२७ जेठ २०८३, बुधबार

संसदमा प्रधानमन्त्री ओली र गगनको सवाल–जवाफ : 'क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ?'

संसदमा प्रधानमन्त्री ओली र गगनको सवाल–जवाफ : 'क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ?'

काठमाडौं – प्रतिनिधिसभामा आजभोलि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सांसद गगन थापाबीच रोचक सवालजवाफ चल्ने गरेको छ ।

गगनको तर्कपूर्ण एवं चोटिलो सवाल र प्रधानमन्त्री ओलीको ठट्यौली एवं व्यंग्यात्मक जवाफले सांसदहरूलाई समेत भरपूर मनोरञ्जन दिन्छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि यस्तै सवालजवाफ चल्यो । 

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारी भएयता बनेका अन्य सरकारले काम नगर्दा आफूले दुःख पाएको बताएका थिए ।

प्रधानमन्त्रीको सम्बोधन सकिएपछि सांसदहरूले प्रश्न सोध्ने पालो आयो ।

गगन थापाले उठेर सोधे –

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सम्बोधनका क्रममा संविधान जारी भएपछि अन्य सरकारले काम नगरेकाले साह्रै दुःख पाएँ भन्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँदै सोध्न चाहन्छु, संविधान जारी भएपछिको ७५ प्रतिशत समयमा सरकार कसले चलाएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टीको जहाज चलाउने को–पाइलटले सरकार चलाउनुभएको समय जोड्दा ७५ प्रतिशत पुग्छ । त्यो ७५ प्रतिशत समयमा काम गर्न नसकेको जिम्मा लिन सम्माननीय प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ ?’

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रमको अन्तिममा प्रधानमन्त्री ओलीले गगनलाई जवाफ फर्काए ।

उनले भने– ‘क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ? ७५ पर्सेन्टको कुरा गर्नुभएको थियो । पर्सेन्टेज एक्ज्याक्ट्ली कति हुन्छ ? दशमलवपछिको हिसाब गर्नुभएन ?’

विगतमा पटक–पटक कांग्रेस–एमाले, कांग्रेस–माओवादी, एमाले–माओवादी, कांग्रेस–राप्रपा संयुक्त सरकार बनेको प्रसंग उल्लेख गर्दै ओलीले थपे – ‘मुलुकी ऐन अहिले कार्यान्वयन भयो, बन्यो पोहोर । तैपनि हमला ! त्यसमा पर्सेन्टेज कसरी निकाल्नुहुन्छ ?’

प्रधानमन्त्री ओलीले सांसदहरूको असभ्य भाषा सुनेर आफूलाई लाज लाग्ने गरेको पनि बताए ।

‘एकजना मान्यजीले मलाई सोध्नु’भो– प्रधानमन्त्रीज्यू, लाज लाग्दैन ?’ यति असभ्य बोल्ने साथीहरू देख्दा किन लाज नलाग्नु, लाग्छ नि !’

salt training

कमेन्ट गर्नुहोस्