मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित आज चीन प्रस्थान गरेका छन् ।
मुख्यमन्त्री शाहीले पहिलो पटक औपचारिक विदेश भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य धर्मराज रेग्मी र प्रदेश सरकारका विज्ञ प्रा डा पुण्यप्रसाद रेग्मीसहित उनी आज बिहान एयर चाइनाको विमानबाट चीन गएका कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
चीनको सिचुआन प्रान्तका गभर्नर यिङ् लीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जानुभएका मुख्यमन्त्रीले त्यहाँ हुने १७औँ ‘वेस्टर्न चाइना इन्टरनेशनल फेयर÷बेल्ट एण्ड डेभलपमेन्ट कन्फरेन्स’मा सहभागी हुने कार्यक्रम रहेको कार्यवाहक मुख्यमन्त्री भण्डारीले बताए ।
मुख्यमन्त्री शाहीले रासससँग कुरागर्दै चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका निम्ति चीन सरकारको सहयोग आह्वान गर्ने बताए । उनले भ्रमणका क्रममा कर्णाली प्रदेशको मुख्य सडक हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणार्थ चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाए ।
६ दिने चीन भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सीमा नाका निर्माण, जलविद्युत् विकास, विमानस्थल तथा पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले जानकारी दिए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...