×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुन प्रकरण : निलम्बित डिएसपी केसी पनि साधारण तारेखमा रिहा

भदौ ३१, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

विराटनगर – साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिज केसी साधारण तारेखमा रिहा भएका छन् । 

Muktinath Bank

उच्च अदालत विराटनगरले केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलासले निलिम्बित डीएसपी केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे ३३ किलो सुन प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका केसीको घटनामा प्रत्यक्ष संलग्नता देखिएको भन्दै जिल्ला अदालत मोरङले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । 


Advertisment
Nabil box
Kumari

यसअघि उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पुर्पक्षका जिल्ला अदालत मोरङले जेल चलान गरेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो । 

Vianet communication
Laxmi Bank

सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाकै पुर्पक्षका लागि जेल चलान भएका अर्का प्रतिवादी राम तिवारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको छ । 

उच्च अदालत विराटनगरले प्रतिवादी तिवारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो । ५ लाख बराबरको नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाए तिवारी पनि रिहा हुनेछन् । 

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाइएकाहरू जिल्लाको आदेशविरुद्ध अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत गएका थिए । 

आइतवार उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २३ वटा पेशी तोकिएका थिए । जसमध्ये १ जनाको हेर्न नमिल्ने, १ जनाको हेर्न नभ्याइएको र १९ जनाको स्थगित भएको थियो ।

२ वटा पेशीमा भने उच्च अदालतले जिल्लाको आदेश उल्टाएको छ । 
 

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : थुनामा रहेका निलम्बित एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x