×

NMB BANK
NIC ASIA

यी हुन् धेरै आम्दानी गर्ने बलिउड चलचित्र

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड विश्वको दोस्रो ठूलो चलचित्र उद्योगको रुपमा स्थापित छ । केही वर्ष अघिसम्म बलिउडका कुनै पनि चलचत्रिले १ सय करोड कमाए भने मिडियामा ठूलै समाचार बन्थे । अहिले १ सय करोड कमाउनुलाई सामान्य रुपमा लिइन्छ । भारतमा पहिलोपटक अमिर खानको चलचत्रि ‘पीके’ले भारतभित्र तीनसय करोडको कमाई गरेको रेकर्ड छ । त्यसयता अहिलेसम्म आधा दर्जन चलचित्र तीन सय करोड क्लवको सुचिमा परेका छन् । तर अचम्मको कुरा, सलमान खान र आमिर खानका चलचित्र तीन सय करोड क्लवमा छिरे पनि शाहरुख खान भने यो सूचीमा अझैसम्म पर्न सकेका छैनन् । तीनसय करोड क्लवमा सलमानका तीन र आमिरका दुईसहित ८ चलचित्र परेका छन् ।

Muktinath Bank

टाइगर जिन्दा हे


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘टाइगर जिन्दा हे’ एउटा धमकेदार एक्सन थ्रिलर चलचित्र हो । सलमान खान र कट्रिना कैफको प्रमुख भूमिका रहेको चलचित्रले ५ सय ५२ करोड रुपैया“को कारोवार गरेको छ । यो चलचित्रलाई कविर खानले निर्देशन गरेका हुन् । समिक्षकले ‘टाइगर जिन्दा हे’लाई खासै राम्रो त भनेनन्, तर कमालको व्यापार गरेर सवैलाई दंग वनाएको छ । वलिउडमा सम्भवत यो चलचित्र दोस्रो धेरै आम्दानी गर्ने चलचित्र हो ।


Advertisment
Nabil box
Kumari

सञ्जु

Vianet communication
Laxmi Bank

बलिउडमा अहिलेसम्म सवैभन्दा धेरै आम्दानी गर्ने चलचित्रको सुचिमा ‘सञ्जु’ पनि परेको छ । अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ अहिले केहि देशका हलमा चलिरहेको भारतीय संचारमाध्यमहरु बताउ“छन् । २०१८ मा सर्वाधिक आम्दानी गर्ने चलचित्रको रुपमा स्थापित यो चलचित्रले अहिलेसम्म ६ सय करोड रुपैयाको आम्दानी गरिसकेको छ । रणवीर कपुरको मूख्य अभिनय रहेको चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यो चलचित्र हेर्न खोजेका दर्शक दुई हप्तासम्म पनि टिकट नपाएर फर्किएका थिए ।

पद्मावत

भारतमा निकै विवादमा परेको ‘पद्मावत’ ऐतिहासिक विषयमा निर्मित चलचित्र हो । रणवीर सिंह, दिपिका पादुकोण, शाहिद कपुरको प्रमुख भूमिका रहेको यो चलचित्रले अहिलेसम्म विश्वभरवाट ४ सय करोड भन्दा माथीको व्यापार गरेको छ । चलचित्रलाई सञ्जय लिला भन्सालीले निर्देशन गरेका हुन् । उनी अहिले नया“ चलचित्रको तयारीमा छन् ।

दंगल

आमिर खानको प्रमुख भूमिका रहेको चलचित्र दंगल सर्वाधिक व्यापार गर्ने चलचित्रमध्येको एक हो । यो चलचित्रले झन्डै ४ सय करोडको व्यापार गरेको बताइन्छ । २०१६ मा प्रदर्शन भएको दंगलमा आमिर खानसहित साक्षी तावर, फतिमा साना सेख, जायर बसिम लगायतका कलाकारहरु पनि छन् ।

पीके

२०१४ मा प्रदर्शन भएको सुपरहिट चलचित्र पीकेले वलिउडका अन्य चलचित्रभन्दा धेरै फरक विषयवस्तुमा आधारित रहेर निर्माण भएको थियो । सोही कारण दर्शकले यो चलचित्रलाई मन पनि पराए । चलचित्रमा आमिरले एक एलियनको क्यारेक्टरमा देखिएका थिए । राजनीतिक र धार्मिक क्षेत्रलाई व्यंग्य गरेको चलचित्रले साढे तीन सय करोडको कारोवार गरेको बताइन्छ । राजकुमार हिरानी निर्देशित चलचित्रमा आमिरका अलावा अनुष्का शर्मा र सञ्जय दत्तको पनि मूख्य भूमिका छ ।

बजरंगी भाइजान

सलमान खानको प्रमुख भूमिका रहेको चलचित्र बजरंगी भाइजान तीन सय करोडमा पर्ने भाग्यमानी चलचित्र हो । पाकिस्तानकी एक वालीका भारतमा हराएको र उनलाई घरमा फर्काउन सलमान (बजरंगी भाइजान)ले गरेको प्रयासलाई चलचित्रमा निकै इमोस्नल कोणबाट देखाइएको छ । भारतीय चलचित्र समिक्षकहरुबाट राम्रो तारिफ पाएको यो चलचित्रले ३ सय ३० करोड हाराहारीको व्यापार गरेको थियो । चलचित्रमा सलमान खानका अलावा करिना कपुर र वाल कलाकार हर्षाली मल्होत्राले मूख्य भूमिका निर्वाह गरेका थिए । 

सुल्तान

२०१६ मा प्रदर्शनमा आएको चलचित्र सुल्तान ९० करोडमा निर्माण भएको हो, यद्यपी यो चलचित्रले भारतमा ३ सय १ करोडको आम्दानी गरेको छ भने विश्वभरीवाट ५ सय ७४ करोडको आम्दानी गरेको छ । अली अब्बास जाफरको निर्देशनमा बनेको यो चलचित्रमा ४० वर्षीय एक बक्सरको कथालाई उठाएको छ । सुल्तानमा सलमान खान र अनुष्का शर्माले मूख्य भूमिका निभाएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x