×

NMB BANK
NIC ASIA

उपत्यकाको खानेपानी सञ्जालमा दैनिक ३ करोड लिटर पानी थपियो

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ । सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेका छन् । 

Muktinath Bank

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बाग्मतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा आयोजित विशेष समारोहमा बोल्दै सभामुख महराले सुन्दरीजल प्रशोधन केन्द्रबाट थप भएको पानीले मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीलाई तत्काल राहत दिनेमा विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

दशैंअघि नै मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा ल्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको आफूले पाएको भन्दै सभामुख महराले सरकार आफ्नो लक्ष्यमा सफल हुनेमा आफू विश्वस्त रहेको बताए । 

Vianet communication
Laxmi Bank

मेलम्ची खानेपानी आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सकेमा यसले उपत्यकावासीले झेल्दै आएको खानेपानी ठूलो समस्या हल हुनेछ’, सुन्दरीजलको प्रशोधन केन्द्रबाट आएको पानीको धारा खोल्दै सभामुख महराले भने, ‘दशैंअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाबासीको घर घरमा पु¥याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ ।’

मेलम्ची आयोजनाले कठीनाई र असफलताका बीचबाट सफलताको अन्तिम बिन्दूमा पुगेको चर्चा गर्नुहुँदै सभामुख महराले मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याउन आवश्यक सुरुङको अन्तिम ब्रेक थ्रु भइसकेको खबर सुनेर हर्षित भएको बताए । 

‘२७ दशमलव ६ किमि लामो मेलम्ची सुरूङको अन्तिम ब्रेक थ्रु सम्पन्न भैसकेको र सुरूङ निर्माण कार्य सम्पन्न हुने चरणमा भएको थाहा पाएँ, उनले भने, ‘प्रशोधन केन्द्रबाट घर–घरमा पु¥याउन आवश्यक पर्ने वितरण प्रणालीको थोक वितरण प्रणालीअन्तर्गत ११ दशमलव ५ किमि लामो सुन्दरीजल–धोबीखोला खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न भैसकेको र बाँकी खण्डको थोक वितरण र साना पाइपलाइनहरूको पनि क्रमिक रूपमा परीक्षण हुने चरणमा पुगेको रहेछ, यसले हामी सबैलाई उत्साहित बनाएको छ ।’

अहिले पनि ग्रामीण तथा शहरी क्षेत्रमा समेत धेरै नागरिक स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित रहेको भन्दै सभामुख महराले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सके समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा नयाँ इँट्टा थपिने बताए । 

खानेपानी मन्त्रालयले देशका अन्य क्षेत्रमा समेत सञ्चालित खानेपानी आयोजनाको प्रभावकारी अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालनका लागि पहल गर्ने, स्थानीय सरकारहरुसँगको समन्वयमा नयाँ आयोजनाहरुका लागि प्राविधिक, आर्थिक, भौतिक तथा पूर्वाधारका क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खानेपानी मन्त्री विना मगरले दशैंसम्म मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने गरी तीव्र गतिमा काम भइरहेको बताइन् । 

थुप्रै चुनौति र कठिनाइ पार गर्दै आयोजनाको काम तीव्र गतिमा भइरहेको भन्दै मन्त्री मगरले असोजको अन्तिम साता मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा आइपुग्नेमा कुनै शंका नरहेको बताइन् । 

मेलम्चीको पानी ल्याउने काम करिब अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मगरले त्यसअघि नै सुन्दरीजलबाट बाग्मतीको पानीले अहिलेको व्यवस्थाबाट राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन प्रशोधित पानी आउने बताइन् । 

यसैबीच सभामुख महरा, खानेपानी मन्त्री विना मगरलगायतको टोलीले आजै सुन्दरीजलस्थित सुरुङ र खानेपानी प्रशोधन केन्द्रको अवलोकन गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x