×

NMB BANK
NIC ASIA

राष्ट्रियसभामा अनियमित खर्च : विज्ञहरू भन्छन्– भ्रष्टाचार भएको हुनसक्छ [भाग– २]

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आदेशमा अध्यक्ष, उपाध्यक्ष र सविचको विलाशी कार्यकक्ष निर्माणका लागि विना टेन्डर १ करोड ६ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै ५८ लाख रुपैयाँ खर्च हुँदैछ ।

Muktinath Bank

सार्वजनिक खरिद ऐनअनुसार ५ लाखभन्दा माथिको रकम खर्च गर्नेगरी हुने खरिद प्रक्रिया र निर्माणसँग सम्बन्धित कामका लागि टेन्डर (बोलपत्र) आह्वान गर्नुपर्ने हुन्छ । तर राष्ट्रियसभा अध्यक्षकै कार्यकक्ष व्यवस्थापन लगायत शीर्षकमा भनेर करोड बढीको रकम हचुवाका भरमा खर्च भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसशानविद्हरूले राष्ट्रियसभाका अध्यक्षको आदेशमा भएको खर्चलाई ‘आर्थिक अनियमितता’ भनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय कानून मिचेर गरिने कुनै पनि खर्च अनियमितता भएको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘राष्ट्रियसभाका अध्यक्षको कार्यकक्ष व्यवस्थापनका लागि भनेर त्यत्रो रकम खर्च हुनु आफैंमा विश्वास नलाग्ने कुरा हो । त्यसमा पनि कानूनी प्रक्रिया नै पूरा नगरी खर्च गर्न पाइँदैन,’ उपाध्यायले लोकान्तरसँग भने, ‘यो सरासर आर्थिक अनियमितता हो । यसमा भ्रष्टाचार पनि जोडिएको हुन सक्छ ।’

Vianet communication
Laxmi Bank

उपाध्यायका अनुसार कमिसनको लोभमा कानून मिचेर यस्ता कार्य हुने गर्छन् । ‘यो प्रकरणमा पनि कमिसनको खेल भएको अन्दाज गर्न सकिन्छ,’ उपाध्याय भन्छन्, ‘यो प्रकरणमा अख्तियारलगायत सरोकार राख्ने अन्य निकायले पनि गम्भीर रूपमा छानबिन गर्नुपर्छ ।’

संसदजस्तो निकायमा कानून मिचेर खर्च गरिँदा अन्य क्षेत्रमा पनि नकरात्मक सन्देश जानसक्ने उपाध्यायले चिन्ता व्यक्त गरे । ‘नीति निर्माण गर्ने जनताका प्रतिनिधिले आर्थिक अनियमितता देशको समग्र क्षेत्रमा त्यसको नराम्रो असर पर्न जान्छ,’ उपाध्याय भन्छन्, ‘यो प्रकरणको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनुपर्छ ।’

पूर्वमूख्यसचिव विमल कोइराला भने राष्ट्रियसभामा भएको खर्चलाई अध्यक्षको बलमिच्याइँका रुपमा बुझ्छन् । ‘सत्ता र शक्तिमा पुग्नेबित्तिकै आफूले चाहेको जस्तो गर्नुपर्छ भन्ने प्रवृत्ति यो प्रकरणमा पनि देखिएको छ,’ कोइराला भन्छन्, ‘यसमा शक्तिमा हुने व्यक्तिबाट बलमिच्याइँ भएको छ ।’

राष्ट्रियसभामा कानून मिचेर करोड बढीको रकम खर्च हुँदा यसले कर्मचारी वृत्तमा नै नराम्रो असर पर्ने कोइरालाको भनाइ छ । ‘जुन निकायले ऐन बनाउँछ त्यहीँ अनियमितता हुन्छ भने अन्य क्षेत्रमा यसले कस्तो असर पु¥याउन सक्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ,’ कोइरालाले लोकान्तरसँग भने, ‘राष्ट्रिय सभाका अध्यक्षकै निर्देशनमा कानून मिचेर खर्च हुँदा कर्मचारी बृत्तमा पनि नराम्रो प्रवृत्तिको विकास हुन्छ ।’

बोल्न पनि डराउँछन् कर्मचारी 

अध्यक्ष तिमिल्सिनाकै आदेशमा कानून मिचेर १ करोड बढीको खर्च हुँदा संघीय संसद सचिवालयका कर्मचारीहरू भने कुनै प्रतिक्रिया दिन मान्दैनन् । अनौपचारिक रूपमा केही सूचना उपलब्ध गराउने कर्मचारीहरू औपचारिक रुपमा भने बोल्न तयार हुँदैनन् । 

‘खर्चका सम्बन्धमा अध्यक्षज्यूले नै म जिम्मेवारी लिन्छु भन्नुभएको छ,’ संघीय संसद सचिवालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा लोकान्तरसँग भने, ‘हामीले यसमा विरोध गर्ने अवस्था पनि छैन । न त बाहिर केही बोल्न सक्ने अवस्था छ ।’

केमा कति खर्च ? 

– अध्यक्ष र सचिवालयका ७ वटा कोटा, उपाध्यक्ष र सचिवालयका ५ वटा कोठा तथा सचिवका ३ वटा कोठमा फल्स सिलिङ बनाउन १० लाख ६७ हजार 

– शौचालय निर्माण गर्न ५ लाख 

– भवन नम्बर २ मा प्रहरी पोस्ट र फलामको छेकबार लगाउन ८ लाख 

– बिजुलीको वाइरिङलगायतमा १३ लाख 

– रंगरोगनका लागि ५ लाख 

– कार्पेट र पर्दा लगाउन १० लाख ३६ हजार 

– फर्निचर राख्नका लागि ९ लाख ९ हजार

– एसी राख्न २४ लाख ५० हजार 

पढ्नुहोस्, यो पनि :

राष्ट्रियसभामा कमिसनको खेल, कानून मिचेर एक करोडभन्दा बढी खर्च [भाग –१]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x