×

NMB BANK
NIC ASIA

मुसहर बस्तीमा संविधान दिवस : अशोकको विरुवाजस्तै हुर्किने आशा

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास– महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहर समुदायले यसपाली पहिलो पटक आफ्नै बस्तीमा धुपी र अशोकका बिरुवा रोपेर संविधान दिवस मनाएका छन् । 

सुन्तली फाउण्डेशनले बनाइदिएको पक्की घरमा दुई वर्ष पहिले बस्न थालेका मुसहरले यसपाली पहिलोपल्ट आफ्नो बस्तीमा बिरुवा रोप्दै रचनात्मक काम गरेर आज संविधान दिवस मनाएका हुन् । 

यसअघि संविधान, कानून, आफ्ना अधिकार र कर्तव्यबारे पूरै बेखबर रहने मुसहर समुदायले आयोजना गरेका वृक्षरोपण कार्यक्रममा स्थानीय प्रहरी प्रशासन, सञ्चारकर्मी र सामाजिक कार्यकर्ता सहभागी भएका थिए । कुल ५० घरको नमूना बस्तीमा सडकको दुवै किनार र घरको आँगन अगाडि ५०/५० वटा धुपी र अशोकका बिरुवा रोपिएको एकीकृत नमूना मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्टु सादा मुसहरले बताउनुभयो । 

“संविधानले मुलुकलाई विधि र प्रक्रियाले चलाउने र यो सबैको साझा हुने कुरा थाहा पाएपछि यसपाली आफ्नै बस्तीमा संविधान दिवस मनाएका हौँ”, अध्यक्ष सादाले भन्नुभयो, “हामीले संविधान, कानून र जनताको अधिकारबारे भर्खरै अलीअली बुझ्न थाल्यौँ ।” आफूहरुको कार्यक्रमप्रति समाजका अन्य तप्काले सकारात्मक चासो र सहयोग गर्दा बल्ल हामी समाजका खास अङ्ग रहेछौँ भन्ने लागेको सो बस्तीकी जितो सादा मुसहरले बताउनुभयो । 

वृक्षरोपण कार्यक्रममा बस्ती भित्रका स्कुले बालबालिकासहित सबै घरका सदस्यको सहभागिता थियो । वृक्षरोपण गरेका मुसहरले आफ्नो बस्तीमा रोपिएका धुपी र अशोक हुर्किने, बढ्ने क्रमसँगै मुलुकको संविधान पनि सबैको साझा छहारी हुँदै जाने आशा सङ्गालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

–गोपालप्रसाद बराल 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x