×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको सम्बोधनलाई राजपाका केही सांसदले ‘बहिष्कार’ गर्ने

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले २ नम्बर प्रदेशसभा बैठकमा शनिवार दिउँसो गर्ने सम्बोधनलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदले बहिष्कार गर्ने तयारी गरेका छन् । 

Muktinath Bank

राजपाले औपचारिक निर्णय नगरेपनि ओलीले विगतमा मधेश विरोधी गतिविधि गरेको र मधेशका मागलाई वर्तमान सरकारले सम्बोधन नगरेको विरोधमा सम्बोधन बहिष्कार गरिने राजपाका महासचिव मनिष सुमनले बताए । प्रदेशसभा सांसद उपेन्द्र महतोले बहिष्कारको नेतृत्व गर्ने तयारी भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सांसद उपेन्द्र पार्टीको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोका भतिजा हुन् । उपेन्द्रले प्रधानमन्त्रीको सम्बोधन शुरू हुने बित्तिकै बहिष्कारको निर्णय सुनाएर प्रदेश सभाबाट बाहिरिने बताएका छन् । तर, प्रदेशसभा सांसद रमेश कुर्मी, बाबुलाल शाहले भने हतारमा बहिष्कारको निर्णय गरिने र अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग छलफल भइरहेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

राजपाका प्रमुख सचेतक परमेश्वर शाहले भने आफू प्रदेशसभा बैठकमा सहभागी नहुने बताएका छन् । व्यक्तिगत कामको कारण देखाउँदै उनले बैठकमा नआउने बताए । प्रदेशसभाले सबैलाई बैठकमा सहभागी हुन निर्देश जारी गरेको थियो । प्रमुख सचेतक शाह शुक्रवारको कार्यव्यवस्था समितिको बैठकमा भने दिनभर सहभागी थिए ।

Vianet communication
Laxmi Bank

तर, राजपाबाट सरकारमा सहभागी संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेका छन् । यसरी प्रधानमन्त्रीको सम्बोधनलाई हेर्ने विषयमा राजपा विभाजित भएको देखिएको छ ।

राजपाका महासचिव मनिष सुमनले प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन संसदीय नियमावली विपरीत भएको समेत दावी गरे । ‘प्रदेशसभा नियमावलीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने व्यवस्था नै छैन,’ उनले भने, ‘मुख्यमन्त्रीले प्रदेशसभामा प्रधानमन्त्रीलाई बोलाएर गल्ती गरेका छन् ।’ 

प्रधानमन्त्री ओलीले संविधान संशोधनको सीमा नतोकेको, सांसद रेशम चौधरीलाई रिहा गर्न र सपथ गराउन भूमिका नखेलेको लगायतका आरोप सुमनले लगाएका छन् । प्रदेश सभामा राजपाका २५ सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x