×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको जनकपुर भ्रमण : ओलीलाई ‘दाग’ मेटाउने अवसर, राजपा न खुसी न दुःखी !

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–प्रधानमन्त्री केपी शर्मा ओली शनिबार जनकपुरधाम आउँदै छन् । काठमाडौंबाट हेलिकप्टर चढेर उनी आउने कार्यक्रम तय भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभामा विशेष सम्बोधन गर्ने उद्देश्यले यहाँ आउन लागेका प्रम ओलीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरू, विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू र  प्रमुख सचेतकहरू जनकपुर विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभामा प्रम ओलीको भव्य स्वागत र सम्मान गर्ने तयारी गर्नुका साथै मिथिला भोजनसहित पान खुवाएर बिदाइ गर्ने तयारी समेत गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभामा सम्वोधन पश्चात धनुषाकै बरमझियामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै ओली स्वर्गीय रामवृक्ष यादवको स्मृतिसभामा सम्बोधन गर्न जाने कार्यक्रम तय गरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको ब्यानरमा आयोजना हुने उक्त राजनीतिक कार्यक्रमलाई भव्य बनाउन नेकपाका प्रदेशका आठवटै जिल्लाबाट कार्यकर्ता परिचालन गर्ने तयारी गरिएको छ । 

Vianet communication
Laxmi Bank

नेकपाका नेता रामचन्द्र झाका अनुसार उक्त कार्यक्रमका लागि कम्तिमा पनि २० हजार मानिस उपस्थित गराउने गरी तयारी गरिएको छ ।

प्रम ओलीको जनकपुरधामको भ्रमणलाई लिएर राजनीतिक वृत्तदेखि जनता सम्ममा धेरै नै चर्चाको बिषय बनेको छ । खास गरेर बिगतमा संविधान जारी हुनु पूर्व तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आन्दोलन ताका जनकपुर भ्रमण गरेका तत्कालिन प्रधानमन्त्री क्रमशः सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्ड लाई जनकपुरमा कालो झण्डा देखाएर विरोध गरिएको थियो ।

संविधान जारी हुनु  पहिले नै सीमांकनकै मुद्दाका विषयमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र महतोलाई ‘त्यसो भए सबै समथर भूमि तराई मधेश नै हो भने भारतको युपी बिहार समेत तराई मधेश नै रहेकाले उतै जान’ भनेको कुरा बाहिर आएपछि  झन् आन्दोलन चर्किएको थियो ।

आन्दोलन अवधिभर कुनै पनि हालतमा संविधान संशोधन नहुने, एक दुई वटा आँप झर्दैमा केही फरक नपर्ने, मानव साङ्गलोलाई माखे साङ्गलो भनेर खिल्ली उडाएको, एमाले नेता झलनाथ खनालले मधेश प्रदेशलाई धोती प्रदेश भनेको, एमाले नेता शंकर पोखरेलले मधेशीलाई कालो भनेर हेपेको लगायतका कुराले मधेशी जनता तत्कालिन एमाले पार्टी र विशेष गरेर अध्यक्ष ओलीसँग बढी नै दुःखी भएका थिए ।

आन्दोलनको समयमा ओली जनकपुर आउने पटक पटक कार्यक्रम पार्टीले तय गरे पनि आउन सकेका थिएनन् । पछि मेची महाकाली अभियान अन्तर्गत पार्टीको कार्यक्रम गर्दा सप्तरीको मलेठमा आउँदा मधेशी जनताले विरोध गरेका थिए । त्यस क्रममा सुरक्षाकर्मीको गोली लागेर ५ जनाको मृत्यु समेत भएको थियो ।

पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत बैशाख २८ गते जनकपुर आउँदा प्रम ओली आए पनि जानकी मन्दिर बाटै फर्किएका थिए ।

