल पण्डितहरूले गरेका छन् । यो अवसरलाई सेरी आले खेर फाल्न नहुने फाबियो कापेलो बताउँछन् । 


Advertisment
Nabil box
Kumari

सीआर७ ब्रान्डले सेरी आलाई ठूलो फाइदा गराएको छ । रोनाल्डो आएपछि सेरी आप्रतिको विश्वव्यापी दृष्टिकोण नै परिवर्तन भएको छ । 

युभेन्टस र सेरी आका अन्य क्लबले रोनाल्डो प्रभावलाई नै अघि बढाएर आफूलाई सशक्त बनाउनुपर्छ ।

गोल डट्कममा प्रकाशित मार्क डोयलको विश्लेषणको भावानुवाद

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x