×

NMB BANK
NIC ASIA

बालुवाको महलमा बस्छन् यी व्यक्ति , ठान्छन् आफूलाई राजा !

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलको रियो डी जेनेरोमा एक व्यक्ति विगत २२ वर्षदेखि संसारभन्दा अलग्गै एक बालुवाको महलमा बस्ने गरेका छन् । 

चवालीस वर्षीय व्यक्तिको नाम मार्सिओ मिजाएल मातोलियास हो र उनी आफूलाई राजा ठान्छन् । अचम्मको कुरा त, वरिपरिका केही मानिस पनि उनलाई राजा भन्न थालेका छन् । केहीले चाहिँ उनलाई सन्काहा भन्ने गरेका छन् । 

एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा मार्सियोले आफ्नो अनौठो जिन्दगीका बारेमा रमाइला कुरा बताए । उनी भन्छन्, ‘मलाई समुद्रसँग प्रेम छ । मानिसहरू समुद्रको किनारमा समय बिताउनका लागि लाखौं रुपैयाँ खर्च गर्छन्
अनि किनारमा घर किन्छन् । तर म केही नभएपनि समुद्रको आनन्द लिन्छु । त्यसैले म बालुवाको महल बनएर बस्छु । मलाई सफा घरहरूदेखि डर लाग्छ ।’

समुद्र किनारमा आउने पर्यटकहरूका लागि मार्सियो आकर्षणका केन्द्र हुन् । आफ्नो महलबाहिर उनी मुकुट लगाएर शाही कुर्सीमा बसिरहेको देख्न पाइन्छ । 

आफ्नो बालुवाको महललाई बचाइराख्नका लागि २२ वर्षदेखि हरेक दिन आफूले पानी छर्किने गरेको उनी बताउँछन् । पानी छर्किंदा बालुवा सुकेर छरिन नपाउने उनको भनाइ छ । उनी महलको पूरै रेखदेख गर्छन् । 

वरिपरिका मानिसले मार्कियोलाई आफूले धेरै वर्षदेखि देखिरहेको बताए । उनीहरू पनि मार्सियोलाई राजा भनी बोलाउँछन् । उनी जम्मा तीन काम गरेर जीवन बिताउँछन् : माछा समात्ने, किताब पढ्ने अनि गल्फ खेल्ने । 

मार्सियोको कुनै परिवार छैन । उनले बिहे पनि गरेका छैनन् । जिन्दगीमा एउटै मात्र गुनासो उनलाई छ – निद्राको कमी । धेरैचोटि बालुवा यस्तोसँग तात्छ कि मार्कियो आफ्नो महलमा सुत्न सक्दैनन् । अनि समुद्र किनारमा अनेक जलजन्तुमाझ उनले बस्नुपरेको छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x