×

NMB BANK
NIC ASIA

कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिन्छ : अाेली

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

Muktinath Bank

ऐन कार्यान्वयनमा आएको अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयद्वारा आज  आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसमा केही कमजोरी भए आगामी दिनमा संशोधन गर्दै जाने स्पष्ट गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकारलाई यस कानूनलाई कार्यान्वयन गर्न गराउन र जनतालाई यसका बारेमा जानकारी दिन म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन संसद्मा व्यापक छलफल भई ऐन विगत वर्षमा नै संसद्बाट पारित भए पनि आजदेखि लागू भएको बताउँदै उहाँले यसका बारेमा अनावश्यक भ्रमका खेती नगर्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ थिति, ऐन र नियम लागू गर्दा समाजमा केही असजिलो भए पनि यसलाई स्वाभाविक बनाउँदै लान आग्रह गर्दै ऐनमा केही कमजोरी, अपूर्णता, सामाजिक सम्बन्धमा अहित तथा आर्थिक–सामाजिक अधिकार खोसिने अवस्था आएमा सच्याउन सकिने जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

“सङ्घीय लोकतन्त्र, संविधान, राजनीतिक सामाजिक मूल्यमान्यतासहित अन्तर्राष्ट्रिय अभ्यासका अनुभव ऐनमा समावेश भएको छ, यो ऐनमा समेट्न जरुरी पनि जरुरी थियो”, प्रधानमन्त्रीले भन्नुभयो । 
सो अवसरमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन र सुशासनलाई थप प्रत्याभूत गर्न ऐन ऐतिहासिक बन्ने विश्वास व्यक्त ऐनलाई व्यावहारिक र वस्तुनिष्ठ रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

Vianet communication
Laxmi Bank

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले नेपालको संविधान कार्यान्वयन गर्न आजदेखि कार्यान्वयनमा आएका ऐन कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आवश्यकताअनुसार ऐन परिवर्तन र संशोधन हुँदै जान्छन् ।” 

मन्त्रालयका सचिव राजीव गौतमले संविधानपछि जारी भएको सो ऐनले कानूनी व्यवस्थालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रिगण सांसदलगायतको उपस्थिति थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x