×

NMB BANK
NIC ASIA

नेकपाको भ्रातृ सङ्गठन एकता लम्बिँदै, कार्यदलको म्याद नै सकियाे

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि त्यसका भ्रातृ संगठन, मोर्चा, विभाग, जिल्ला, स्थानीय, नगर र प्रदेश समिति बीचको एकता अझै टुङ्गो लागेको छैन । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
मोर्चा, विभाग तथा तल्ला समितिबीच एकीकरण गर्नका लागि गठन भएको कार्यदलको म्याद सकिसकेको छ तर एकताको टुङ्गो भने अझै लागेको छैन । तत्लो तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि ३० वटा भन्दा बढी कार्यदल गठन गरिएको छ । 
नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘म्याद सकिए पनि दुईचार दिन तलमाथि हुनसक्छ । त्यसमा केही फरक पर्दैन प्रतिवेदनहरू आउँदैछन् सायद अब चाँडै टुङ्गो लाग्न सक्छ ।’ 
जेठ ६ गते बसेको नेकपाको सचिवालय बैठकले तीन महिनाभित्र सम्पूर्ण भ्रातृ संगठन तथा तल्ला कमिटीहरूको बीचमा चाँडै टुङ्गो लगाउने निर्णय भएको थियो । साउनको अन्तिम साता बसेको पार्टी सचिवालयको बैठकले साउनभित्र सम्पूर्ण कार्यदलले आआफ्नो प्रतिवेदन बुझाउने र भदौं ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रियाको टुङ्गो लगाउने निर्णय गरेको थियो । र, सो निर्णयको बारेमा सम्पूर्ण कार्यदललाई जानकारी पनि पठाइएको थियो ।
नेकपा पार्टी कार्यालय धुम्वाराही स्रोतका अनुसार हालसम्म कर्णाली प्रदेश र प्रदेश ५ ले मात्र प्रतिवेदन बुझाएका छन् । प्रदेश ५ मा २०३ सदस्यीय प्रदेश समिति रहनेछ । समितिमा तत्कालीन एमालेका १०६ र तत्कालीन माओवादी केन्द्रका ९७ जना रहने छन् । कर्णाली प्रदेशमा १७५ सदस्यीय समिति रहनेछ । जसमा तत्कालीन एमालेबाट ८७ जना र तत्कालिन माओवादी केन्द्रबाट ८८ जना रहने छन् । यो प्रदेशमा १० जिल्ला रहेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x