×

NMB BANK
NIC ASIA

अमेरिकाबाट प्रधानमन्त्री ओलीलाई खुलापत्र

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार काठमाडौं ।

Muktinath Bank

सम्माननीय प्रमज्यू,
संविधानसभाबाट संविधान निर्माणपछि सम्पन्न ऐतिहासिक निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरी दुईतिहाइ बहुमतको सरकार गठन गर्न सफल हुनुभएकोमा ढिलै भएपनि बधाई तथा सफल कार्यकालको शुभकामना ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति शक्तिशाली सरकार बनेपछि देशले अब काँचुली फेर्छ भन्नेमा आम नेपालीजस्तै म पनि आशावादी छु । 


Advertisment
Nabil box
Kumari

प्रजातान्त्रिक आन्दोलनमा लामो अनुभव रहेका र जेलनेल भोगेका तपाईंको नेतृत्वमा ढिलै भए पनि लामो राजनैतिक अस्थिरता पछि देश अब स्थिरतातर्फ लम्किएको छ ।

Vianet communication
Laxmi Bank

मेरो मातृभूमिमा विकास नहुनुको कारण राजनैतिक अस्थिरता नै हो भन्ने तपाईंलाई जस्तै मलाई पनि लागेको छ I लामो अस्थिरताबाट आहत नेपाली जनतालाई तपाईंले निर्वाचनको बेलामा दिनुभएको तीव्र विकास र समुन्नतिको आश्वासनबाट नेपाली जनताले धेरै आशा गरेका छन् ।

म मेरा व्यक्तिगत परिस्थितिका कारण हाल अन्तर्राष्ट्रिय श्रम बजारमा एउटा श्रमिकको रूपमा कार्यरत रहेपनि तपाईंको कार्यकालमा देशले काँचुली फेर्छ भन्ने आशा गरेर बसेको छु ।

विदेशमा बसेपछि आफ्नो मातृभूमिको धेरै याद आउने रहेछ । राष्ट्रियताको भावनाले ओतप्रोत भइने रहेछ ।

नेपालमा बस्ने नेपालीभन्दा सरदर बढी म नेपाली समाचार सुन्छु र पत्रिका पढ्छु । दैनिक कम्तिमा १० वटा सञ्चार माध्यमबाट देशकोबारेमा जानकारी संकलन गर्छु । यिनै स्रोतहरूबाट समाचार पढ्दा मलाई तपाईंको नेतृत्वमा देशअगाडि बढ्छ भन्ने सम्बन्धमा सन्देह पैदा भएको छ I

देश अगाडि बढाउने उत्कट चाहना हुँदाहुँदै पनि तपाईंको कार्यशैली र क्षमतामा मलाई शंका लाग्नुका आधारहरूलाई मैले यहाँ बुँदागत रूपमा राखेको छु I 

अस्थिर बोली 

स्वभावैले तपाईं आफ्नो बोलीले मास आकर्षण गर्न खोज्नुहुन्छ । तर हिजो के-के बोलेको थिएँ भन्ने तपाईंलाई नै हेक्का रहँदैन । तपाईंले निर्वाचन र सत्तारोहणपछि बोलेको बोलीको एकआपसमा तादम्यता मिल्दैन ।

केही उदाहरण हेर्ने हो भने मित्रराष्ट्र भारत र चीनका सम्बन्धमा तपाईंको धारणा, जेष्ठ नागरिकका सुविधा, युवा बेरोजगार भत्ता, मूल्य नियन्त्रणका सम्बन्धमा दिएका आश्वासन, शान्ति प्रक्रियालाइ टुंगोमा पुर्‍याउने सम्बन्धमा तपाईंको धारणा, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी तपाईंको अठोट, हावाको बिजुली, मोनोरेल, मेट्रोरेल, पानी जहाज, चुलोमा ग्यास पाइप, कुन-कुन नेतालाई मन्त्री बनाउने आश्वासन आदि I

बिहान एउटा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल सकिएको घोषणा गर्नुहुन्छ, दिउँसो आफ्नो पार्टीको बैठकमा देशमा प्रमुख प्रतिपक्षी दलले स्थिति भड्काएको भन्नुहुन्छ, साँझ पत्रकारसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलले कम गर्न नदिएको गुनासो गर्नुहुन्छ ।

मेरो प्रश्न– तपाईंको विचारमा प्रमुख प्रतिपक्षी दल सकियो कि अझै बाँकी छ ? धेरै पहिले नजाउँ, तपाईंले जनआन्दोलन र गणतन्त्रविरुद्ध दिनुभएको अभिव्यक्तिको कुनै अर्कै दिन विश्लेषण गरौंला I 

एकल नेतृत्वको प्रयास

सत्तामा आएपछि तपाईंको जीवनशैली, हाउभाउ तथा तपाईंले प्रयोग गर्ने शब्दहरूले तपाईं एउटा कम्युनिस्ट नेताभन्दा बढी पुराना राजा रजौटाहरूको शैलीमा रहेको छनक दिन्छ I

