×

NMB BANK
NIC ASIA

भन्सार राजस्वमा बेइमानी : कर्मचारी र तस्कर मिलेर गुपचुपमा लिलाम बढाबढ !

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – भन्सार राजस्वको एउटा स्रोत बरामद गरिएको मालसामानको लिलाम बढाबढ पनि हो । तर, भन्सार कार्यालयका कर्मचारी र तस्कर मिलेर गुपचुपमा कौडीको भाउमा सामान लिलाम गर्ने गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जनकपुर भन्सार कार्यालयका कर्मचारीले आर्थिक चलखेलमा परेर जफत गरिएका अवैध मालसामानको लिलामी गर्दा सामानको मूल्यांकन कम गराउन लिलामको सूचना गोप्य राख्ने गर्छन् । २–३ पटक टेण्डर नपरेको देखाएर अन्त्यमा केही सीमित तस्करलाई नै मालसामान बिक्री गर्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारकै कर्मचारीले तस्करी पैठारी सामान जफत गरेर भन्सारमा बुझाउँछन् । तर, मालसामान लिलाम गर्दा भन्सारका कर्मचारी र तीनै तस्करबीच आर्थिक लेनदेनको आधारमा लिलाम गर्ने गरिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्ष २०७४/०७५ मा जनकपुर भन्सार कार्यालयले अवैध मालसामान जफत गरेर बुझाइएको ३ सय मुद्दाको फर्छ्यौट गर्नका लागि १ सय ४९ पटक लिलाम गरिएको छ । लिलामीबाट सरकारले १ करोड १ लाख ६२ हजार ७ सय २३ रुपैयाँ राजश्व असुल गरेको भन्सार कार्यालयको अभिलेखमा छ । गत वर्ष लिलाम गरिएको मालसामान केही सीमित व्यावसायिक फर्मले मात्रै लिएको लिलामी अभिलेखबाट नै पुष्टि भएको छ ।

Vianet communication
Laxmi Bank

विभिन्न मितिमा लिलाम गरिएको सामान धनुषाको यज्ञभूमि–५ को राकेश इम्पेक्स, जनकपुरधाम–४ को सन्त निरंकारी जेनेरल स्टोर्स, सिरहा–५ मिल्स एरियाको आरती ट्रेडर्स, धनुषा तारापट्टि सिर्सियाको सन्जु किराना पसल, जनकपुर–७ को पूजा ट्रेडर्स, धनुषा क्षिरेश्वरनाथ नगरपालिका–६ को साहिन जेनेरल सप्लायर्स, सर्लाही बरहथवा–७ का सागर सप्लायर्स लगायतका केही सीमित ‘फर्म’ले नै प्रायःजसो सामान लिलाम बोलेको देखिएको छ । अरु केही व्यक्तिको निजी सामान पक्राउ पर्दा नगन्य व्यक्तिले मात्रै लिलामीमा सामान पाउने गरेका छन् ।

जनकपुरधाममा मात्रै हजारौं व्यावसायिक फर्म सञ्चालित छन् । तर, लिलाम गर्दा सामान करीब ७–८ वटा फर्मले नै पटक–पटक किन्नु कुनै संयोगको कुरा नभएर भन्सारका कर्मचारीको मिलेमतोमा हुने गरेको व्यावसायी नै बताउँछन् । भन्सारले सार्वजनिक सूचना नै जारी नगरेर लिलामको सूचना लुकाउने गरेको व्यवसायीको आरोप छ ।

जनकपुर उद्योग वाणिज्य संघ धनुषाका अध्यक्ष ललितकुमार साह भन्छन्, ‘भन्सारका कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको मिलेमतोमा नै त्यस्तो हुने गरेको हामीले अनुभूति गरिरहेका छौं ।’ पहिले–पहिले लिलामी प्रक्रियाको सूचना जनकपुर उद्योग वाणिज्य संघमा आउने गरेपनि अब अपवादमा मात्र सूचना प्रकाशन हुने गरेको र लिलामीका लागि तोकिएको मितिको १ दिनअघि साँझको समयमा आएर भन्सारका कर्मचारीले सूचना टाँस्ने काम गर्ने गरेको साहले बताए ।

