×

NMB BANK
NIC ASIA

पर्यटकको चाप थेग्न नसकेपछि अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार

असोज २, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

पोखरा- अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो ।

Muktinath Bank

अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी अन्नपूर्ण गाउँपालिकाले त्यसको तयारी थालेको हो । लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक त्यहाँका भेडीगोठ र चित्रा÷भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए । 

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को विशेष पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरसम्म २६ होटल सञ्चालन गरिएको थियो । मापदण्डअनुसार प्रत्येक होटलमा ६ कोठाका दरले हालसम्म १५६ कोठामा पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ । 

वर्षेनी बढिरहेको पर्यटकको चापका कारण होटलको सङ्ख्या थप गर्ने विषय केही वर्षअघिदेखि उठे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन । होटलबाट यसअघि एक्यापले नै राजश्व उठाउँदै आएकामा चालू आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले राजश्व उठाउँदै यहाँको व्यवस्थापन एवं दीर्घकालीन संरक्षणका लागि पहल थालेको छ । नयाँ संविधानअनुसार स्थानीय साधन स्रोतको संरक्षण एवं उपभोगको अधिकार स्थानीय तहलाई हुने प्रावधानअनुसार अन्नपूर्ण गाउँपालिकाले प्राकृतिक स्रोत साधन उपयोग कार्यविधि–२०७४ तयार गरिसकेको छ । 

संविधान कार्यान्वयनको विषयले देशव्यापी चासो र चर्चा पाइरहेका अवस्थामा गाउँपालिकाले स्थानीय साधन स्रोतको उपयोगका लागि कार्यविधि जारी गरी त्यस अनुरुप काम थाल्नु अन्य स्थानीय तहका लागि पनि अनुकरणीय विषय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ का कानूनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराईले बताउनुभयो । कार्यविधिका आधारमा यहाँको पर्यावरणीय संरक्षण समेतलाई ख्याल गर्दै होटेलको क्षमता एवं सङ्ख्या विस्तारका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

नजरमान गुरुङको संयोजकत्वमा गठित कार्यदलले अध्ययन थालिसकेको जानकारी दिँदै उहाँले कार्यदलको प्रतिवेदनअनुसार होटेलको क्षमता एवं सङ्ख्या वृद्धि गरिने बताउनुभयो । कार्यदलका सदस्य ललित गुरुङका अनुसार गत वर्षमात्रै अन्नपूर्ण आधार शिविरसम्म ३२ हजार विदेशी पर्यटक पुगेका थिए । “अन्नपूर्ण क्षेत्रमा होटल सञ्चालन शुरु गर्दा तत्कालीन समयमा पाँच हजारको सङ्ख्यामा विदेशी पदयात्री आएको तथ्याङ्क छ”, गुरुङले भन्नुभयो, “हाल त्यसको ६ गुणाभन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा आएका छन्, पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” 

पथप्रदर्शक एवं सहयोगी र आन्तरिक पर्यटक समेतलाई हेर्दा अघिल्लो वर्ष झण्डै ८० हजार पर्यटकले अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । अन्नपूर्ण क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पुर्याउने उद्देश्यले अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७४ सम्पन्न गरिसकिएको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका गुरुङ बताउनुहुन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । 

आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण गरिएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएको हो । घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न बाह्य पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने आन्तरिक पर्यटक तीन दिनमै पुग्छन् । 

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीयवासीले पकाएको दालभात, ढिँडोजस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि तयार गर्न थालेका छन् । विसं २०४३ मा एक्याप स्थापना भएयता स्थानीयवासीलाई विभिन्न समयमा तालीम दिइएको छ भने होटलले विदेशी परिकार बनाउन सक्ने तालीम प्राप्त कर्मचारी राख्न थालेका छन् । 

होटलको क्षमता एवं सङ्ख्या विस्तारका साथै प्रकृतिको अनुपम बरदानयुक्त पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेको बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य भएको स्थानीयवासी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x