देश विकासका सम्बन्धमा नेपाली जनताको असीमित आकांक्षालाई नजरअन्दाज गर्दै अचानक तपाईंमा व्यक्तिगत अति महत्त्वाकांक्षाको जन्म भएको महसुस गर्न सकिन्छ I

'म यसो गरिदिन्छु', 'मैले हुन्छ भनि सकें', 'म यस्तो ल्याइदिन्छु ', 'मेरो सरकाले यस्तो गर्ने छ' जस्ता शब्द प्रयोग गर्नु र विदेशी समेत बोलाएको सभा सम्मेलनमा आफ्नो तस्वीरहरू राख्न लगाई राजा, महाराजाहरूले जस्तै 'महानबाणी' लेख्न लगाएर प्रचार गर्ने गराउने उत्ताउलो काममा राज्यको ढुकुटी र संयन्त्रको दुरूपयोग गर्नु भएबाट तपाईंको मन्त्रिमण्डलमा भएका बाँकी मन्त्रीहरू तपाईंको भजन गाउन आएका हुन् भन्ने भान हुन थालेको छ I

के तपाईंले सिंगो मन्त्रिपरिषदलाई सँगै लिएर हिड्नुपर्ने होइन र ? सरकारले गर्ने निर्णयहरू सामूहिक निर्णय हुनुपर्ने होइन र ? 

असन्तुलित परराष्ट्र नीति

तपाईंको नेतृत्वमा सरकार निर्माण भएपछि, नेपालको परराष्ट्र नीति अत्यन्त कमजोर र असन्तुलित भएको छ I नेपालमा अहिले कि भारतको चर्चा हुन्छ कि चीनको । नेपाली जनताले दुईतिहाइ जनमत दिएर पठाएको सरकार भारत र चीनको बीचमा एउटा निरीह बालकको रूपमा गन्तब्यहीन भएर ठिङ्ग उभिएको छ I

तपाईं पहिलोचोटी प्रम हुँदा तपाईंको र भारतका प्रम नरेन्द्र मोदीका बीच उत्पन्न मतभेद साम्य पार्न तपाईंलाई हम्मेहम्मे भएको थियो I कुनै निर्णयले 'भारत रिसायो कि?' भन्ने त्रासले तपाईं र तपाईंको मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णयलाई प्रभाव पर्ने गरेको छ I

उदाहरणका लागि सिगात्सेदेखि लुम्बिनीसम्म आउने रेल काठमाडौंमा कसरी रोकियो ? विकास निर्माणका ठूलाठूला ठेक्कापट्टामा भारतीयहरूको उपस्थितिले पनि तपाईंको भारतपरस्त नीतिलाई छर्लंग पार्दैन र ? नेपालका केही बहालवाला मन्त्रीहरूलाई विदेश भ्रमणका लागि भिसा लिन किन दूतावासमा बोलाएर अन्तर्वार्ता लिइन्छ ?

नेपालका बहालवाला सांसदहरू र भूतपूर्व मन्त्रीहरूलाई किन विदेशी एयरपोर्टहरूबाट फिर्ता गरिन्छ ? संसारमा १९५ वटा देश छन् (ताइवानलाई छाडेर ) त्यस मध्ये १४३ वटा देशसंग नेपालको दौत्य सम्बन्ध स्थापित छ I तर देशभित्र चर्चा सिर्फ २ देशको छ– कि चीन, कि भारत I

वर्तमान सरकार बनेपछि पुराना सम्झौता भइसकेका बाहेक विकसित दाता राष्ट्रहरूको आर्थिक सहयोग ठप्प छ I यसले नेपाल कुटनैतिक रूपमा कस्तो अवस्थामा छ भन्ने तथ्यलाई प्रष्ट पार्दैन र ?  

गिर्दो आर्थिक अवस्था

संसारबाटै लोप हुन लागेको कम्युनिस्ट सिद्धान्त बोकेका तपाईंको नेतृत्वको सरकारलाई सैद्धान्तिक मतभेदका कारण विदेशी साहयता आउन ठप्पप्राय: भएको महसुस हुन थालेको छ I

त्यसबाहेक आर्थिक लक्ष्यहीनता, आर्थिक अनुशासनको अभाव, अस्वाभाविक करको भार,  देशमा बढ्दो भ्रष्टाचार, असुरक्षा जस्ता अवस्थाको कारण साधारण जनता आहत हुनुका साथै देशमा बचेखुचेका उद्द्योग धन्दा तथा व्यापार व्यवसायीहरू पनि धरासायी हुने अवस्था सिर्जना भएको छ I जसले देशको समग्र आर्थिक अवस्था ह्रासोन्मुख छ र इतिहासमा नै सबैभन्दा बढी नेपाली मुद्राको अबमूल्यन भएको छ I 

प्रतिपक्षप्रति असहिष्णु चरित्र

तपाईंलाई तपाईंको व्यक्तिगत, तपाईंको नेतृत्वको पार्टी र सरकारका बारेमा कसैले टिप्पणी गरेको पाच्य हुँदैन I एउटा प्रजातान्त्रिक इतिहास बोकेको नेतामा यस्तो अबगुण हुनुहुँदैन ।

