कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं– नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल सञ्चालन गर्ने रमा देवी (नाम परिवर्तन)की २१ वर्षीया छोरी सुनिता (नाम परिवर्तन) सोमवार अपराह्न ४ बजे एकाएक पसलबाट हराइन् ।
छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी रमा त्यतिबेला झसंग भइन्, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् । पसलमा खाजा खान आइरहने अर्जुन रमासँग दिदी भन्ने गर्दथे । सुनितालाई भान्जी भनेर बोलाउने अर्जुनको केही व्यवहार भने रमालाई मन पर्दैनथ्यो ।
व्यवहारका हिसावले नराम्रो मान्छे अर्जुनसँग छोरी गएको सुनेपछि रमा बेचैन भइन् । केही स्थानीय र रमाले सुनिताको खोजी पनि गरे । तर सुनिता नभेटिएपछि प्रहरीलाई खबर गरे ।
प्रहरीले अर्जुनको फोन ट्रेस गरेर उनीहरु भएको ठाउँ पत्ता लगायो । अर्जुनको फोन ट्रेस गर्दा उनीहरु काठमाडौंको भीमढुङ्गा भएको पत्ता लाग्यो ।
खोजी थालेको करिब २ घन्टापछि सोमबार राति करिब ११ बजेतिर प्रहरीले अर्जुनसहित सुनितालाई भीमढुङ्गाको एक सामान्य होटेलमा फेला पार्यो । होटेलको कोठामा रोइरहेको अवस्थामा फेला परेकी सुनिताले प्रहरीलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।
आफूमाथि होटेल सञ्चालक सूर्य लामा र उनका साथी रामकृष्ण नगरकोटीले बलात्कार गरेको सुनिताले बयान दिइन् ।
कान पनि कम सुन्ने र राम्ररी बोल्न समेत नसक्ने सुनिता आफूलाई भान्जी भनेर बोलाउने अर्जुनको भरमा भीमढुङ्गा पुगेकी थिइन् । तर त्यहाँ पुग्दा मामा (अर्जुन)कै चिनजानका व्यक्तिले उनीमाथि बलात्कार गरे ।
प्रहरीले बलात्कारमा संलग्न सूर्य लामा र रामकृष्ण नगरकोटी तथा सुनितालाई घरबाट लैजाने अर्जुन लामालाई पनि पक्राउ गरेको छ ।
सुनिताको मेडिकल परीक्षणबाट उनीमाथि बलात्कार भएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए ।
प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको एसपी जोशीले बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...