त्यसयता पनि उनको जनकपुर आउने कार्यक्रम तय भए पनि आएका भने थिएनन् । 

केन्द्रमा प्रम ओलीकै नेतृत्वमा बनेको सरकारमा आन्दोलनरत मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सामिल भएको छ  भने अर्को घटक राजपा नेपालले सरकारलाई बाहिरबाट समर्थन गरेको छ ।
प्रदेशमा फोरमको नेतृत्वमा राजपाको गठबन्धनको सरकार छ । नेकपा प्रमुख प्रतिपक्षमा र नेपाली कांग्रेस प्रतिपक्षमा बसेको बेला प्रदेश सरकारकै प्रयास स्वरूप प्रम ओलीको जनकपुर भ्रमण र प्रदेश सभामा विशेष सम्बोधनको कार्यक्रम तय भएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । 

एकातर्फ प्रदेशमा केही जनताले सामाजिक संजालमा प्रम ओलीको जनकपुरधाम भ्रमणलाई विरोध समेत गरिरहेको अवस्थामा प्रदेशमा राजनीतिक माहौल फेरि पनि तातिएको छ ।
 

संघीयातामाथि प्रहार : कांग्रेस 
प्रम ओलीको प्रदेश सभामा हुने विशेष सम्बोधन संघीयतामाथि प्रहार भएको नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । ‘विश्वमा कहीँ पनि प्रधानमन्त्रीले प्रदेशसभामा गएर सम्बोधन गर्ने परम्परा देखिएको छैन, तर प्रम ओलीले प्रदेशसभामा सम्बोधन गर्नु भनेको संघीयता माथि ठाडो प्रहार हो,’ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले लोकान्तरसँग भने, ‘एकात्मक शासन जस्तै प्रादेशिक सरकारको अधिकारमाथि हस्तक्षेप भएको छ । संघीयता धरापमा पार्ने षड्यन्त्र गरिएको छ ।’

विगतमा मधेशी जनतालाई ओलीले हेला गरेको आरोप लगाउँदै उनले थपे, ‘मधेशी मोर्चाले गरेको आन्दोलनको मागलाई ठाडै अस्वीकार गरे, उनका अभिव्यक्तिकै कारण झन् जनता शहीद भए, तर आज के भयो र मधेशबादी दलको नेतृत्वको सरकारले ओलीलाई रातोकार्पेट ओछ्याएर स्वागत गर्दैछन् ?’
यद्यपी उनले आफ्नो पार्टीले प्रम ओलीको विरोध नगर्ने र शनिबार सदनमा पनि सहभागि हुने बताए ।  उनले प्रम ओलीसँग यही सवालमा प्रश्नोत्तर गर्न पाउनु पाउनु पर्ने आफूहरुको माग रहेको बताए । 
 

न खुसी न दु:खी : राजपा 
प्रदेशका सत्ता साझेदार राजपा नेपाल भने प्रम ओलीको भ्रमणलाई लिएर त्यति उत्साही देखिएको छैन । राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले भने, ‘हाम्रो लागि प्रम ओलीको भ्रमणमा खुसी त पक्कै भएको छैन, तर के गर्ने सरकारमा छौं, सरकारले स्वागत गर्ने भएपछि हामीले पनि स्वागत गर्नै पर्यो । की त हामी प्रदेश सरकारबाट हट्नु पर्यो, नत्र सरकारले नै प्रम ओलीलाई स्वागत गर्ने भए पछि राजपाले पनि स्वागत गर्नै पर्यो’ उनले बताए ।
आफूहरुको माग पूरा नभएको अवस्थामा ओलीलाई स्वागत गर्नुपर्दा पीडाबोध भइरहेको उनले प्रतिक्रिया दिए ।  ‘संविधान संशोधन हुन सकिरहेको छैन । न प्रतिनिधि सभाका सदस्य रेशम चौधरीलाई सांसदको प्रमाण पत्र दिएर सपथ ग्रहण गराइएको छ, न त झुठा मुद्दाहरू फिर्ता भएको छैन, त्यस्तो परिस्थितमा स्वागत गर्नु पर्दा अत्यन्तै पीडा बोध भइरहेको छ’ प्रमुख सचेतक साहले भने, ‘जनताले प्रम ओलीको विरोध  गर्छन् भने गरुन् तर राजपाले औपचारिक रूपमा उनको बिरोध गर्ने निर्णय भने गरेको छैन, र गर्दैन पनि ।’

