चीनले अमेरिकामाथि आक्रमण गर्न लागेको खबर आएपछि चीन क्रुद्ध

भदौ ३, २०७५

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गरेको दाबीको विरोध चीनको रक्षा मन्त्रालयले गरेको छ । 

पेन्टागनले अमेरिकाविरुद्ध आक्रमणका लागि चिनियाँ सेनाले अभ्यास गरिरहेको दाबी शुक्रवार गरेको थियो । चीनले लामो दूरीसम्म प्रहार गर्न सक्षम बमवर्षक विमान विकास गरिरहेको पेन्टागनको दाबी छ । 

आफ्ना पाइलटहरूलाई अमेरिकाविरुद्ध आक्रमण गर्नका लागि प्रशिक्षण दिइरहेको पेन्टागनको दाबी छ । 

चिनियाँ रक्षा मन्त्रालयले भन्यो, ‘चीनको सेनाले यसमा कडा आपत्ति जनाएको छ । देशको सम्प्रभुता, सुरक्षा र हित रक्षाका लागि बेइजिङ आफ्नो सेनाको आधुनिकीकरण मात्र गर्दैछ ।’

पेन्टागनको रिपोर्टमा चाहिँ चीनले आणविक आक्रमण गर्न सक्षम लामो दूरीको बमवर्षक विमान विकासमा जुटेको छ । संसारका सबभन्दा ठूला अर्थव्यवस्था भएका दुई देशबीच व्यापारयुद्ध चलिरहेको छ ।

एजेन्सी
 


भदौ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस