×

NMB BANK
NIC ASIA

'मिनी संसद' हाँक्ने चालकको खोजी, को–को बन्दैछन् संसदीय समिति सभापति ?

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापति चयनका लागि शुक्रवार निर्वाचन हुनेभएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसद सचिवालयले समितिको सभापतिका लागि बिहीवार उम्मेदवारी दर्ता गराउने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार ११ बजे एकैपटक सबै समितिको सभापति चयनका लागि निर्वाचन हुनेछ ।


Advertisment
Nabil box
Kumari

संसदीय समिति सभापति बन्न सत्तारुढ नेकपाभित्र सांसदहरूको दौडधूप छ ।

Vianet communication
Laxmi Bank

मन्त्री बन्ने चर्चा भएर पनि अवसर नपाएकाहरूलाई समितिको सभापति बनाउने नेकपाको तयारी छ ।

समितिको सभापति बनाउनका लागि सोमवारको संसद बैठकमा सदस्यहरूको हेरफेर गरिएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई एक र सत्ता साझेदार संघीय समाजवादी फोरमलाई एक सभापति दिएर बाँकी समिति आफैंले राख्ने नेकपाको तयारी छ । 

प्रतिनिधिसभाको अर्थ समितिमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा घनश्याम भुसालको नाम चर्चामा छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेलको सम्भावना रहेको नेकपा स्रोतले बतायो । यसअघि हिजो मात्र उनलाई महिला बालबालिका समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सारिएको थियो । पूर्वमन्त्री अग्नि सापकोटा पनि सभापति बन्ने चर्चा नेकपाभित्र छ ।

कानून, न्याय तथा मानव अधिकार समितिमा चितवनबाट लगातार दुईपटक निर्वाचित सांसद कृष्णभक्त पोखरेल सभापति बन्ने लगभग निश्चित भएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्वमन्त्री महेश बस्नेतदेखि पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीसम्मको नाम चर्चामा छ ।

बस्नेतलाई हिजो मात्र अर्थ समितिबाट प्राकृतिक स्रोत साधन समितिमा सारिएको थियो । 

महिला तथा सामाजिक समितिमा निरु पाल सभापति बन्ने सम्भावना रहेको नेकपा स्रोतले बतायो । पाल नबनेको अवस्थामा अमृता थापा पनि सभापति बन्ने सम्भावना छ ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेकी पाललाई हिजो मात्र महिला समितिमा सारिएको थियो । 

राज्य व्यवस्था तथा सुशासन समितिमा कृष्णगोपाल श्रेष्ठदेखि शशी श्रेष्ठसम्मको नाम चर्चामा छ । जनमोर्चा, माओवादी हुँदै नेकपाको नेत्री बनेकी शशी श्रेष्ठलाई राज्य व्यवस्था समितिको सभापति बनाउन पूर्वमाओवादी नेताहरूले लबिङ गरिरहेका छन् । 

विकास तथा प्रविधि समितिमा गणेश पहाडी र यज्ञराज सुनुवारको नाम चर्चामा छ । दुवै नेता पछिल्ला दुई निर्वाचनमा लगातार प्रत्यक्ष निर्वाचित भएपनि मन्त्री र सभापति बन्न पाएका छैनन् ।

शिक्षा तथा स्वास्थ्य समितिमा पूर्वमन्त्री खगराज अधिकारीको नाम चर्चामा छ । 

नेकपाभित्र कैलालीबाट आरजु देउवा राणालाई पराजित गरेका नारदमुनि राना थारु, जयपुरी घर्ती लगायतको नाम संसदीय पनि चर्चामा छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा फोरमका विमल श्रीवास्तव सभापति बन्ने लगभग निश्चित भएको छ ।

राष्ट्रिय सभामा एउटा समितिको सभापति पाएको कांग्रेसले प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिको सभापति पाउँदैछ ।

संसदको सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा रहेको छ । 

कांग्रेसले भरत शाहलाई लेखा समितिको सभापति बनाउने तयारी गरेको छ । शाह पछिल्ला दुई निर्वाचनमा लगातार विजयी भएका थिए । 

यसअघि भदौ ५ गते हुने भनिएको समिति सभापतिको निर्वाचन भदौ १७ गतेसम्मका लागि स्थगित भएको थियो ।

प्रतिनिधि सभाको साउन १७ गते बसेको बैठकले संसदीय समितिको गठन गरेको थियो । 

सभापति नहुँदा जेष्ठ सदस्यले बैठकको अध्यक्षता ग्रहण गरेका थिए । संसदीय समितिको सभापतिको सुविधा राज्यमन्त्रीसरह व्यवस्था गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x