×

NMB BANK
NIC ASIA

घट्दो खेती, बढ्दो रासायनिक मल

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौँडा– मकवानपुरमा केही वर्षयता खेती गर्ने जमिनको क्षेत्रफलसँगै उत्पादन घट्दो र रासायनिक मलको प्रयोग बढ्दो पाइएको छ । खेतीयोग्य जमिनमा बढ्दो प्लटिङसँगै कृषिमा लाग्ने जनशक्ति पलायन र बाँझो राख्ने प्रवृत्तिका कारण खेती गर्ने क्षेत्रफलसँगै कृषिजन्य उत्पादनमा ह्रास आएको हो ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा खेतीयोग्य जमिनको प्रयोग र उत्पादन घट्दो छ । मकवानपुरमा आर्थिक वर्ष २०७३/७४ मा ११ हजार २०५ हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ४० हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार चार सय मेट्रिक टनमा झरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै आर्थिक वर्ष २०७३/७४ मा २३ हजार ७१० हेक्टरमा मकै खेती गरिएकोमा ६८ हजार ७५९ मेट्रिक टन मकै उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/ ७५ मा मकै २३ हजार ६३० हेक्टरमा खेती गरिएकोमा ६८ हजार ९९९ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/७५ मा कोदो दुई हजार ६८५ हेक्टरमा लगाइएकोमा तीन हजार ३०३ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ६७० हेक्टरमा खेती गरिएकोमा तीन हजार २५३ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

खाद्यान्न बाली उत्पादनमा ह्रास आए पनि तरकारी बाली उत्पादनमा वृद्धि भएको पाइएको छ । कृषि कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा एक हजार ११० हेक्टरमा तरकारी खेती गरिएकोमा १८ हजार २०४ मेट्रिक टन उत्पादन भएकोमा उत्पादनमा वृद्धि भई गत आर्थिक वर्षमा तरकारी एक हजार २०५ हेक्टरमा लगाइएको १९ हजार ८२२ मेट्रिक टन उत्पादन भएको छ । खेती गर्ने जमिनको क्षेत्रफल बढ्दै गए पनि रासायनिक मलको प्रयोगमा वृद्धि भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, हेटौँडा शाखाबाट गत आर्थिक वर्षमा तीन हजार ८२५ मेट्रिक टन रासायनिक मल बिक्री भएको थियो । 

Vianet communication
Laxmi Bank

कम्पनीले जिल्लाका ७० कृषि सहकारीमार्फत मल बिक्री गरेको हो तर चालू आर्थिक वर्षमा कम्पनीले चार हजार ६५ मेट्रिक टन रासायनिक मल बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीका शाखा प्रमुख शर्मिला घिमिरेले आर्थिक वर्ष २०७३/७४ मा तीन हजार ७५९ मेट्रिक टन रासायनिक मल बिक्री भएकोमा २०७४/७५ मा बढी परिणाममा बिक्री भएको जानकारी दिनुभयो ।

कम्पनीले उक्त अवधिमा तीन हजार ६५० मेट्रिक टन रासायनिक मल बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको भदौको दोस्रो सातासम्ममा ३०५ मेट्रिक टन युरिया मल बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवघिमा डीएपी १४८ मेट्रिक टन र पोटास २.५ मेट्रिक टन बिक्री भएको छ । 

उत्पादन गर्ने जमिन घट्दै गए पनि रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । सबै किसिमको अन्नबालीमा रासायनिक मलको प्रयोग गर्ने गरिएकोले पनि रासायनिक मलको माग बढ्दो छ । कम्पनीले अघिल्लो वर्षमा छ महिनामा बेच्ने मल चालू आर्थिक वर्षको साउन महिनामा बिक्री गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कँडेलले रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।, गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x