संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

तस्वीर : एएफपी
भदौ २, २०७५

काठमाडौं – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

कोफी अन्नान फाउन्डेसनको अफिसियल ट्वीटर ह्यान्डलबाट यस्तो जानकारी दिएको हो ।


एक्कासि बिरामी परेपछि अन्नानको शनिबार स्वीट्जरल्याण्डमा निधन भएको रोयटर्सले जनाएको छ ।

नोभेल शान्ति पुरस्कार विजेता अन्नान संयुक्त राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् ।

घानाका कूटनीतिज्ञ अन्नानले सन् १९९७ डिसेम्बरदेखि २००६ सम्म संयुक्त राष्ट्रसंघको नेतृत्व सम्हालेका थिए ।

उनका श्रीमती र ३ सन्तान छन् ।

 

भदौ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस