×

NMB BANK
NIC ASIA

बुटवल – बुटवल उपमहानगरपालिकाले पहिलो वर्षलाई अध्ययनका रुपमा लिँदै अब समृद्धिको आधार वर्षका रुपमा महत्त्वपूर्ण काम अगाडि बढाएको बताएको छ ।

Muktinath Bank

उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना तयार गरेको सार्वजनिक गरेको छ । गुरूयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासी र विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन समेत गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो चरणसँगै विभिन्न विषयगत समितिमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगर सभाबाट बुटवल उपमहानगरपालिकाको एकीकृत विकास गुरूयोजना पारित गरिएको छ,’ प्रमुख सुवेदीले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने काम समेत सम्पन्न भएको बताए ।


Advertisment
Nabil box
Kumari

हिलपार्कमा विशाल बुद्ध मूर्ति बन्ने

Vianet communication
Laxmi Bank

हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डीपीआर तयार पार्ने काम भइरहेको नगर प्रमुख सुवेदीले बताए । यो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट समेत देख्न सकिने गरी डिजाइन भइरहेको बताइएको छ ।

शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ । मिलन पार्कको विकासका लागि गुरूयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरू भएको छ ।

जितगढीमा उजिरसिंहको शालिक र राष्ट्रिय झण्डा 

तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइएको भएको छ । जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको प्रमुख सुवेदीले बताए । यो कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडि बढाइएको छ । विभिन्न विज्ञसँगको अन्तक्र्रिया र छलफलमार्फत् ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रवद्र्धन गर्न कार्यपालिकाको बैठकबाट बैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रुपमा मनाउने ऐतिहासिक निर्णय गरिएको साथै जितगढी किल्लाको बारेमा पर्चा निर्माण गरी वितरण भइरहेको छ ।

वडा १ र २ पुरातात्विक बस्ती

बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरातात्विक बस्तीको रुपमा विकास गर्र्न र बुटवल–१ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ । यो कामका लागि डीपीआर तयार पार्ने काम अगाडि बढाइएको छ ।

हिलपार्कमा जनजाति संग्राहलय र मोतिपुरमा थारु संग्राहलय निर्माणका लागि गुरूयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले बताए । बुटवलको खास पहिचान नै पारि बुटवल (वडा १ र २ का क्षेत्र) मानिन्छ ।

नरैनापुरमा भ्यू टावर बन्ने

पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ । नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डीपीआर तयार पार्ने काम भइरहेको छ ।

पार्क संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेसनका रुपमा विकास गर्न निजी क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ । यसका साथै तिनाउ गाउँपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भइरहेको बुटवलले जनाएको छ ।

डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करीब ४० हजारभन्दा बढी घरको डिजिटल प्रविधिमा आधारित घर नम्बरि¨ गर्ने काम सम्पन्न भएको छ । 

निर्माण सामाग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक उपकरणको खरीद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करीब १६ हजार घरघुरीको लगत संकलन गरी अमिनमार्फत् नापजा“च गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

जवईमा उजिरसिंह जवई रंगशाला बनाइने

जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डीपीआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । यो खेल मैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छ । प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो । उपमहानगरले यहीँ मैदानलाई बनाउन प्रस्ताव गरेको छ ।

सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ्ग गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरीपरी हिँडडुल गर्न ट्रयाक बनाउने काम भएको छ । सेमलारमा आधुनिक कवर्डहल निर्माण र नगरका अन्य वार्डहरूमा स–साना खेल मैदानलाई स्तरोन्नती गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा तथा क्षमता विकास

७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिला गरेर ७ हजार २ सय ७४ जना लाभग्राहीलाई जनही २ हजार रुपैयाँका दरले चाडपर्व खर्च वितरण गर्नुका साथै ५ वर्षमुनिका दलित बालवालिकालाई पोषण प्रोत्साहन कार्यक्रम अन्तर्गत जनही २ हजार रुपैयाँ प्रदान गर्ने काम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक परिचयपत्र र सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धित वडाबाट वितरण गर्नेे, एकल महिलाको तथ्यांक संकलन गर्ने, अपाङ्गता मैत्री शहर बनाउन अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गरी कार्ययोजना निर्माण गर्ने र लैङ्गिक हिंसा मुक्त बुटवलको कार्ययोजना निर्माण गर्ने काम सम्पन्न गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ११ व्यक्तिलाई ह्वीलचियर र २० जनालाई सेतो छडी प्रदान गर्ने काम सम्पन्न भएको छ ।

नगर प्रमुख युवा इलम कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँगको सहकार्यमा कोर्स डिजाइन गर्ने, वडा स्तरबाट तालिम लिन चाहने व्यक्तिको छनौट गर्ने र तालिम प्रदायक संस्थासँग सम्झौता गर्ने काम सम्पन्न गरी ३ सय ५० जना युवालाई ३ महिने सीपमूलक तालिम प्रदान गर्ने काम शुरू गरिएको छ । यसका अतिरिक्त करीब ५ सय जनालाई कौसी तरकारी तालिम प्रदान गरिएको छ । 

पत्रकार सम्मेलनमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ज्ञवाली, महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल लगायतले पत्रकारका जिज्ञासा बारेमा बोलेका थिए । पत्रकारले बुटवलको प्राथमिकता, सडक, खानेपानी, घरबहाल कर, पर्यटन क्षेत्र, अव्यवस्थित बसोबासी र अबको लक्ष्य लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x