×

NMB BANK
NIC ASIA

पशुपति क्षेत्रका संरचना पुनर्निर्माण र वृहत्तर गुरुयोजना बनाउन प्राधिकरणले सहयोग गर्ने

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं  । 
भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो । 

Muktinath Bank

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरुको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरुको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताए । उनले धार्मिक र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

पुनर्निर्माण  गर्दा  पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरुको संरक्षण कार्यलाई एकासाथ अगाढि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । 

Vianet communication
Laxmi Bank

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भएपनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गरेका थिए ।

‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’–सदस्य सचिव डा ढकालको भनाइ थियो । 

गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपौयाँ विनियोजन गरिएको थियो । 

पशुपति क्षेत्र  विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको पन्ध्र शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरुको जीर्णद्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बनेपनि विश्वरुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरु, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण अघि बढ्न सकेको छैन । ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफै बनाउने निर्णय गरेका छौं, सदस्य सचिव डा. ढकालले भने–‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन’ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणीकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिनु भएको छ । ‘गुरुयोजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरुको सेवा र सुविधा क्षेत्र गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी गुरुयोजना बनाउनु उपयुक्त हुनेछ’, उनले भन्नुभयो ।  

पशुपति क्षेत्र विकास कोषका अनुसार २०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन सकेन भने २०५६ सालको योजना पनि अपेक्षा गरे अनुसार अघि बढन सकेन । हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुँदा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर  क्षेत्रको मन्दिरहरुको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन । सदस्य सचिव डा.ढकालले गुरु योजना बनाउने प्रक्रिया सुरु गरेको भन्दै सबै पक्षको सहयोग र सुझावमा अन्तिम रुप दिने बताए । उनले नेपाल सरकार अन्तर्गतका नापी विभाग, वातवारण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतसँगको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालादेखि जयवागेश्वरी, जयवागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव दिएका छन् । 

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, सम्पदाविद् सुर्यभक्त सांगाछे, पुरातत्व अधिकृत भिष्म बाँस्कोटा लगायत सहभागी हुनुहुन्थ्यो । यस्तै पशुपति क्षेत्र विकास कोषका सञ्चालक समिति सदस्य रमेशराज शिवाकोटी, घनश्याम उपाध्याय कोइराला लगायत उपस्थित थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x