×

NMB BANK
NIC ASIA

युवालाई नशालु औषधि बिक्री गर्ने फार्मेसीमा लगाइएको शिलबन्दी खोलिएपछि

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर- किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्ने फार्मेसीमा लगाइएको शिलबन्दी खोलिएको भन्दै नगरपालीकाले विरोध गरेको छ । 

Muktinath Bank

सूर्यविनायक नगरपालिकाको अनुगमन टोलीले नगरपालिका–६ पाण्डुबजारस्थित तेजस्वी फार्मेसीले किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्दै गरेको अवस्थामा फेला पारेपछि शिलबन्दी गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकालाई कुनै जानकारी नै नदिई औषधि व्यवस्था विभागले आर्थिक प्रलोभनमा परी आज फर्मेसीको शिलबन्दी खोलेको आरोप लगाउँदै नगरपालिकाले विभागको कार्यशैलीको विरोध गरेको हो । नगरपालिकाले शिलबन्दी गर्ने र कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई दिन माग गरेको छ । 


Advertisment
Nabil box
Kumari

गत साउन १ गते सूर्यविनायक नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा गएको अनुगमन टोलीले विभागका कर्मचारी बोलाइ शिलबन्दी गरेको थियो । 

Vianet communication
Laxmi Bank

नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले नगरपालिकाले अनुगमन गर्दा दोषी भेटिएको फार्मेसीलाई विभागले के कारवाही ग¥यो, या गरेन भन्नेसमेतको नगरपालिकालाई जानकारी नगराई विभागले सुटुक्क शिलबन्दी खोलेको आरोप लगाए । 

विभागले स्थानीय सरकारको बेवास्ता गरेको बताउँदै उनले विभागको नियतमाथि शङ्का उब्जिएको बताउँदै  अनुगमन मात्रै नभई शिलबन्दी गर्ने, कारवाही गर्ने र शिलबन्दी खोल्ने अधिकार नगरपालिकाले पाए मात्रै सहज हुने बताए । 

सूर्यविनायक नगरपालिकाका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले शिलबन्दी गरेको फार्मेसीसँग आर्थिक लेनदेन गरेर नगरपालिकालाई जानकारी नै नगराई विभागले शिलबन्दी खोलेको आरोप लगाए । 

विभागको कार्यशैलीप्रति नगरपालिकाले विरोध गरेको बताउँदै सापकोटाले भने, “औषधि पसलको अनुगमन र कारवाही गर्नुपर्ने विभागले अनुगमन गर्दैन, नगरपालिकाले गरेको अनुगमनमा दोषी पाएर शिलबन्दी गरेको पनि गोप्यरुपमा आएर सुटुक्क विभागका कर्मचारीले शिलबन्दी खोलेर जान्छन्, विभागका कर्मचारी आर्थिक प्रलोभनमा परेर गर्ने यस्ता कार्यले दोषीलाई प्रोत्साहन मिलेको छ, कारवाही गर्ने अधिकार नगरपालिकाले पाउनुपर्छ ।” 

विभागले शिलबन्दी खोले पनि युवा र किशोरकिशोरीलाई लागूऔषधका रुपमा अवैध औषधि बिक्री गर्ने तेजस्वी फार्मेसीलाई कारवाही नै नगरी शिलबन्दी खोलेको भन्दै स्थानीयले विभागको कार्यशैलीको समेत विरोध गरेका छन् । 

गत साउन १ गते भएको अनुगमनमा भक्तपुर नगरपालिका साविक १४ हाल वडा नं ३ बस्ने डी फार्मेसी उत्तीर्ण गरी औषधि पसल सञ्चालन गर्दै आएकी रीना श्रेष्ठले सञ्चालन गरेको उक्त फार्मेसीबाट ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधि बरामद गरी शिलबन्दी गरेको थियो । 

सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर ध्वजूले यो पसलबाट अवैध औषधि बिक्री भइरहेको र किशोर तथा युवाले लागूऔषधिका रुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुगमन गरेर शिलबन्दी गरेको भए पनि विभागले सुटुक्क शिलबन्दी खोलेको आपत्ति जनाए । 


औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने उक्त फार्मेसीलाई अब अवैध औषधि वितरण नगर्न सचेत गराउने निर्णय गरेको जानकारी दिँदै शिलबन्दी खोलिएका बारे भने आफूलाई जानकारी नभएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x