बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
– रमेश लम्साल
काठमाडौँ– सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ ।
लगानी बोर्डको आजको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ ।
जापानको प्रतिष्ठित होटल समूहका रुपमा रहेको जापान क्लब इन्टरनेशनलले नेपालमा लामो समयदेखि होटल स्थापना गर्ने प्रस्ताव गरेको थियो ।
सोही प्रस्तावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकले औद्योगिक प्रवद्र्धन, लगानीको अभिवृद्धि तथा पूर्वाधार निर्माणलाई ध्यान दिएर प्रारम्भिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।
भौतिक पूर्वाधार निर्माणको सम्बन्धमा रहेको जटिलतालाई समाधानका लागि प्रवद्र्धक एवम् सरकारको समेत संयुक्त लगानी रहने गरी पूर्वाधारको विकास गर्ने अवधारणा अगाडि सारिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
ठूला आयोजनाको प्रस्ताव गरिने तर सडक, पुल, भौतिक पूर्वाधार तथा प्रसारण लाइनको समस्याका कारण आयोजना महँगो हुने र त्यसका लागि देशकै खर्च बढ्ने भएकाले अवधारणा तय गर्नका लागि बोर्डलाई आवश्यक तयारी गर्न बैठकले निर्देशन दिएको छ ।
उक्त अवधारणा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरी लागू गरिने भएको छ । पूर्वाधार लगानीका सम्बन्धमा सरकार र प्रवद्र्धकले संयुक्त लगानी गर्ने र लागत बाँडफाँड गर्ने गरी प्रस्ताव गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।
यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनले अनिच्छा व्यक्त गरेकाले लगानीको नयाँ ढाँचा तय गर्नका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा, बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत सदस्य हुनुहुन्छ । पछिल्लो पटक चिनियाँ कम्पनीसँग भएको वार्ता असफल भएपछि बोर्ड बैठकले लगानीको ढाँचालगायतका विषयमा निष्कर्ष निकाल्नेछ ।
सरकारले चिनियाँ कम्पनीले प्रस्ताव गरेको सबै शर्त पूरा गर्ने प्रतिबद्धता जनाए पनि ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा अनिच्छा व्यक्त गरेकाले नयाँ प्रक्रिया शुरु गर्न कार्यदल गठन गरिएको र उक्त कार्यदलले दिने प्रतिवेदनमा आधारमा आवश्यक निर्णय गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।
यस्तै बैठकले म्याग्नेटिक इनर्जी, रिभरपोर्ट, सोलार ऊर्जालगायतका विषयमा परेको प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयका लागि सरकारका सम्बन्धित निकायमा नै पठाउने निर्णय गरेको छ । बोर्डको अधिकार क्षेत्र नभएकाले सरकारका सम्बन्धित निकायलाई नै प्रक्रिया अगाडि बढाउन दिइने छ ।
यस्तै माथिल्लो कर्णालीको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)को वित्तीय व्यवस्थापनको म्याद आज सकिए पनि सो विषयमा कुनै छलफल नभएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
यसैबीच ठकले सन् २०१९ को मार्चामा लगानी सम्मेलन गर्ने गरी प्रस्ताव गरिएको छ । नेपालमा पूर्वाधार लगानीका लागि आवश्यक वातावरण बनाउन उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो ।
यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा र बालकृष्ण शिवाकोटीलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...