माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चन्द्रमाको भ्रमणका लागि एक अर्बपतिले अमेरिकाको स्पेसएक्स कम्पनीसँग सम्झौता गरेका छन् । ती अर्बपतिसँग आठ कलाकार पनि जानेछन् ।
स्पेसएक्सले बिग फाल्कन रकेटबाट उनीहरूलाई चन्द्रमामा पठाउनेछ ।
जापानी अर्बपति तथा अन्लाइन फेशन उद्योगपति युसाकु माइजावा सन् २०२३ सम्ममा स्पेसएक्स रकेटमार्फत चन्द्रमाको भ्रमण गर्ने पहिलो सामान्य व्यक्ति हुनेछन् । सन् १९७२ को अन्तिमतिर अमेरिकी अपोलो मिसनपछि चन्द्रमा यात्रा गर्ने माइजावा नै पहिलो यात्री हुनेछन् ।
उनले चन्द्रयात्राका लागि कति रकम चुकाए भन्ने विषयको खुलासा गरेका छैनन् । माइजावाले क्यालिफोर्नियाको हथोर्नस्थित स्पेसएक्स मुख्यालय एवं रकेट कारखानामा सोमवार भने, ‘मलाई बाल्यकालदेखि नै चन्द्रमासँग प्रेम थियो र
त्यहाँ पुग्ने मेरो जीवनभरिको सपना हो ।’
फोर्ब्स पत्रिकाका अनुसार, माइजावा जापानका १८औं धनी व्यक्ति हुन् । उनीसँग तीन अर्ब डलर बराबरको सम्पत्ति छ ।
कलाप्रतिको आफ्नो प्रेमका कारण उनले यस यात्रामा कलाकारलाई सँगै लैजाने फैसला गरेका हुन् । उनले भने, ‘यस चन्द्रै अभियानमा म संसारभरिका आठ कलाकारलाई आमन्त्रित गर्न चाहन्छु ।’
ती कलाकारहरूले पृथ्वी फर्केपछि केही कलाकृतिहरू बनाउनुपर्नेछ । ती कलाकृतिले मानिसलाई प्रेरित गर्ने मियाजावाको भनाइ छ ।
निजी कम्पनी स्पेसएक्सका सीईओ एलोन मस्कले यो यात्रा बिग फाल्कन रकेटमा हुनेछ । यो अन्तरिक्षयात्राकै सबभन्दा शक्तिशाली रकेट भएको बताइएको छ ।
एजेन्सी
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...