विपक्षी दलले उठाएका प्रश्नको उत्तर संयम भएर शिष्ट र सभ्य भाषामा दिनुपर्दछ I जतिसुकै बहुमत भएपनि सत्तापक्ष र विपक्षको आपसी सौहार्दताले देशलाई सकारात्मक गन्तब्यतर्फ डोहोर्‍याउँछ I तर तपाईं संसदमा प्रतिपक्षी सांसदहरूले उठाएको प्रश्नलाई खिल्ली गर्ने, ओठे जवाफ लगाउने, प्रश्नमाथि उखानटुक्का हाल्ने गर्नुहुन्छ, किन ? तपाईंलाई संसद मन पर्दैन ?

प्रश्न सोधेको आरोपमा पत्रकारको जागिर उडाइदिनुहुन्छ । कार्यक्रम बन्द गरिदिनुहुन्छ I प्रतिपक्षको विरोधसभा गर्ने ठाउँ निषेध गरिदिनुहुन्छ I देशमा बलात्कारी लुकाउनेलाई संरक्षण र विरोध गर्ने लाई दबाउने काममा तपाईंको संयन्त्रको नाङ्गो संलग्नता छ । आफैंले सिफारिस गरेको प्रधानन्यायाधीशको उम्मेदवारलाई आफैं अस्वीकृत गर्न प्रोत्साहन गर्नुहुन्छ I

न्यायालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउने काममा उद्धत हुनहुन्छ I तपाईंको कार्यशैलीलाई हामी कसरी मूल्याङ्कन गरौँ ?

राजनैतिक पश्चगमन

लामो राजनैतिक अस्थिरताले आजित भएर यसअघि पनि नेपाली जनताले नयाँनयाँ राजनैतिक व्यवस्थाको प्रयोग गर्दै आएको कुरा तपाईंलाई बिदितै छ I

यसैक्रममा विगतको राजनैतिक अस्तव्यस्तताको कारण वाक्क भएका जनताले नयाँ प्रयोग गर्न खोजेको अवस्थालाई अध्ययन गरेर तपाईंले गत चुनावमा जुन चलाखीपूर्ण रणनीति अपनाउनुभयो त्यो बाँकी अरु राजनैतिक दलहरूले सिक्नलायक छ I तर कुनै समस्याको प्रश्न उठ्ने बित्तिकै विगतलाई देखाएर भाग्नु कम से कम तपाईंका लागि नैतिक हुँदैन किनभने विगतको अव्यवस्थाको प्रमुख भागीदारमध्ये तपाईं र तपाईंको पार्टी पनि एक हो I

अर्को कुरो नेपालको समृद्धिका लागि तपाईंले साँच्चै नै कम्युनिस्ट व्यवस्थालाई रोज्नु भएको हो भने त्यो तपाईंको असफल प्रयास हुनेछ I संसारमा असफल भइसकेको राजनैतिक सिद्धान्त नेपालमा सफल हुनेछ भन्ने कुनै आधार देखिँदैन I  मेरो चिन्ता तपाईंको सिद्धान्त माथि होइन मेरो चिन्ता तपाईं माथि हो I किन कि दुईतिहाइ बहुमतप्राप्त जनप्रतिनिधिका रूपमा तपाईंलाई असफल हुने सुविधा छैन I

अहिलेको हाम्रो प्रम असफल हुनु भनेको देशलाई अर्को ठूलो भड्खालोमा हाल्नु हो I

सम्माननीय प्रधानमन्त्रीज्यू, माथि देखिएका दृष्टान्तहरू केही प्रतिनिधि उदाहरण मात्र हुन् । लेख्दै जाने हो भने धेरै समय खर्च गर्न सकिन्छ I यो पत्र लेखेर तपाईंको विरोध गर्न खोजेको होइन, तपाईंलाई सत्यतथ्य थाहा नहुनसक्छ ।

तपाईं पक्कै पनि नेपालका अरु प्रमजस्तै केही स्वार्थीहरूको झुण्डले घेरिनुभएको छ होला I तर मैले सुनेको छु, तपाईं नियमितरूपमा पत्रपत्रिका पढ्नुहुन्छ I एउटा सहायक लगाएर मेरो यो पत्र पढिदिनुभयो मात्र भने म धन्य हुनेछु । मेरा सुझावलाई सकारात्मक रूपमा लिँदै सहृदय ग्रहण गरिदिनुहुनेछ भन्ने आशा गरेको छु I

'प्रधानमन्त्री' पद भनेको अस्थायी हो । स्थायी पद भनेको त 'भूतपूर्व प्रधानमन्त्री' नै हुन्छ भन्ने कटू यथार्थलाइ भुल्नुहुँदैन ।

'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने तपाईंको नाराले सार्थकता पाओस् I


सुमन वस्ती
भरतपुर, चितवन 
हाल, अमेरिका

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x