लिलामीको प्रक्रिया नै गलत, अपारदर्शी र आन्तरिक मिलेमतोमा भइरहेकाले लिलामी प्रक्रियामा भ्रष्टाचार भइरहेको धनुषा च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोजकुमार मिश्रको आरोप छ । ‘एक त लिलामीबारे सरोकारवाला व्यापारीले थाहा नै पाउँदैनन्, अर्कोतर्फ नेपाल सरकारको राजस्वमा समेत कमी आउने गरेकाले लिलामीको प्रक्रिया नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘एउटा निश्चित स्थान तोकेर लिलाम गरिने मितिबारे स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिमा सूचना प्रकाशित गरेर सबै सरोकारवालाको उपस्थितिमा लिलामी गर्नुपर्ने आवश्यकता छ । महंगा–महंगा सवारीसाधनदेखि विभिन्न खाद्य सामग्री तथा लत्ताकपडाको लिलामी अपारदर्शी तरिकाले भइरहेको छ, त्यो प्रक्रिया नै परिवर्तन गर्नुपर्छ ।’

भन्सारका कर्मचारी र लिलामीका सामान किन्ने व्यक्तिसँग आन्तरिक मिलेमतो पहिले नै गर्ने गरिएको उनले बताए । ‘अन्य मान्छेले थाहा पनि पाउँदैनन् र लिलामी गर्ने गरिन्छ,’ मिश्रले भने । जफत गरिएका वस्तुको अंकित मूल्यभन्दा धेरै कम मूल्य मूल्यांकन गरेर सामान लिलाम गरिएको हुन्छ ।

जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी बुधेश्वर मण्डलले भने, ‘सामानको प्रकृति, गोदामको अभाव, सड्ने गल्ने वस्तु भएकाले मूल्यांकन समितिले निर्धारण गरे बमोजिम सामानको वास्तविक मूल्यभन्दा कम मूल्यमा लिलाम गर्ने गरिएको छ ।’ भन्सार ऐनको दफा ५० को (३) बमोजिम सड्ने गल्ने सामान पुरानो भएर मूल्य घट्ने भए टिप्पणी उठाएर सूचना प्रकाशित गरेर प्रक्रिया अपनाएर नै जफत गरिएका मालसामानको लिलामी हुने गरेको भन्सारका सूचना अधिकारी मण्डलले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जनकपुर उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि समेतको प्रतिनिधित्व रहने गरेको मूल्यांकन समितिले जफत गरिएका वस्तुको मूल्यको मूल्यांकन गरेर मूल्य निर्धारण गर्ने गरिएको मण्डलले बताए ।

पहिलो पटक मूल्यांकन समितिले निर्धारण गरेको मूल्यको १५ दिने सूचनामा लिलाम नहुँदा पुनः दोस्रो पटक बैठक बसेर ७ दिने सूचना प्रकाशित गरेर मूल्य घटाइन्छ । त्यसपछि पनि लिलाम नहुँदा तेस्रो पटकमा ३ सदस्यीय मूल्यांकन समिति मात्रै बसेर मूल्य घटाएर लिलामीको सूचना प्रकाशित गरिन्छ । अनि त्यस लिलामीमा लिलाम हुने गरेको भन्सारका कर्मचारीहरू बताउँछन् । लिलामका सूचना सार्वजनिक नै नहुने गरेका कारण मिलेमतो बाहिरका व्यक्तिले लिलाम कबुल गर्न नै पाउँदैनन् ।

‘लिलामी सम्बन्धी सम्पूर्ण प्रक्रिया कागज र फाइलमा पूरा गरिन्छ । तर, बाहिर कसैले पनि त्यसबारे जानकारी पाउँदैनन्,’ भन्सारका एक कर्मचारीले नाम नलेख्ने शर्तमा भने, ‘भन्सार कार्यालयमा समेत लिलामीको सूचना टाँस गरिँदैन भने बाहिरका व्यापारीले लिलामीबारे थाहा पाउने कुरै भएन ।’

लिलामीको सूचना भन्सार कार्यालयमा मात्र टाँसिने गरिएको सूचना अधिकारी मण्डलले स्वीकार गरे । बजेट अभावका कारण सञ्चारमाध्यममा लिलामीको सूचना प्रकाशन नगरिएको उनले बताए । तर, लिलामको सूचना अनिवार्य रुपमा पत्रपत्रिकामा प्रकाशित गर्नुपर्छ ।

चिनी, खाने तेल, साबुन, स्टीलका सामान, लत्ताकपडा, डटपेन, पेन्सिल, चकलेट, कस्मेटिक सामान, सुपारी लगायतका सामान जफत गरिएको हुन्छ । अवैध सामान तस्करी गर्दा प्रयोग हुने ट्रयाक्टर, टायर गाडी, साइकल, मोटरसाइकल लगायत जफत गरेर लिलाम गर्ने गरिएको छ ।

प्रायःजसो भारतबाट भन्सार नै नतिरेर नेपाल भित्र्याइने गरेका अवैध मालसामान भन्सारका कर्मचारी र सुरक्षाकर्मीले बरामद गरेर भन्सारमा दाखिला गर्ने गर्छन् । दाखिला भएका सामानको लिलामी गर्दा अनियमितता हुने गरेको हो ।

सुराकीको आधारमा पक्राउ गरेर जफत गर्ने सुरक्षाकर्मीदेखि भन्सारका कर्मचारी समेतले गैरकानूनी कमिशन पाउने गर्छन् । पक्राउ गरेर सामान बुझाउँदा प्रतिवेदन पेश गर्ने प्रतिवेदकले १० प्रतिशत र सुराकीले सुराक दिएबापत १० प्रतिशत कमिशन पाउने गरेका छन् । लिलाम गरेर राजस्व दाखिला भइसकेपछि मुद्दाको फाइल बन्द हुने र त्यसपछि मात्रै कमिसन दिने गरिएको भन्सारका सूचना अधिकारी मण्डलले बताए ।

भन्सार नियमावली २०६४ को नियम ३५ मा उल्लेख भए बमोजिम लिलाम गर्ने र्कायविधिमा वस्तु लिलाम गर्नुभन्दा पहिले २१ दिनको म्याद जारी गरेर राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । अधिवक्ता विमलकुमार मिश्रका अनुसार भन्सार कार्यालयले लिलामीका बारेमा जानकारी दिनका लागि २१ दिनको म्याद दिई लिलाम प्रक्रियाबारे राष्ट्रिय स्तरको दैनिक पत्रपत्रिकामा सूचना प्रकाशित गर्नैपर्ने हुन्छ ।

‘बजेट छैन वा अन्य समस्या भयो भनेर लिलाम प्रक्रियाको सूचना यदि राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिँदैन भने त्यो गैरकानूनी हुन जान्छ । सूचना प्रकाशित गर्न भन्सार कार्यालयलाई कानूनले नै  बाध्य बनाएको छ,’ उनले भने ।

१ लाख रुपैयाँभन्दा बढी न्यूनतम मूल्य भएका सवारीसाधन वा भारीयन्त्र उपकरण लिलाम बिक्री गर्न भन्सार कार्यालयले २१ दिनको म्याद दिई पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने अधिवक्ता मिश्रले बताए ।

लिलाम गर्ने सूचना प्रकाशित गर्दा सवारीसाधन वा ढुवानी साधनको विवरण, इन्जिन नम्बर, चेसिस नम्बर, उत्पादन वर्ष, न्यूनतम मूल्य, बोलपत्र पठाउने तरिका, बोलपत्र लाग्ने दस्तुर, बोलपत्र खोल्ने समय, मिति र स्थान, बोलपत्र साथ आफूले कबूल गरेको अंकको १० प्रतिशतले हुने रकम दाखिला गर्नुपर्ने बैंक खाताको विवरण, लिलाम अंकमा कुनै कर, शुल्क आदि लाग्ने भए सो कुरा समेत उल्लेख गर्नुपर्ने कुरा भन्सार नियमावलीमा व्यवस्था गरिएको छ ।

लिलाम सकार गरेको मालवस्तु उठाई लैजानुपर्ने अवधि, इच्छुक व्यक्तिले लिलाम बिक्री हुने मालवस्तु हेर्न वा अवलोकन गर्न सक्ने स्थान र समयबारे सूचनामा जानकारी दिनुपर्ने हुन्छ ।

लिलाम बिक्री गर्नुपर्ने वस्तुको मूल्यांकनका लागि भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्तिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक सदस्य रहने गरी मूल्यांकन समिति गठन गर्नुपर्ने कुरा भन्सार ऐनको दफा ७१ को उपदफा (३) मा व्यवस्था गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x