फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
जनै पूर्णिमाको दिन प्रदेश नं २ सरकारले दिएको सार्वजनिक बिदाको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरे । त्यसको केही दिनपछि उनी राष्ट्र बैंक अगाडि धर्ना नै बसे ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरेको थियो । कृष्णाष्टमीको बिदा दिँदा पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकारका मन्त्री धर्नामा बसेका थिए ।
सरकारका मन्त्रीले नै तालाबन्दी गर्नु र धर्नामा बसेको घटनाले केन्द्र र प्रदेश सरकारबीचको खटपटको संकेत गर्छ । भदौ १ गते लागू भएको देवानी कार्यविधि संहिताको दफा ५१ को स्पष्टीकरणले प्रदेश सरकारले समेत सार्वजनिक बिदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको भएपनि यो कानूनी प्रावधानलाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरूले उल्लंघन गरेकोले बाध्य भई प्रदेश सरकारले कानून कार्यान्वयन गराएको जिकिर छ प्रदेश सरकारको ।
प्रदेशको निर्णय संघले किन मान्ने ? यो तर्क छ संघ मातहतमा रहेका कार्यालयहरूको । जायज पनि होला यो जिकिर । तर यसभित्रको राजनीति र सतहमा देखिएको राजनीतिक स्थिरतालाई केन्द्रीय मानसिकताले कति फाइदा गर्ला ? अर्को कुरा के भने काठमाडांैमा बसेका कथित भाष्यनिर्माताहरू अर्थात् विश्लेषकहरूले यो गम्भीर सवालमा चुँइक्क बोलेको वा लेखेको हेर्न पाइएको छैन । र त्यसता सम्पूर्ण विश्लेषकहरू संघीयताविरोधी हुन् भनेर भन्न मिल्दैन ।
प्रश्न आउँछ, प्रदेशले दिएको बिदालाई संघमातहतका कार्यालयले पालना गर्ने कि नगर्ने ? यो संघीय नेपाल हो जहाँ संघीयताविरोधी मानसिकताले ओतप्रोत शासकसँग लडेर संघीयता ल्याइएको छ । र नेपालमा संघीयताको विभिन्न मर्ममध्ये एक हो, ‘कोओपरेटिभ फेडरलिजम’ ।
अर्थात् एक तहले अर्को तहलाई सहयोग गर्ने देशमा सबैखाले स्थिरता ल्याउनका लागि । तर अहिले संघीय सरकारले जिल्ला प्रमुख अर्थात् सीडीओहरूलाई मोहरा बनाएर संघीयताको मर्म अर्थात् सहकार्य जस्तो आधारलाई निस्तेज पार्ने प्रयास गरिरहेको देखिन्छ । माथि उल्लेखित प्रदेश २ मा कानूनमन्त्रीले राष्ट्र बैंकमा ताल्चा लगाउनु र सीडीओले गएर ताल्चा फुटाउनु फगत संघ र प्रदेशबीचको जुहारी होइन ।
अपितु संघीयतामाथिको ‘केन्द्रीय प्रहार’ हो । अहिलेको आर्थिक युगमा बैंकिङ क्षेत्रहरू अधिकतम समय खुला हुनुपर्छ । तर संक्रमणकालको समाप्ति नभइसकेका देशहरूमा हरेक आयामको स्थिरताको कडी राजनीतिक स्थिरतासँग स्वाभाविक रूपले जोडिन आउँछ ।
अहिले प्रदेश सरकारले संघीयता अभ्यासमा ल्याउन लागेको छ । धेरै कानूनहरू निर्माणाधीन रहेका छन् । खासगरी प्रदेश २ ले आमजनतालाई संघीयताको अनुभूति गराउन लागिपरेको देखिन्छ । संघको टाउकोदुखाइको कारण पनि यही हुनसक्छ । कुनैकुनै बेला प्रदेश २ इतरका प्रदेश सरकारहरूको तर्फबाट पनि संघले हामीलाई टेरेन भन्ने जस्ता वक्तव्य मिडियामा नआएको होइन । तर प्रदेश २ सरकारले एक कदम आएर संघलाई टक्कर दिन खोज्नु भनेको नेपालमा संघीयताको दिगोपनामा प्रदेश २ ले मात्र त्यसमा निर्धारक भूमिका खेल्न सक्छ । र वास्तवमा भन्ने हो भने यसलाई निरन्तरता दिनु पनि आवश्यक छ ।
तर प्रदेश २ मा एउटा कथित मधेशवादी दलको दोहोरो चरित्र बुझिनसक्नु छ । त्यो के हो भने, उक्त दल प्रदेश २ मा सरकारको नेतृत्व गर्दै छ र संघीय सरकारमा वरिष्ठतम मन्त्री पद खाइरहेको छ । र प्रदेश सरकारको निर्णयलाई संघमातहतका निकायले नटेर्दा संघीय सरकारमा ऊ त्यस्ता संघीयताविरोधी गतिविधिबारे रहस्यमयी मौनता साँधेर बस्छ । संघीयताका लागि लडेका भनिने नेताले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारको पक्षमा वकालत नगर्नु नैतिकताको कुन परिभाषा भित्र पर्छ, उनै जानून् ।
भनिन्छ, देशमा राजनीतिक स्थिरता ल्याउनमा पनि स्थायी सत्ताको अहं भूमिका हुन्छ । स्थायी सत्ताको प्रमुख पात्र हो कर्मचारीतन्त्र । र नेपालमा विद्यमान कर्मचारीतन्त्रभित्र एक्कादुक्का बाहेकका स्थायीसत्ताका प्यादाहरूलाई संघीयता अपाच्य छ जबकि उनीहरूलाई थाहा छ कि हुर्किनै लागेको संघीयतामाथि वक्रदृष्टि हाल्नु भनेको अर्को द्वन्द्व निम्त्याउनु हो ।
साथै प्रदेश सरकारमा सहभागी निर्वाचित जनप्रतिनिधिहरूले पनि आफूहरूलाई टेरेनन् भन्दै रुवावासी र धर्ना बस्नुभन्दा पनि त्यस्ता निकाय जसले प्रदेशको निर्णयको अवज्ञा गर्ने आँट देखाउने दुस्साहस गर्छ त्यसका विरुद्ध अदालती उपचारमा जानु बेश हुनेछ । विदितै छ कि संविधान निर्माणको बहानामा तत्कालीन संघीयताविरोधी पार्टीहरूले सोह्रबुँदे तमसुकमा हस्ताक्षर धस्काएर अन्तरिम संविधानको धारा १३८ लाई धरापमा पार्दै संघीयतारहित संविधान ल्याउन प्रपञ्च रचेका थिए । तर त्यसका विरुद्ध सर्वोच्च अदालतबाट मात्र संघीयतालाई जोगााइएको थियो ।
अहिले जुन प्रदेश २ विरुद्ध संघको रस्साकस्सी देखिएको छ त्यो अरू केही होइन मानसिकताको लडार्इं हो : काठमाडौं केन्द्रित मानसिकता र संघीयतावादी मानसिकता । र अहिलेसम्म देशले काठमाडौंकेन्द्रित मानसिकताको अभ्यास भोगिसकेको छ । संघीयतालाई अगाडि बढ्नमा रोक लगाउनु भनेको देशलाई पुनः राजनीतिक “डेडलक”मा ल्याएर छाड्नु हो ।
अतः नेपालमा संघीयताको अति आधारभूत सिद्धान्त अर्थात् ‘कोओपरेटिभ फेडरलिजम’ लाई सरलता प्रदान गर्न सबैले कर्तव्यबोध गर्नुको विकल्प छैन ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...