×

NMB BANK
NIC ASIA

तीज गीतमा पशुपति शर्माको वर्चस्व, यी हुन् यस वर्षका १२ चर्चित गीत [भिडियोसहित]

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आज नेपाली नारीहरूको महान चाड हरितालिका तीज । तीज भन्नैबित्तिकै यससँगै जोडिएर आउँछ गीतसंगीत । 

Sagarmatha Cement
Muktinath Bank

गीतसंगीतसँग तीजको चर्चा र लोकप्रियता जोडिन्छ । कुनै समय अडियोको जमाना थियो । क्यासेट बिक्रीबाट गीतसंगीतको लोकप्रियता र नाफा–घाटा मापन गरिन्थ्यो । अहिले जमाना फेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युट्युब गीतसंगीतको लोकप्रियता मापन गर्ने गतिलो माध्यम बनेको छ । कलाकारहरूले आफ्ना गीतको भिडियो कतिपटक हेरियो भन्ने तथ्यांकका आधारमा गीतको लोकप्रियता मापन गर्छन् । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि थुप्रै तीज गीत आए । तिनका भिडियोहरू युट्युबमा सार्वजनिक भए । 


Advertisment
Nabil box
Kumari

जसमध्ये केहीले राम्रै चर्चा पाए भने केही त्यत्तिकै सेलाए । हामीले यहाँ युट्युब भ्युजका आधारमा यस वर्षका उत्कृष्ट १२ तीज गीत छनोट गरेका छौं । 

Vianet communication
Laxmi Bank

१. खिस्स हाँस्ने छोरो

यसवर्ष सार्वजनिक तीज गीतमध्ये ‘खिस्स हाँस्ने छोरो’ले सर्वाधिक भ्युज पाएको छ । रोशन गैह्रे र आशा केसीको स्वर रहेको यस गीतको भिडियो तीजको पूर्वसन्ध्यामा यो समाचार तयार पार्दासम्म २९ लाख ६८ हजार ७ सय ४६ पुगेको छ । रोशनकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडेल करिष्मा ढकाल र रोशन गैरेले अभिनय गरेका छन् । भिडियोलाई रोशन आफैंले निर्देशन गरेका हुन् ।

२. लौरी हरायो

तीज गायकको उपमा समेत पाएका गायक पशुपति शर्माको स्वरमा यसवर्ष पनि दर्जन बढी तीज गीतहरू सार्वजनिक भएका छन् ।

उनका गीतको भिडियोले युट्युबमा पनि राम्रै भ्युज पाएका छन् । जसमध्ये शर्माकै शब्द, संगीत तथा स्वरमा रहेको ‘लौरी हरायो’ बोलको गीतले राम्रै चर्चा पाइरहेको छ ।

पशुपतिकै शब्द तथा संगीत रहेको गीतमा पशुपति, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको स्वर सुन्न सकिन्छ । यो गीतलाई मंगलबार साँझसम्म २९ लाख ५९ हजार ३ सय ६५ पटक हेरिएको छ ।

भिडियोमा पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीले अभिनय गरेका छन् । भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।

३.यही माया हो

यसवर्ष गायक पशुपति शर्माले सार्वजनिक गरेको अर्को गीत हो,– ‘यही माया हो’ । शर्माको यो गीतले पनि युट्युबमा राम्रो भ्युज कमाएको छ । शर्माकै शब्द, संगीत तथा स्वर रहेको यो गीतलाई २४ लाखभन्दा बढीपटक हेरिएको छ । शर्मालाई गायनमा सम्झना भण्डारीले साथ दिएकी छिन् । गीतको भिडियोमा स्वयं गायक–गायिका (पशुपति र सम्झना)को नै अभिनय रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

४. आमा

जिरे खुर्सानी कमेडी तीज गीत ‘आमा’ले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । सन्तोष केसी, राधिका हमाल तथा ललिता पौडेलको स्वर रहेको यो गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म २० लाख १७ हजार बढीले हेरिसकेका छन् । 

गीतमा सन्तोष केसी र सुष्मा अधिकारीको शब्द तथा सन्तोष केसीको संगीत समावेश छ । गीतको भिडियोमा लक्ष्मी गिरी, रमा थपलिया, शिवहरि पौडेल, अञ्जु महर्जन, सुनिता गौतम, पुरुषोत्तम भण्डारी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

