×

NMB BANK
NIC ASIA

बुटवल – मानिस केही फरक तर नयाँ काम नगरेसम्म चर्चामा आउँदैन । चर्चामा आउन नयाँ तर फरक काम गर्नैपर्छ । यस्तै फरक काम गर्ने व्यक्ति हुन्, रूपन्देही तिलोत्तमा–५ मणिग्रामका रमेश पाण्डे ।

Muktinath Bank

विगत २ दशकअघि कसैको सहयोग र साथ विना पुष्प व्यवसाय शुरू गरेका उनी अहिले चर्चामा छन् । २०५५ सालतिर रमेश पाण्डे झण्डै २० वर्षका थिए । उनले घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्न थाले । त्यसपछि उनलाई पुष्प खेती नै गर्नुपर्छ भन्ने लाग्यो । तर, उनले बनाएको योजनामा परिवारले साथ दिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूलको काम ‘हाम्रो परिवारले गर्न सुहाउँदैन’ भनेर उनले निर्माण गरेको नर्सरी बिथोलियो । तर, उनले हरेस खाएनन् । आफ्नो मनैदेखिको चाहना पूरा गर्न उनले घरपरिवारको असहयोगबीच लुम्बिनी नर्सरी एण्ड गार्डेन शुरू गरे । ऋण लिएर उनले विभिन्न प्रजातिका फलफूल र फूलका विरूवा उत्पादन सुरू गरे ।


Advertisment
Nabil box
Kumari

शून्यबाट शुरूवात गरेका पाण्डेले अहिले पुष्प खेतीमै भविष्य निर्माण गरिरहेका छन् । फूल तथा फलमा नयाँ–नयाँ प्रयोग गर्नु उनको अभिरुचि हो । अहिले उनले स्याउलाई तराईको तापक्रममा फलाएर सबैको ध्यान खिचेका छन् । उनी स्याउ तराईमा पनि फलाउन सकिन्छ भन्ने कुरा पुष्ट्याउने क्रममा छन् । त्यसका लागि उनले विभिन्न प्रयोग गरिरहेका छन् । नर्सरी व्यवसायमा उनी सन्तुष्ट छन् ।

Vianet communication
Laxmi Bank

बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकको दायाँ–बायाँको जग्गा खाली देखेपछि यसलाई बगैचाको रूपमा विकास गर्नुपर्छ भन्ने साेंच पाण्डेमा आयो । पाण्डेले मणिग्रामका सुरज काफ्लेसँग सहकार्य गरेर काफ्लेको घर अगाडिको सडक डिभाइडरमा फूलहरूको गार्डेन बनाउन आग्रह गरे ।

यसपछि दर्लामकाली गार्डेन तयार भयो । उक्त नर्सरी ६ महिनामा नमूना बन्यो । जसको देखासिकी गरेर सिक्स लेन सडक निर्माण सम्पन्न भएका क्षेत्रमा अहिले सबैले आफ्नो घर अगाडि गार्डेन बनाएका छन् । आ–आफ्नो घर अगाडि हरियाली र फूलैफूलको बगैचा बनाउन प्रोत्साहन गरी तिलोत्तमा नगरपालिकाले हरियाली अभियानलाई प्रोत्साहन समेत गरिरहेको छ ।  

तिलोत्तमामा मात्र होइन, सडक ग्रीनरी कामको बुटवलमा पनि सिको भयो । तिलोत्तमाका सडक बगैचा हेर्न विभिन्न ठाउँबाट मानिसहरू समेत आउन थालेपछि बुटवल–१० का वडा अध्यक्ष पदमबहादुर थापाले पाण्डेसँग सहकार्य गरेर बुटवल–१० कालिकानगर क्षेत्रमा ग्रिनरी अभियानका रूपमा अगाडि सारी सुन्दर शहर बनाउने परिकल्पना गरे । अहिले बुटवलका कालिकानगर पूर्वपश्चिम दुवैतर्फ ग्रीनरी फस्टाएको छ । जसका लागि ३० लाख रुपैयाँ बुटवल उपमहानगरपालिका र ७० लाख रुपैयाँ स्थानीयले गरी १ करोड लगानी गरिसकेका छन् ।

