×

NMB BANK
NIC ASIA

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -  नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यू–१६) महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । यही असोज ३ गतेदेखि शुरु हुने समूह चरणका खेलहरूको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

Muktinath Bank

विभिन्न छ समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को खेल नेपालमा हुन लागेको हो । उक्त प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगिसकेका छन् । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘इ’ मा छ । नेपालको समूहमा फिलिपिन्स, म्यानमार र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेल यही असोज ३ गते फिलिपिन्ससंँग खेल्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी नेपालले दोस्रो खेल ५ गते म्यान्मारसँग तथा छनोटको अन्तिम खेल ७ गते मलेसियासंँग खेल्नेछ । समूहको विजेता टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । यस्तै छनोटमा सहभागी छ समूहको उपबिजेतामध्ये उत्कृष्ट दुई टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा शीर्ष स्थान हासिल गर्ने चार टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको लागि छनोट हुनेछन् । 
    
उक्त प्रतियोगिताको लागि आयोजक थाइल्याण्डसहित, दक्षिण कोरिया, जापान र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् । नेपाली टोलीको गोलकिपरमा साबित्री किसान, पूजा थापा, करिना धिमाल छन् । त्यस्तै, डिफेन्समा सजना ठोकर, खुस्मा राई, पुष्पा गुरुङ, सविना चौधरी, भावना थापा, सुरक्षा सिंह, र मनमाया परियार छन् । मिडफिल्डमा प्रिति राई, मुना मगर, सुरक्षा सुखरीया, रजनी रानामगर, सबिता रानामगर, सुष्मा तामाङ, मनिका घर्तीमगर, अस्मिता चौधरी र मनिषा विष्ट छन् ।


Advertisment
Nabil box
Kumari

फरवार्डमा श्रीषा कार्की, मन्दिरा राई, चन्द्रिका भण्डारी र निकिता ठोकर छन् भने टोलीको मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा बिनोद महर्जन छन् । उक्त छनोट चरणको सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुनेछ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x