×

NMB BANK
NIC ASIA

बल्न छाडे 'सिक्स लेन'का सडक बत्ती, दुई करोड लगानी डेढ वर्षमा स्वाहा !

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल –निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकमा डेढ वर्षअगाडि १ सय ५० सौर्य बत्ती जडान गरिएको थियो । ती सौर्य बत्तीमध्ये आधाजसो अहिले बल्न छाडिसकेका छन् ।

Muktinath Bank

८० वटा बत्ती बल्छन् । त्यसमध्ये पनि केही बत्ती छिनभरका लागि बलेर झ्याप्पै निभिहाल्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा दुई करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि देखाउनका लागि मात्र बत्ती जडान गरिएको रहेछ भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

बत्ती एक छिनका लागि बल्ने र झ्याप्पै निभिहाल्ने भएकाले 'हर्ष न विस्मत' भएको बुटवलका सुरज काफ्ले बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘बत्ती त छ, तर छ कि छैन भन्ने ?’ उनले भने, ‘सौर्य बत्ती गुणस्तरीय नभएको हुनसक्छ ।’

बल्ने केहीले पनि जुनकिरीजस्तै मधुरो उज्यालो दिन्छन् । बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ सिक्स लेन सडकमा जडान गरिएका सौर्य बत्ती योजना सफल हुन नसकेको बताउँछन् ।

उनले भने, ‘सौर्य बत्तीले यो सडकका लागि सफल हुने देखिएन । अब बन्ने क्षेत्रमा नयाँ विकल्पका बारेमा सोच्नुपर्ने देखियो ।’ 

नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले डेढ वर्ष अगाडि दुई करोड रूपैयाँ लगानीमा बत्ती जडान गरेको थियो ।

३५ मिटरको दुरीमा सडक बत्ती राखिएको छ । एउटा सोलारमा दायाँ र बायाँतर्फ दुईवटा बल्ब राखिएका छन् । जहाँ एउटा मात्र सोलारबाट चार्ज हुने एउटा मात्र ब्याट्री छ ।

श्रेष्ठ भन्छन्– 'एउटा पोलमा दुईवटा बल्ब दायाँ–बायाँ भएको जोड्दा समस्या देखियो । एउटा पोलमा एउटा मात्र बल्ब भएको भए टिकाउन हुने थियो कि ?’ 

जडान गरिएका बत्ती स्वचालित हुन् । अध्यारो हुँदै गएपछि आफैँ बल्ने उज्यालो हुँदै गएपछि निभ्ने गर्छन् । अहिले बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म पनि सौर्य बत्ती जडान गरिएको छ ।

त्यहाँ जडान गरिएका बत्ती पनि बिग्रिन थालेका छन् । महेश निर्माण सेवा प्रालिका प्रमुख मनोज खनाल एउटा पोलमा दुईवटा बत्ती राख्दा समस्या देखिएको बताउँछन् ।

‘सडकअनुसार राखेको भए हुने हो । हामीलाई दुईवटा लाइटवाला जडान गर्ने भनेर ठेक्का भयो । हामीले त्यहीअुनसार ६०/६० वाटका बत्ती जडान गरेका हौं ।’

सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दूरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले शुरूदेखि नै उज्यालो पर्याप्त थिएन ।

दुई वर्षको ग्यारेन्टी सहित जडान गरिएका बत्ती धमाधम बिग्रिएपछि कम्पनीले एक पटक सबै बत्तीका बल्बहरू फेरिसकेको बताएको छ ।

जडान गरिएका सबै बत्ती भारतीय कम्पनीका हुन् । 

बुटवल–बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता कायम राख्ने उद्देश्यका साथ राखिएका सडक बत्ती प्राविधिक रूपमा असफल भएपछि सडक विस्तार आयोजना विद्युत् प्राधिकरणसँग छलफल गरी विद्युतीय बत्ती जडान गर्ने सोचमा पुगेको छ ।  

इञ्जिनियर श्रेष्ठले थपे, ‘बुटवल मात्र होइन काठमाडौंमा जडान गरिएका बत्ती पनि बिग्रिएको सुनेका छौं । अब हामी नयाँ सोचका साथ अगाडि बढ्छौं । विद्युत प्राधिकरणसँग सहकार्य गरेर अबका क्षेत्रमा विद्युतीय बत्ती जडान गर्ने अवस्थामा पुगियो ।’

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गका रूपमा आधुनिक र फराकिलो बनाउने काम भइरहेको छ । २७ किलोमिटरमध्ये अहिलेसम्म झण्डै २० किलोमिटर सडक निर्माण पूरा भएको छ । 

बुटवल बजार क्षेत्र (चौराहा–गोलपार्क)सम्मको सडकमा जडान गरिएका सौर्य बत्ती पनि मधुरा छन् । उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन सडक बत्ती जडान गरिएका थिए । 

एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरेको हो । सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ । 

व्यावसायिक विज्ञापनका सामग्री राखेबापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको छ । बुटवलका भित्री सडकमा पनि सौर्य बत्ती जडान गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x