×

NMB BANK
NIC ASIA

अमेरिकाले चीनमाथि लगायो अहिलेसम्मकै सबभन्दा बढी आयातशुल्क

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाले चीनसँगको व्यापारयुद्ध चुलिँदै जाँदा २०० अर्ब डलर बराबरको चिनियाँ सामानमा नयाँ आयातशुल्क लगाएको छ । 

यो शुल्क लगभग ६ हजार सामानमा लाग्नेछ र यो अहिलेसम्मकै सबभन्दा ठूलो शुल्क हो । 

हाते झोला, चामल र कपडा पनि शुल्क लाग्ने वस्तुमा पर्छन् तर स्मार्ट वाच र अग्ला कुर्सीहरूमा चाहिँ शुल्क लगाइएको छैन । 

चीनले यसअघि नै थप अमेरिकी करविरुद्ध प्रतिकार गर्ने बताइसकेको छ । 

यो कर असोज ८ गतेदेखि लगाइनेछ । शुरूमा १० प्रतिशत शुल्क लगाउँदै दुई देशबीच सम्झौता नभएमा त्यसलाई बढाएर अर्को वर्षको शुरूआतमा २० प्रतिशत पु¥याइनेछ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो चरणको आयातकर चीनको असंगत व्यापारको प्रतिक्रियास्वरूप लगाइएको बताएका छन् । चीनले सब्सिडी लगाउने र विदेशी कम्पनीलाई स्थानीय साझेदारसँग मिलेर काम गर्नुपर्ने बाध्यता
गराएकाले यसो गरिएको उनको भनाइ छ ।

‘हामीहरू परिवर्तन गरिनुपर्ने कुरामा प्रस्ट छौं र हामीले चीनलाई हामीप्रति स्वच्छ व्यवहार गर्नका लागि सबै अवसर दिएका छौं । तर अहिलेसम्म चीनले आफ्नो काम गर्ने तरिका परिवर्तन गरेको छैन,’ उनले भने ।

चीनले प्रतिशोधस्वरूप कर लगाएमा अमेरिकाले तत्कालै तेस्रो चरणको काम थाल्ने उनले चेतावनी दिए । त्यो भनेको २६७ अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर लगाउनु हो । 

ट्रम्पले तेस्रो चरणको कर लगाउने स्थिति आएमा लगभग सबै चिनियाँ आयातमा कर लाग्नेछ ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x