५. मार्‍यो दैया

विष्णु माझीको एकल स्वर ‘र्मायो दैया’ तीज गीतले युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । गीतको भिडियोलाई १७ लाख ६१ हजारभन्दा बढीपटक हेरिसकिएको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा निता ढुंगानाले अभिनय गरेकी छिन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

६. एउटा जरुरी कुरा छ

‘एउटा जरुरी कुरा छ’ बोलको तीज गीतमा खुमन अधिकारी र देवी घर्तीको स्वर छ । जुन गीतलाई युट्युबमा धेरै दर्शकले हेरिसकेका छन् । महेन्द्र भण्डारीको  शब्द तथा संगीत रहेको गीतलाई यो समाचार तयार पार्दासम्म १६ लाख २४ हजारभन्दा बढीपटक हेरिएको छ । सुमन थापा मगरको निर्देशनमा तयार भएको भिडियोमा निर्मल क्षेत्री र अञ्जली अधिकारीले अभिनय गरेका छन् । 

७. माननीयज्यू

यस वर्षको अर्को लोकप्रिय तीज गीत हो– ‘माननीयज्यू’ । जुन गीत गायक पशुपति शर्मा र राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले गाएका हुन् । गीतमा पशुपतिकै शब्द, संगीत छ । यस गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । यो गीतलाई मंगलबार साँझसम्म १५ लाख २० हजार भन्दा बढीपटक हेरिएको छ । गीतको भिडियोमा पनि गायक शर्मा र गायिका वलीकै अभिनय रहेको छ । भिडियोमा दुर्गा पौडेलको निर्देशन छ ।

८. माइतीको आँगनी 

गायिका सुनिता सेनको स्वरमा ‘माइतीको आँगनी’ शीर्षकको तीज गीतले युट्युबमा १४ लाख ९१ हजारभन्दा बढी भ्युज पाएको छ । गणेश अधिकारीको शब्द÷संगीत रहेको गीतमा अञ्जली अधिकारी र करिष्मा ढकालले अभिनय गरेका छन् । भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन् ।

९. आऊ दिदी बहिनी हो 

कोमल वली र प्रज्ञा वलीको स्वरमा ‘आऊ दिदी बहिनी हो’ तीज गीतले पनि श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ । यो गीतको भिडियोलाई १३ लाखभन्दा बढीपटक हेरिएको छ । यो गीतमा एकनारायण भण्डारीको शब्द÷संगीत रहेको छ । राजेश घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा कोमल वली, रबिन्द्र खडका, प्रज्ञा वली, शरद चौलागाईं लगायतले अभिनय गरेका छन् ।

१०. उधारो

‘उधारो’ तीज गीतलाई हरि डिसी, उषा मगर र वीरेन्द्र खड्काले गाएका छन् । यो गीतले पनि युट्युबमा राम्रो भ्युज पाउन सफल भएको छ । भिडियोलाई युटयुबमा १२ लाख ५९ हजारभन्दा बढीपटक हेरिएको छ ।

गीतमा दुर्गा केसीको शब्द तथा वीरेन्द्र खड्काको संगीत छ । हरि डिसी तथा अनिता बस्नेतको अभिनय रहेको गीतको भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका हुन ।

११. नौरंगी सपना

प्रकाश सपुत, मञ्जु विक र काजल गुरुङको स्वरको ‘नौरङ्गी सपना’ गीतले पनि युट्युबमा राम्रो स्थान पाएको छ । गायक प्रकाशकै शब्द तथा संगीत यो गीतलाई १२ लाख २१ हजारभन्दा बढी पटक हेरिएको छ ।

प्रकाश सपुतकै निर्देशन रहेको गीतको भिडियोमा हिउँवाला गौतम, दिपासा बिसी, प्रकाश सपुत, अञ्जली अधिकारी, करिश्मा ढकाल, आरुषी मगर, सिर्जना रेशमी मगर, सबु राई तथा विराज थापाले अभिनय गरेका छन् ।

१२. उल्टो सुनेर

खुमन अधिकारी र विष्णु खत्रीको स्वरको ‘उल्टो सुनेर’ गीतको भिडियोले पनि युट्युबमा लाखौं भ्युज पाएको छ । भिडियोलाई १२ लाख २१ हजारभन्दा बढीपटक हेरिएको छ । जेके अधिकारीको शब्द तथा खुमन अधिकारीको संगीत रहेको गीतको भिडियोमा खुमन र सुस्मिता सापकोटाले अभिनय गरेका छन् । भिडियो निर्देशन दुर्गा पौडेलको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x