कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन दिँदैनौं – महामन्त्री कोइराला

फाइल फोटो
भदौ २, २०७५

विराटनगर –नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।


ADVERTISEMENT

उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए ।

उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।

भदौ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस