×

NMB BANK
NIC ASIA

प्रदेशको अस्थायी राजधानी बुटवलभित्र पछाडि परेको बटौलीको कहानी

भदौ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – अहिलेको बुटवल शहरको पुरानो नाम बटौली हो । बटौली भनेर अहिले बुटवल बजारलाई होइन, तिनाउ पारीको पुरानो बजारलाई चिनिन्थ्यो । जहाँ देशका ३५ भन्दा बढी जिल्लाबाट महिनौं लगाएर त्यहीँ बटौली झरेर आफूले पहाडबाट ल्याएको घिउले नुनतेल साटी फर्किन्थे ।

Muktinath Bank

त्यहीँ बटौलीसहित रहेको बुटवल उपमहानगरपालिका विकसित शहर बन्यो । प्रदेशको अस्थायी राजधानी तोकियो नमूना शहर बन्यो । तर, बुटवलभित्रै पनि पुरानो बटौली त्यहीँ २०२०÷२०२२ सालतिर नून ल्याउन आउन बेलामा भन्दा कुनै परिवर्तन आउन सकेको छैन । अर्थात्, विकासमा पुरानो बटौली अर्थात् अहिले भनिन पारी बुटवल सधै पछाडि रहेको परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल अहिले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बनेको छ । त्योभन्दा अगाडि बुटवल अहिलेको बुटवल बजार क्षेत्रलाई खस्यौली भनिन्थ्यो । उपमहानगरपालिकाको वडा नम्बर १ र २ का केही क्षेत्रहरू जहाँ नगरवासीले नगरपालिकामा हुने सेवासुविधा अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका छन् । जहाँ १ सय वर्ष अगाडि बनेका घरहरू अझै प्रयोगमा छन् । 


Advertisment
Nabil box
Kumari

बटौलीमा ५ सय वर्ष अगाडि कणेल उजिरसिंहले बस्ती बसालेको इतिहासमा उल्लेख छ । त्यति पूरानो र ऐतिहासिक बजारको संरक्षण र विकासमा स्थानीय तहले अहिलेसम्म खासै काम गरेको देखिँदैन । बाटो साँघुरो छ । जीर्ण पनि छ । फोहोर अव्यवस्थित बसोबाससँगै दुर्गन्धित पनि छ ।

Vianet communication
Laxmi Bank

बुटवल वडा नम्बर १ का वडाध्यक्ष महेन्द्र लिगलले बुटवल उपमहानगरपालिकाले पुरानो बटौली बजारलाई संरक्षण र विकास गर्न गुरूयोजना ल्याउन लागेको दाबी गर्छन् । ‘बजारलाई संरक्षण गर्न स्थानीय तह (बुटवल उपमहानगरपालिका) ले गुरूयोजना बनाएर ५० लाख रूपैयाँ विनियोजन गरेको छ,’ अध्यक्ष लिगलले भने, ‘जहाँ नयाँ घरहरू एउटै रंगका बनाइने छ । बटौली संग्रालय बनाउनेदेखि रात्रीकालीन बजार सञ्चालन गर्नेसम्मका कार्यक्रम बुटवल उपमहानगरपालिकाले अगाडि ल्याएको छ ।’

बटौली बुटवल वडा नम्बर १ र २ मा पर्छ । जहाँ एक सयौ घरहरू १ सय वर्ष अगाडि बनेका छन् । जहाँ अंग्रेज फौजलाई हराएको जितगढी किल्ला पनि पर्छ । त्यहाँ नगरपालिकाले कणेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण गरिने छ भने सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर राष्ट्रियतको गौरव देखाइने नगरपालिकाको योजना रहेको छ । जहाँ मणिमुकुन्द सेन उद्यान (फूलबारी) छ । फूलबारीको अवलोकन गर्न वार्षिक ३ लाख आन्तरिक तथा बाहय पर्यटकहरू आउने गर्छन् । 

पुरानो बटौली लामो उतारचढाव र लामो इतिहास बोकेको क्षेत्र भएपनि जनप्रतिनिधिले पनि अहिलेको बुटवल सहरलाई प्राथामिकतामा नराख्दा पछाडि परेको बताउँछन् स्थानीय तथा शिक्षक गौतमलाल शाक्य । उनले भने, ‘यहाँ भएका पुराना घरहरूलाई संरक्षण गरिनुपर्छ । जहाँ घिउ अहिलेको पुस्ताले हाम्रा बाबा आमा घिउले नुन साटने ठाउँ यस्तो रहेछ भन्ने चिन्न सकून् ।’

यहाँ सय वर्षभन्दा पुराना घर समेत यहाँ देख्न सकिन्छ । पुराना घर काठका ढोका भएका व्यापार गर्ने शैलीका छन् । तर, ती घरमा पसल र व्यवसाय छैन । कतिपय व्यक्तिगत रुपमा भाडामा गएको छ भने केही प्रयोगविहीन जस्तै अवस्थामा छन् ।

उचित संरक्षणको अभावमा ती घर थोत्रिएका छन् । धेरैजसो घरधनीहरू नै यो ठाउँमा बस्दैनन् । ‘बिक्री नहुँदा र घरधनीको हेरचाह नहुँदा पुराना घरहरू जीर्ण भएका हुन् । पुख्र्यौली थलो यहाँ भएपनि बस्नको लागि टाढा पुगेका छन् ।

२०२० सालतिर सुनौली पोखरा सिद्धार्थ राजमार्ग निर्माण कार्य शुरू भयो । त्यसपछि  पहाडी क्षेत्रमा सवारीसाधन ओहोरदोहोर गर्न थाले । सडक सुविधाका कारण तिनाउवारि खस्यौलीमा पसल थपिन थाले । ‘तिनाउपारि गाडी नजाने साँघुरो बाटो थियो । वारिबाट ट्रकमा लोड गरेर पहाडतिर सामान लैजान सहज भएपछि बटौलीका व्यापारीहरू खस्यौली (अहिलको बुटवल बजार) तर्फ सरेको बताउँछन् बटौली सम्बद्र्धन तथा संरक्षण समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौल । 

उनले भने, ‘त्यसपछि अमरपथ, राममन्दिर लाइनलगायतका ठाउँमा व्यापार फस्टाउँदै गयो । बिस्तारै अरु ठाउँमा बजार विस्तार हुँदै गएपछि अहिलेको बुटवल बन्यो ।’

पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुलले बुटवलको अहिलेको मुख्य बजार र पुरानो बजारलाई जोडेको छ । यी २ बजारलाई जोड्ने अर्को पक्की पुल पनि निर्माण हुँदैछ । पुलले बुटवल उपमहानगरपालिकाको १ र ३ नम्बर वडालाई जोड्छ । पुल बनेपछि बुटवलको पुरानो बजारमा चहलपहल बढ्छ कि भन्ने स्थानीयको आशा रहेको छ । 

‘पक्कीपुल बनिसकेपछि सटरको भाडा दोब्बर–तेब्बर हुन्छ, बुटवल लिगल भन्छन् । तिनाउको वारिपारि रहेको बुटवल–३ गोलपार्कदेखि वडा नम्बर १ को गणेशथानसम्म सवारीसाधनमा आवत–जावत गर्न अहिले झण्डै २ देखि ३ किलोमिटरको दूरी तय गर्नुपर्दछ । 

पैदल हिँड्नलाई झोलुङ्गे पुल मात्र छ । प्रदेश सरकारले पनि जितगढी किल्लालाई संरक्षण र विकास गरी पर्यटकीय गन्त्व्य बनाउने बताउँदै आएको छ । तर, त्यसतर्फ ध्यान कसैको पुग्न सकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x