स्वागत गर्न तयार  ः फोरम
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादवले अतिथिलाई स्वागत गर्नु मिथिलाबासीको परम्परा नै रहेकोले प्रम ओलीलाई पाहुना स्वरूप स्वागत गर्न आफ्नो दल तयार रहेको बताए ।  
सरकारको समेत आफ्नो पार्टीले नेतृत्व गरिरहेको अवस्थामा सदनमा ओलीको स्वागत गर्ने रणनीति लिएको उनले बताए ।

संविधान संशोधन हुनेः नेकपा 
प्रम ओलीको भ्रमणले संविधान  संशोधनदेखि प्रदेशको विकासका लागि बाटो खुल्ने तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए  । लोकान्तरसँग कुरा गर्दै मण्डलले भने, ‘प्रम ओलीको भोलि हुने सम्बोधनमा प्रदेश नम्बर दुईको समस्यालाई नजिकबाट बुझ्न सकियोस्, र त्यसलाई सम्बोधन पनि गर्न सकियोस् ।’
संविधान संशोधनदेखि प्रदेशको विकास र प्रदेशलाई अधिकार सम्पन्न बनाउने सबालमा समेत प्रम ओलीले आफ्नो सम्बोधनबाट दृष्टिकोण सार्वजनिक गर्न सक्ने  ठुलो अवसरको रूपमा मधेशका जनताले लिएको मण्डलले बताए ।

संविधान संशोधनको सबालमा नेकपा विरोधमा छैन, कांग्रेसले ल्याएको संशोधन विधेयक औचित्यपूर्ण थिएन, अहिले जनताको पक्षमा संविधान संशोधन हुन्छ नै, एक हुन्छ, दुई हुन्छ, लेखेर राख्नुस् , मण्डलले भने ।

प्रम ओलीलाई स्वागत गर्नु संघर्षकै अर्को रुप : प्रदेश सरकार 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रम ओलीलाई स्वागत गर्नु पनि संघर्षकै अर्को रुप रहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपालको तर्फबाट सरकारमा रहेका मन्त्री यादवले भने, ‘प्रम ओलीको भ्रमणबाट संविधान संशोधन हुनुका साथै संघीयतालाई समेत संस्थागत गर्न बल पुग्ने मनसायका साथ प्रदेश सरकारले उहाँको भव्य स्वागत गर्दैछ ।’

‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन उनको भ्रमण फलदायी हुने अपेक्षाका साथै हामीले उहाँलाई स्वागत गरेका छौं’,  मन्त्री यादवले भने, ‘अहिले संघीय सरकार र प्रदेश सरकारमा हामी भए पनि आन्दोलनमै छौं । सरकारमा रहेर संघर्ष गरिरहेका छौं ।’

‘बिगतमा आन्दोलनको समयमा ओलीजीसँग मधेशी जनताको तिक्तातापूर्ण सम्बन्ध थियो, तर अहिले सरकारमा रहेर नै अधिकार प्राप्ति हुन सक्ने अवस्थाको रणनीति बनाएका छौं, ओलीजीलाई हामीले अबसर दिएका छौं’ यादवले थपे, ‘ यदि प्रम ओलीले मधेशको समस्या समाधान गर्नु हुँदैन भने हामी सरकारमा बसिरहने छैनौं, फेरि पनि सडकमा आएर आन्दोलनमा आउनेछौं ।’

ओलीमाथि  बिगतमा लागेको सम्पूर्ण दाग मेटाउने अवसर रहेको भन्दै त्यसलाई सदुपयोग गर्ने आशा समेत प्रदेश सरकारले लिएको यादवले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x