×

NMB BANK
NIC ASIA

बुटवल – देशैभर संविधान दिवसको उत्सव मनाइरहेका बेलामा ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीमा संविधानका विरुद्ध प्रदर्शन भएको छ ।

Muktinath Bank

देशद्रोहको नारा उठाइरहेको सिके राउतका समर्थकले रुपन्देहीमा बुधबार विरोध प्रदर्शन गर्दै स्वतन्त्र मधेशको नारा फेरि उछालेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाको वडा नम्बर ६ को सूर्यपुरा चौकमा सिके राउतका कार्यकर्ताले गाउँले भेला गरेर विरोध प्रदर्शन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै रुपन्देहीको गैडहवामा आमसभा भएपछि सुरक्षा चुनौती थपिएको छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जली कार्यक्रमसहित कालो संविधान भन्दै विरोधसभा गरेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय अखण्डताविरुद्ध सभा चल्दा प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् । संविधान दिवसकै दिन प्रहरीको ‘सुरक्षा’मै स्वतन्त्र मधेसको विषयमा चर्को भाषण भएको ती अगुवाहरूले बताए । सिके राउतका कार्यकर्ता यादवको केही दिनअघि बर्दियाको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो । तर, संगठनले भने यादवको हत्या गरिएको आरोप लगाएको छ ।

Vianet communication
Laxmi Bank

रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संगठन विस्तार गर्दै गइरहेको सिके राउत समूहले स्वतन्त्र मधेसको पक्षमा जनमत बनाइरहेपनि सुरक्षा निकाय कमजोर देखिएको छ । संगठनका रुपन्देही संयोजक भूपेन्द्र यादवले गैडहवाको सगरहवा नजिकै कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा सयौंको कार्यकर्ताका सहभागी भएको स्थानीयले बताएका छन् । संविधान मधेश विरोधी भएको भन्दै त्यसको विरोधमा कालो दिन मनाइएको संयोजक यादवले बताए । ‘मधेशी जनताको हितमा नभएको संविधान पुनर्लेखन हुनुपर्ने र स्वतन्त्र मधेशको मागसहित सभा गरिएको हो,’ उनले भने ।

सभालाई संयोजक यादवसहित सहसंयोजक दिलिप यादव, स्वतन्त्र मधेश संघर्ष समितिका संयोजक चन्द्र शेखर सोनार, जिल्ला स्तरीय नेता विजय यादव, सञ्जय मिश्र लगायतका नेताले सम्बोधन गरे । प्रहरीले २ दिनअघि कार्यक्रमको विषयमा प्रचार गर्ने २ कार्यकर्ता चन्द्रभुषण सोनार र रामचरण यादवलाई पक्राउ गरेको थियो । गैडहवामा ४ घण्टा कार्यक्रम चरिरहँदा प्रहरीले कुनै हस्तक्षेप गरेन ।

ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीले कार्यक्रम बिथोलिएको बताए । आफूहरू संविधान दिवसको कार्यक्रममा रहेको र जानकारी पाउना साथ तितरबितर पारिएको उनले दाबी गरे । सिके राउतका केन्द्रीय स्तरका नेताहरू त्यहाँ आएर स्वतन्त्र मधेशका बारेमा प्रशिक्षणसमेत दिइएको बताइएको छ । बुधवारको सभा तितरतिबर गर्न जनपथ र शसस्त्र प्रहरीको खटिएको बताइएको छ ।

प्रहरीले कार्यक्रम बिथोलेको दाबी गरेपनि सिके राउत समूहका जिल्ला संयोजक यादवले पूर्वघोषित स्थान सगरहवामा कार्यक्रम नगरी नजिकैको चौरमा निर्धक्क कार्यक्रम भएको बताए । सिके राउत समूहले रुपन्देहीमा २ सय ८० सदस्यीय जिल्ला कार्यसमिति गठन भएको जनाएको छ । ५ सय जनाको युवा दस्ता तयार पारिएको यादवले जानकारी गराए । नवलपरासी र कपिलवस्तुमा संगठन बलियो बन्दै गएको उनको दाबी छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले सिके राउत समूहको कार्यक्रम रोक्दारोक्दै छोटो समय भएको बताए । ३ स्थानमा रोकेको र केही गाउँको भित्री क्षेत्रमा एउटा सभा भएको उनको भनाइ छ । प्रहरी प्रमुखले भने राउतको संगठन विस्तारको काम नभएको दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x