×

NMB BANK
NIC ASIA

नेपालपछि भुटान पनि टाढिन लाग्यो भन्दै भारतमा कोकोहोलो

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतका छिमेकी देशहरूबाट चुनौती प्राप्त भइरहेको सन्दर्भमा भुटानबाट पनि चिन्ता हुनसक्ने भारतीय पत्रिका नवभारत टाइम्सले छापेको छ । 

भुटानमा भारतसमर्थित पिपुल्स डेमोक्रेटिक पार्टी चुनावमा पछि परेको छ र यो भारतका लागि शुभ संकेत होइन । उक्त पार्टीका प्रमुख तथा बहालवाला प्रधानमन्त्री छिरिङ तोग्बे भारतप्रति उदार र सहयोगी परराष्ट्रनीतिका लागि परिचित छन् । 

तर भुटानमा भएको चुनावको पहिलो चरणमा उनको दल पछि पेर तेस्रो स्थानमा आइपुगेको छ । ड्रुक न्यामरूप शोग्बा (डीएनटी) पार्टी पहिलो स्थानमा छ । प्रमुख विपक्षी दल ड्रुक फुएनशुम शोग्बा (डीपीटी) दोस्रो स्थानमा छ 

यी दुई दलबीच अन्तिम परिणामका लागि अक्टोबर १८ मा प्रतिस्पर्धा हुने भएको छ । 

डीपीटीको पार्टी लाइन चीनप्रति झुकाव राख्छ । पार्टीको घोषणापत्रमा पनि देशको ८० प्रतिशतभन्दा बढी उत्पादन भारतमा निर्यात भएका कारण अर्थव्यवस्थामा नोक्सानी भइरहेको लेखिएको छ । 

नयाँ दिल्लीले यो चुनाव परिणामका विषयमा औपचारिक टिप्पणी गरिसकेको छैन । 

सन् २०१३ मा भएको आमनिर्वाचनमा भारत एक प्रमुख तत्त्व थियो तर यसपालि भारतको खासै भूमिका देखिएन । पोहोर साल दोक्लम विवाद आएको भएपनि भारतले चुनावमा खासै प्रभाव पारेको छैन । 

डीपीटीसँग भारतको खासै राम्रो सम्बन्ध छैन । ऊ सत्तामा छँदा भारतले भुटानमा खाना पकाउने ग्यासको अभाव गराइदिएको थियो र डीपीटीलाई हराउन भूमिका खेलेको थियो । तर त्यसले गर्दा भुटानमा भारतप्रतिको छवि धूमिल भएको थियो । 

बहालवाला प्रधानमन्त्री छिरिङ तोब्गे र उनको पीडीपी दलले हार स्वीकार गरिसकेको छ । 

डीएनटीले १६ क्षेत्रमा विजय प्राप्त गरेको छ भने डीपीटीले २२ ठाउँ जितेको छ । डीपीटीले पूर्वी भुटानमा आश्चर्यजनक जीत ल्यायो । पीडीपीले उक्त क्षेत्रमा हार बेहोरेर चुनाव गुमाएको हुनसक्छ । 

डीएनटी र डीपीटी दुवै दक्षिणपन्थी दल हुन् तर डीएनटीको बारेमा धेरै थाहा छैन । त्यो दल लोते छिरिङ र उनका दुई साथी मिलेर ६ महिनाअघि गठन गरेका हुन् । घोषणापत्र हेर्दा त्यो दल हल्का वामपन्थी देखिन्छ र त्यसमा स्वास्थ्य,
सामाजिक विषय तथा अर्थतन्त्र समेटिएका छन् ।

द टाइम्स अफ इन्डियाबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x