×

NMB BANK
NIC ASIA

माछापुच्छ्रे बैंकद्वारा ‘ब्रान्ड एम्बेसडर’ सार्वजनिक

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – माछापुच्छ्रे बैंकले शुक्रवार नियुक्त गरेका ‘ब्रान्ड एम्बेसडर’ सार्वजनिक गरेको छ ।

Muktinath Bank

खेलकुद क्षेत्रका उदीयमान नाम मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बैंकले गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाइ, चुनौती, सफलता र भावी योजनाबारे मन्तव्य राखेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली म्याराथनमा स्थापित मिरा राईले विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाउँदै थुप्र्रै उपाधि जितेकी छन् । मिरा राईले सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

विश्व अल्ट्रा म्याराथनमा स्थापित नेपाली धाविका मिरा राईले नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर’को उपाधि समेत जित्न सफल भएकी थिइन् ।

Vianet communication
Laxmi Bank

प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्केकी शेर्पाले १५ वर्षकै उमेरदेखि खेलको प्रशिक्षण लिन थालेकी हुन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशमा मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नम्बर १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन् । उनको २ महिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि वृत्तचित्र समेत निर्माण गरेको थियो ।

आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरू गरेका गिरी जुझारु खेलाडी हुन् । उनी नेपाल अन्डर १४ को नम्बर १ र एसिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी भए । उनले मेहनत र परिश्रमले एसियाकै नम्बर १ हुने लक्ष्य राखेका छन् ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । बैंकका पूर्वअध्यक्ष तथा पूर्वसांसद डा. वीरेन्द्रप्रसाद महतोले बैंकले नियुक्त गरेका ब्रान्ड एम्बेसडरले बैंकलाई अझै उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए । बैंकका अध्यक्ष रोशन केसीले पनि आफ्नो मन्तव्यमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई माछापुच्छ्रे बैंकको सदस्यका रुपमा स्वागत गरे ।

बैंकले देशभर ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९९ एटीएम, २५ शाखारहित बैकिङ्ग सेवा गरी १ सय १३ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x