सिद्धार्थनगरको भैरहवामा पनि व्यवसायी महेश भट्टले बुद्धचोकमा गार्डेन बनाएका छन् । यसरी पाण्डेले तिलोत्तमा नगरपालिको समन्वयमा शुरू गरेको सडक हरियाली र फूलैपूmलको बगैचा बनाउने अभियान बुटवलदेखि भैरहवासम्म जोडिँदै छ । 

पाण्डे भन्छन्, ‘मैले ग्रीनरी शुरू गर्दा राम्रो हुन्छ भनेपछि सबैको सकारात्मक सहयोग रह्यो ।’ उनी रूपन्देही मात्र नभइ ५ नम्बर प्रदेशका पहाडी जिल्लामा पनि पुष्प खेती गरी विश्वका विभिन्न मुलुकहरूमा फूलहरू निर्यात गर्न सकिने बताउँछन् । 

उनको नर्सरीमा अहिले ग्लाडुल्स, एस टी फलावर, अर्नामेण्टल पलाण्ट, साइकस, वेगन, लालुपाते रोज एकजोरा, मुसुण्डा, हेविसकस, टिकोमा लगायतका पुष्पका विरूवा छन् । यसबाहेक विभिन्न मौसमी तथा बेमौसमी फूल सयपत्री, डेलिया, गोदावरी, जखेरा, विभिन्न इन्डोर प्लान्ट लगायत कागती, अम्बा लगायतको पनि विशेष उत्पादन गरेका छन् ।

पैसा कमाउनकै लागि विदेश जाने युवाले गर्न खोजे पुष्प खेतीमा प्रशस्त आम्दानी रहेको कृषक पाण्डेले बताए । पाण्डेले आफूले जानेको सीप सिकाउँदा अहिले १० जना व्यक्तिले रोजगार पाएको बताउँछन् । समय परिवर्तनसँगै विश्वमै फ्लोरीकल्चरको महत्व बढ्दै गइरहेको र अहिले जुनसुकै शुभकार्य गर्दा फूल अनिवार्य रुपमा चाहिने कारणले अन्तर्राष्ट्रिय स्तरमा कटफ्लावरको माग तीव्र रूपमा बढ्दै गएको पाण्डेले बताए ।

विश्व बजारमा खर्बाै डलर बराबरको फूलको कारोबार भएको बताउँदै फूल वातावरण संरक्षण, बगैंचा सजावट, पुष्प सजावट, सुगन्धित तेल, औषधी लगायत विभिन्न प्रयोजनको लागि फूलको प्रयोग भएको पाइन्छ । लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष समेत रहेका पुष्प व्यवसायी पाण्डेका अनुसार नेपालको हावापानी पुष्प व्यवसायको लागि अनुकूल भएको हुँदा पुष्प खेतीको प्रचुर सम्भावना रहेको छ ।

उनले नेपालबाटै पुष्पजन्य उत्पादन जापान, अमेरिका, कोरिया, न्यूजील्याण्ड लगायत विभिन्न अरबीयन राष्ट्रमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको र नेपालको हावापानी अनुसार ठूलो मात्रामा व्यावसायिक फूल खेती विस्तार गर्न सके अर्बाैं मूल्य बराबरको पुष्पजन्य उत्पादन विदेश निर्यात गर्न सकिने बताउँछन् ।

नेपाल सरकारले उचित ध्यान पु¥याउन नसकेको गुनासो गर्दै उनले पुष्प खेतीमा विशेष अनुदान दिन सके यसले नयाँ रुप दिन सकिने र किसानले सोचेजस्तो फाइदा लिन सक्ने बताए । 

नेपालबाट ठूलो परिमाणमा फूल विदेशमा निर्यात गर्न सकिने सम्भावना रहेको हुँदा–हुँदै सरकारी उदासिनताको कारण विदेशबाट ३० करोड रुपैयाँभन्दा बढीको पुष्पजन्य उत्पादन आयात गर्नुपरेको दुखेसो समेत पोखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x